Home | Contact Us | Sitemap

Category Archives: News

हाड नाताकरणीको अभियोगमा १५ वर्ष कैद

गुलरिया, असार ११ – बर्दिया जिल्ला अदालतले हाडनाता करणीको अभियोगमा एक युवकलाई १५ वर्षको कैदको फैसला गरेको छ । सानोश्री-३ का २७ वर्षीय बलबहादुर बुढालाई जबरजस्ती करणीको अभियोगमा १२ र हाडनातासम्बन्धी महल अन्तर्गत ३ वर्षको कैद सजायँको फैसला सुनाइएको

बच्चा सहित न्याय माग्दै महिला प्रहरी कार्यालयमा

सिन्धुपाल्चोक । असार १० गते- भोटेचौर गाविस-२ डाडाँगाउकी १९ वर्षीया भावना कार्की बलात्कारबाट जन्मिएको १२ दिने बच्चा सहित न्याय माग्न ०६९ असार १० गते जिल्ला प्रहरी कार्यालय पुगिन् ।

छोरीलाई बलात्कार गरेको आरोपमा बुवामाथि मुद्दा दायर

धनकुटा । असार ६ गते – कुरुलेतेनुपा गाविसकी ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनका ४३ वर्षीय बुवाविरुद्ध ०६९ असार ६ गते प्रहरीले जबरजस्ती करणी तथा हाडनाता अर्न्तगतको मुद्दा दायर गरेको छ ।

बलात्कार गरेको भन्दै दुई जनाविरुद्धजाहेरी

कैलाली । असार १० गते  । अ दरख गाविस-४ की १४ वर्षीया बालिकाले आफूलाई बलात्कार गरेको भन्दै सोही ठाउँका ३० वर्षीय लक्ष्माण विक र थमन विकका विरुद्धमा ०६९ असार १० गते इलका प्रहरी कार्यालय, सुखडमा किटानी जाहेरी दिएकी छन् ।

महिलाहरुमाथी श्रीमानबाटै बढि हिंसा

violence_women

लोकतन्त्र स्थापनापश्चात पनि नेपालमा महिला हिङ्साका घटनामा कुनै कमी आउन सकेको छैन । यसले महिला हिङ्सा नियन्त्रण र महिला अधिकारको सुनिश्चितताका लागि हुने गरेका विभिन्न प्रयास पनि असफल हुदै गइरहेको पुष्टी गर्छ ।

लागू पदार्थ बोक्ने भरियामा महिला प्रयोग

चरेसलगायतका लागू पदार्थ कारोबारमा महिला प्रयोग बढ्न थालेको छ। तस्करहरुले महिलालाई ‘भरिया’ का रुपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ। चरेस बोक्ने तिनै ‘भरिया महिला’ मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो। उनीहरुबाट प्रहरीले १३ किलो चरेस पनि समातेको थियो। प्रहरीका अनुसार जिल्लाकै इतिहासमा यति ठूलो परिमाणको चरेस समातिएको यो पहिलोचोटी हो। तर चरेस बोकेका महिला पक्राउ परेको भने यो पहिलो होइन।

महिला हिंसा घटेन

mahila-hinshaa

काठमाडौ, असार ७ – महिला हिंसाविरुद्धको सचेतना अभियान चलिरहेका बेला बोक्सीको आरोपमा हुने महिलामाथिको कुटपिट भने रोकिएको छैन । महिला मानव अधिकार रक्षकहरूले ०६८ चैत २८ बाट ६० दिने सचेतना अभियान थालेका हुन् ।

महिला यौनकर्मी सुरक्षित यौन सम्पर्कतिर

महिला यौनकर्मीले विगतका तुलनामा सुरक्षित यौन सम्पर्कमा ध्यान दिने गरेको पाइएको छ । काठमाडौं र पोखरामा गरिएको सर्भेक्षणमा महिला यौनकर्मीले विगतका तुलनामा सुरक्षित यौन सम्पर्कमा ध्यान दिने गरेको पाइएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

'