Home | Contact Us | Sitemap

Category Archives: Health

विवाहित महिलाले पिउँछन् बढि रक्सी

विवाहपछि महिलाहरुलाई घरव्यवहारले चेँप्छ । त्यसकारण महिलाहरु बढि व्यवहारिक हुन्छन् र अल्लारे प्रवृत्ति छाड्छन् भन्ने हामी सबैको अनुमान हुनसक्छ । तर अरु विषयमा जे होला, रक्सी पिउने मामिलामा भने बिहे गरेपछि महिला झनै अल्लारे बन्छन् ।

पछिल्लोपटक गरिएको एक अध्ययनले विवाहपछि महिलाले बढि मदिरापान गर्ने देखाएको छ । अध्ययन अनुसार विवाहित महिलाले अविवाहित महिला तथा डिभोर्स गरेका महिलाले भन्दा बढि मदिरापान गर्छन् ।

रजोनिवृत्ति

एउटी महिलाको जीवनमा धेरै अवस्था आउँछन् । उनले शारीरिक एवं भावनात्मक रूपमा देखा पर्ने अनेकौ परिवर्तनको सामना गर्नुपरिरहेको हुन्छ । रजोनिवृत्ति पनि तिनै परिवर्तनमध्येको एक हो । रजोनिवृत्तिको अवस्था मासिक धर्म बन्द भएपछिको अवस्था हो । उक्त अवस्थापछि महिलाको पाठेघरले गर्ने काममा कमी आउँछ ।

रजोनिवृत्तिलाई महिलाको शारीरिक परिवर्तनको एउटा हिस्सा मान्न सकिन्छ । उक्त परिवर्तन महिलाको उमेर ४५ वर्ष पुगेपछि आउँछ । प्राविधिक रूपमा भन्नुपर्दा जब कुनै पनि महिलाको मासिक धर्म नबिराई १२ महिनासम्म रोकिन्छ, त्यसपछि रजोनिवृत्त भएको बुझिन्छ । त्यो अवस्थामा सम्बन्धित महिलामा देखिने शारीरिक परिवर्तनहरूमा मानसिक उतार-चढाव आउने र गर्मी महसुस भै पसिना आउने हुनसक्छ । रजोनिवृत्ति औषधोपचार नगरी नहुने रोग हो । त्यसको अर्थ रजोनिवृत्तलाई महिलामा हुने प्राकृतिक र सामान्य परिवर्तन हो भन्ने मात्र नमानी गम्भीरतापूर्वक उपचार गरिनुपर्ने अवस्था हो भनेर बुझ्नुपर्छ । रजोनिवृत्तिले सन्तान उत्पादन क्षमताको अन्त्य भएको संकेत गरी महिला जीवनको एउटा सुखद् पाटोको अन्त्य भएको जनाउँछ ।

बढि बाँच्न चाहनुहुन्छ ? मज्जाले रुनुहोस्

मान्छेको आँखाबाट आँशु आउनु कमजोर मनको द्योतक होइन यो त सामान्य प्रक्रिया हो । महिला होस् वा पुरुष मनमा दुख पर्दा तथा पीडा हुँदा जो पनि रुन्छ ।

कतिपय मान्छे आफ्नो आँखाबाट आँशु बगेको अरुले देखेभने आफ्नो इज्जत नै जान्छ भनेर आँखाभित्रै आँशु लुकाउन तथा लुकिलुकी आँशु झार्न चाहन्छन् ।

मनोविश्लेषकका अनुसार महिलाहरुको तुलनामा आँशु लुकाउने प्रवृत्ति पुरुषहरुमा बढि हुन्छ । तर वास्तवमा आँशु लुकाउनु वा नरोएको तथा खुसी रहेँको ढोँग रच्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

विज्ञहरुका अनुसार रुनु मान्छेको स्वास्थ्यका लागि निकै सकारात्मक काम हो । रुने बानीले मानिसको शारीरिक, सामाजिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा निकै फाइदा पूराउने विज्ञहरु बताउँछन् ।

यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?

हस्तमैथुनको बानी कसरी हटाउने ?

किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको  विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत  धारणा पनि छन् ।

यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा  यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको  यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै  हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले  स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को  व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।

के हो महिनाबारी गडबडी ?

