Category Archives: News
किशोरी यौन शोषणका प्रत्यक्षदर्शी बेपत्ता
शेरबहादुर केसी, भैरहवा, असार २९- दुई किशोरीमाथि यौन शोषणका प्रत्यक्षदर्शी किशोर १२ दिनदेखि बेपत्ता छन्। आश्रममै रहेका १३ वर्षीय किशोर मनोज थापा र १० वर्षीय प्रेम सुनार एकाएक बेपत्ता भएका हुन्। तीमध्ये थापा घटनाका प्रत्यक्षदर्शी हुन्।
रुपन्देहीको मधवलिया-४, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका प्रबन्ध निर्देशक आशिष थापाले आश्रममा रहेका बालिकालाई यौन शोषण गरेको यी किशोरबाट खुलेको हो। घटनाका प्रत्यक्षदर्शीलाई बेपत्ता गराएर मुद्दालाई कमजोर बनाउने षड्यन्त्रको रुपमा यो घटनालाई लिइएको छ। असार १८ गते बिहान ५ बजे आश्रम बाहिर निस्किएका उनीहरु त्यसपछि सम्पर्क बाहिर रहेको जिल्ला बाल कल्याण अधिकृत राज्यलक्ष्मी गुप्ताले बताइन्। ‘उनीहरुबारे खोजतलास गर्न हामीले प्रहरीमा निवेदन दिएका छौं, प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ,’ उनले नागरिकलाई भनिन्।
‘कहाँ छिन् हाम्री आमा ?’
काठमाडौ, असार २८ – त्यस दिन आमा बिहानै निक्लनुभएको थियो । भन्नुहुन्थ्यो, पैसा लिएरै र्फकन्छु । बानेश्वरकी निक्की भन्ने सुरक्षा सिंहसँग उहाँको लेनदेन थियो । लामो समयदेखि सापटी दिएको पैसा निक्कीले फर्काएकी थिइनन् । आमा त्यही लिन जानुभएको थियो । तर न पैसा आयो, न आमा नै घर फर्किनुभयो । फागुन १६ गते बिहान घरबाट हिँडेपछि सय दिन बिते, हामीले सबैतिर खोज्यौं । अहँ, आमा भेटिनु भएन ।
चेलिबेटी बेचबिखन गिरोहका नाइकेलाई १७० वर्षको जेल सजाय
काठमाडौँ, असार २७ (नागरिक)- चेलिबेटी बेचबिखन गिरोहका नाइके बजिरसिंह तामाङलाई सिन्धुपाल्चोक जिल्ला अदालतले १७० वर्ष जेल सजायको फैसला गरेको छ। नेपाली चेली भारतमा लगेर बेचको आरोपमा उनी नेपाल प्रहरीले सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा रहेका थिए। उनी मंसिर १४ गते राजधानीमा पक्राउ परेका थिए।
कृत्रिम स्तनवृद्धि आत्महत्याको कारण बन्न सक्छ
कृत्रिम स्तनवृद्धि आत्महत्याको कारण बन्न सक्छ
आफ्नो स्तनलाई अझ ठूलो र आकर्ष बनाउने रहरले कैयौं युवतीहरु प्लास्टिक सर्जरी गर्छन् र त्यही विषय पछि गएर उनीहरुको आत्महत्याको कारणसमेत बनिरहेको छ । स्तनमा गरिने प्लास्टिक सर्जरी ९द्यचभबकत imउबिलतक० स्तन क्यान्सरको एउटा कारण मानिंदै आए तापनि हालैको अनुसन्धानले यस कुरालाई पुष्टि गरेको छैन ।
क्यानडामा हालै सम्पन्न एउटा बृहत् अनुसन्धानले स्तनको प्लास्टिक सर्जरीबाट स्तन क्यान्सर र मुटुरोगको खतरा ज्यादै कम हुने तर आत्महत्याको खतराचाहिँ निकै उच्च रहेको उल्लेख गरेको छ । स्तनको प्लास्टिक सर्जरी गरेका ४० हजारभन्दा बढी महिलाहरुबीच गरिएको र्सर्वेक्षणबाट यस किसिमको परिणाम आएको हो ।
युवती बलात्कार गर्ने सशस्त्रका हवल्दार पक्राउ
काठमाडौं, असार २५ – एक युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले सशस्त्र प्रहरीका हवल्दार अम्बरबहादुर शाहीलाई आईतावार पक्राउ गरेको छ। १८ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा कालिकोट चिल्खाया घर भई हाल सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा कार्यरत हवल्दार शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
युवती ‘सप्लाइ’ गर्ने समातिए
मनोज अधिकारी, पोखरा, असार २१- लेकसाइडका होटलहरूमा यौनजन्य क्रियाकलापका लागि युवतीहरू पठाउने गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। चार युवतीलाई ग्राहकको मागबमोजिम एक होटलमा पठाइरहेको अवस्थामा डोल्पाका आशिष लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
Home
Contact Us
Sitemap 







