Home | Contact Us | Sitemap

Category Archives: Health

के मिन्स पछि सर्नु सामान्य हो ?

महिनावारी महिलाहरूमा हुने एक सामान्य प्रक्रिया हो। निषेचित डिम्बको डिम्बरोपण (पाठेघरको भित्तामा टाँसिने प्रक्रिया)का लागि बाक्लो भै तयार भएको पाठेघरको भित्री तह गर्भधारण नभएको स्थितीमा तुहिएपछि योनिमार्गबाट रगत आउनुलाई हामी सामान्यतः महिनावारी, नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर चिन्दछौं, तर यसको सञ्चालन विशेष गरेर अन्तःश्रावी प्रणाली (हार्मोनहरूको एक जटिल प्रणाली) बाट हुन्छ। चिकित्सा क्षेत्रमा नलागेकाहरूलाई यो कुरा बुझ्न अलि गाह्रो पर्ने भए पनि पहिले यसैलाई बुझ्ने प्रयास गरौं। मस्तिष्कको hypothalamus भन्ने भाग, पिटयुटरी ग्रन्थि र डिम्बाशयवाट निस्कने हार्मोनहरूले यसलाई सञ्चालन गर्छ। Hypothalamus बाट निस्कने gonadotropin releasing hormone (GRH) को प्रभावमा पिटयुटरी ग्रन्थीले follicular stimulating hormone(FSH) तथा luteinizing hormone (LH) निकाल्छ। यी हार्मोनहरूको प्रभावमा प्रजनन अंगहरूले काम गर्छन्। महिनावारीको चक्रलाई हेर्ने हो भने मुख्यतयाः तीन चरणमा बाँड्न सकिन्छ।

मुख-मैथुन (oral sex) कति ठिक कति बेठिक ?

एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याई गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन अर्थात् oral sex भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्ययन हुन बाँकी रहे पनि मुखमैथुनबाट यौन आनन्द पाउन रुचाउने व्यक्ति वा जोडीहरू यथेष्ट मात्रामा भएका उदाहरण हाम्रो सम्पर्कमा आउँछन्। मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीका बीच मुखमैथुनको महत्त्वपूर्ण स्थान रहेको पाइन्छ।

महिला रोग लाग्नाका कारणहरु

१. शारीरिक बनावटको कारण हाम्रो रोगको घर बनाउने योनी नै मुख्य श्रोत हो । हाम्रो शरिरबाट योनीद्धार हुँदै चौविसै घण्टा फोहोर शरिर बाहिर निस्किरहन्छ र फोहोर लुक्ने र सड्‍ने योनीका छेउछाउ प्रसस्त चेपाचेपी हुन्छ र सोही चेपाचेपीका फोहोरबाट हाम्रो शरिरमा रोगका किटाणु उत्पन्न भई हाम्रो शरिरभित्र योनीद्धार हुँदै रोगका किटाणु हाम्रो शरिर भित्र प्रवेश गर्छन् । त्यसपछि हामी रोगी हुन्छौं । योनी सफा गर्ने तरिकै सिकाएको छैन ।

२. तातो दुधपानीले सेक्दा अनुभव भएको हो । हाम्रो खाने मुखबाट भन्दा सयौं गुणा बढी राम्रो-नराम्रो प्रतिक्रिया शरिरमा देखाउने शक्ति हाम्रो योनीमा हुन्छ । उमालेर मिश्रण तयार गर्ने जलयोगको पानीमा, १ चम्चा शुद्ध घिउ राखेर तयार गरेको पानीमा बसेर जलयोग गरे शरिरमा पोशिलो तत्व पनि बढ्‍दै जान्छ । बोसो बढि भएको शरिर भए घिउ नराख्नु होला । प्रष्टै थाहा हुन्छ ।

पहिलो सर्म्पर्कमा किन रगत आएको होला ??

योनिद्वार पातलो झिल्लीले छोपिएको हुन्छ, जसलाई नेपालीमा योनिच्छद र अंग्रेजीमा जymभल भनिन्छ । यसको आफ्नै कुनै निश्चित विशेष कार्य भने थाहा भएको छैन, तर यसमा भएका प्वालहरूबाट महिनावारी हु“दा आउने रगत निस्कन्छ । घेरैजसो महिलामा यो झिल्ली योनिद्वारको भित्ताबाट अलिकति मात्र बढेको हुन्छ अर्थात् योनिद्वारलाई पूरै ढाकेको हु“दैन । योनिच्छदको आकार, बनावट तथा मोटाइ व्यक्तिअनुसार फरक पर्न सक्छ । योनिद्वारको वरिपरी घेरा हालेजस्तो भए बललगबिच योनिच्छद भनिन्छ भने झिल्लीको बीचमा केही पट्टी भएकोलाई कभउतबतभ भनिन्छ । कुनै योनिच्छद चाल्नीजस्तै प्वाल-प्वाल परेको हुन्छ, जसलाई अचष्दचषयrm भनिन्छ । शिशु जन्माइसकेका महिलाहरूमा भने यसको केही अंशको घेरा मात्र पाइन्छ ।

अण्डकोष किन दुखेको होला ?

अण्डकोष (अण्डाशय) पुरुषमा भएको एक प्रमुख प्रजनन अङ्ग हो र यसले शुक्रकीट तथा पुरुषत्व प्रदान गर्ने हार्मोनको उत्पादन गर्छ। यो लिङ्गको फेदनिर झुन्डिएको छालाको पातलो थैली (अण्डकोष थैली) भित्र हुन्छ। अण्डकोष र अण्डकोष थैली फरक कुरा हुन् भन्ने कतिपय व्यक्तिलाई थाहा नहुन सक्छ। स्वाभाविक रूपमै यी दुई अङ्ग दुख्ने कारण केही फरक हुन्छ। तपाईंले अण्डकोष सुन्निएको छ कि छैन लेख्नुभएको छैन। तपाईंलाई थाहै होला, यस्तै १०-११ वर्षको उमेरदेखि अण्डकोषको विकास सुरु हुन्छ र किशोरावस्थाभरि यो बढ्ने क्रम निरन्तर चल्छ। यसको आकार अलि चेप्टो अण्डा आकारको हुन्छ। सालाखाला १० देखी १४ ग्राम तौल भएको यो अङ्गको आयतन सालाखाला ४ह३ह२ दशमलव ५ सेन्टिमिटर हुन्छ। यसभन्दा केही बढी र केही कम हुनु पनि सामान्य नै हो।

स्तन बढाउने उपाय

घरेलु उपाय गरेर स्तनको आकारलाई उल्लेख्य रूपमा प्रभावकारी तवरले बढाउन सकिएला जस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ । सौन्दर्यसँग स्तनको आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ । त्यसै कारणले संसारभर नै स्तनलाई बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ । छोटकरीमा केही प्रमुख विधिको चर्चा गरौं ।

हस्तमैथुन स्वास्थ्यको लागि फाइदाजनक

हस्तमैथुन यौन सन्तुष्टी प्राप्त गर्ने एक भरपर्दो उपाय हुँदाहुँदै पनि आम मानिसमा हस्तमैथुनले मानसिक तथा शारीरिक समस्या उत्पन्न गराउने भ्रम छ । तर विज्ञहरु भने हस्तमैथुन स्वास्थ्यको लागि हानिकारक नभै फाइदाजनक हुने बताउँछन् ।

हस्तमैथुनबाट केबल पुरुषले मात्र नभै महिलाले समेत सन्तुष्टी र स्वास्थ्यलाभ प्राप्त गर्न सक्छन् । हस्तमैथुन महिलाको स्वास्थ्यका लागि समेत हितकारी छ । तर हस्तमैथुन गर्दा मनमा कुनै चिन्ता तथा आशंका उब्जाउनु भने हुँदैन । यदि हस्तमैथुन पछि मनमा उब्जिने चिन्ता तथा आलस्यपनलाई नियन्त्रण गर्न सकियो भने त्यस्तो सुरक्षित मैथुन स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ ।

यौन मनोविज्ञहरुका अनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार तथा त्यसको प्रतिक्रियाको विषयमा सिक्ने अवसर प्रदान गर्दछ । साथै हस्तमैथुनका बेला हुने यौनिक श्राबले यौनांगहरुमा हुने रक्तसंचारलाई समेत सन्तुलित पार्दछ । कतिपय महिलाले महिनावारीका बेला हुने दुखाइलाई कम गर्न समेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन् ।

यौनको महत्व

vaginal-intercourse

यौन सम्पर्कको मर्म वा सही एवं ग्राहृय अर्थ हो प्रेम गर्नु, केही दिनु चाहनु विश्वास गर्नु एवं समर्पित हुनु । यसले वैवाहिक जीवनमा अन्तरंगताको भावना सञ्चार गर्छ नै, साथै दुई विपरीत लिङ्गीबीच आत्मीयता एवं प्रगाढता पनि बढाउँछ ।

विवाहपछि शारीरिक समपर्ण वा विलयले दुई अस्तित्वलाई जुन उचाइमा पुर्‍याउँछ, त्यो कुनै आध्यात्मिक अनुभूतिभन्दा कम हुंदैन । यसले विवाहित दम्पत्तीका सुमधुर सम्बन्धलाई सार्थकता प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । विवाह पश्चात् निष्ठा एवं प्रतिवद्धताको प्रमाण शारीरिक मिलनले दिन्छ । यो मिलनले दुवैलाई गहिराइमा जोड्छ । जीवनका अनेकन उतार चढावका बखत दुई क्लान्त शरीर एक अर्काको सामीप्यमा पुनर्जीवित हुन पुग्छन् ।

'