कुनै पनि किशोरीहरुमा प्रजनन् क्षमता प्राप्त भएको संकेतअनुसार नियमित महिनाबारी सुरु हुने गर्छ । सामान्य अवस्थाको महिनाबारी २१ दिनदेखि ३५ दिनको बीचमा हुने गर्छ । यसरी नियमितरुपमा हुने महिनाबारी सामान्य अवस्थाभन्दा अगाडि–पछाडि हुनु र अधिक मात्रामा रगत बग्ने समस्या आएमा यसलाई महिनाबारी गड्बडी भएको मानिन्छ ।

वीर अस्पतालको परिवार नियोजन विभागमा कार्यरत् वरिष्ठ गाइनोकोलोजिस्ट डा. शान्ति जोशी फरक किशोरी तथा महिलाहरुको फरक कारणले महिनाबारी गड्बडी हुनसक्ने बताउनुहुन्छ । उहाँका अनुसार यसरी विभिन्न कारणले महिनाबारी नियमितरुपमै भए पनि अधिक मात्रामा रगत जाने र धेरै दिनसम्म रगत जाने समस्यालाई ‘मेनोरेजिया’ भनिन्छ ।

मिन्स भएको कति दिनमा बच्चा बस्छ ?

के कुराको डर ?

विभिन्न सामाजिक परिवर्तनसँगै यौनसम्बन्धी विचारमा पनि केही खुलापन आएको छ, तर पनि विवाहपूर्व यौनसम्पर्क अझै पनि एक किसिमले वर्जित नै छ। विवाहपूर्व यौनसम्पर्कका आ-आफ्नै समस्या हुन सक्छन्। तपाइर्ंलाई किन डर लागिरहेको भन्ने कुरा प्रश्नमा त्यति स्पष्ट छैन। डर थुप्रै कुराले भएको हुनसक्छ, जस्तै— विवाहपूर्व यौनसम्पर्कको कारणले हुने भय वा महिनावारीको बेलामा यौन सम्पर्क भएका कारणले वा गर्भ रहला कि भन्ने भय वा चिलाएका कारणले भएको भय।

Polycystic ovary syndrome (डिम्बाशयमा पानीका फोकाहरु हुने सिन्ड्रोम)

यो सिन्ड्रोमको नामले महिलाको डिम्बाशयमा थुप्रै पानीका फोकाहरु हुने अवस्थालाई जनाउँछ तर यो सिन्ड्रोम त्यतिमा मात्र सिमित छैन। स्टेन लेभेन्थल सिन्ड्रोम(Stein-Leventhal Syndrome) भनेर पनि भनिने यो अवस्थामा महिलाहरुमा हर्मोनको अनियमितताको कारणले विभिन्न प्रकारका लक्षणहरु देखिन्छन्। महिनावारीमा गडबडी, महिनावारी हुदैं नहुने/ Primary amenorrhoea, थोरै हुने/ Oligomenorrhoea, भएपनि डिम्बाशयबाट डिम्ब ननिस्कने/ Anovulation, जसले गर्दा गर्भ रहन नसक्ने वा गाह्रो हुने, मोटोपना, मधुमेह, उच्च रक्तचाप जस्ता विभिन्न थरिका समस्याहरु यो सिन्ड्रोममा देखिन सक्छन्। यसलाई छोटकरीमा पीसिओएस (PCOS) पनि भनिन्छ।
नेपालमा यसका रोगीको संख्या यतिनै भन्न सकिने गरी अध्ययन भएको छैन। तर अमेरिकामा करिब ५-१०% महिलामा यो समस्या देखिने गर्छ र बाझोपनाको एउटा प्रमुख कारणको रुपमा यो सिन्ड्रोम पर्छ। प्राय: गरेर १५-२५ वर्षभित्रको उमेरमा यो सिन्ड्रोम देखिनेगर्छ। प्राय:जसोमा महिनावारीमा समस्याहरु देखिएर यो रोग शुरु हुने भएपनि कसैकसैमा पछिसम्म पनि थाहा हुदैंन र बाझोपना भएर जाँच गर्दा मात्र यो पत्ता लाग्ने गर्छ।

कुनै साधारण उपचारबाट लिङ्गलाई सीधा गर्न सकिन्छ

सबै पुरुषको लिङ्गको आकार एकै किसिमको हुँदैन। सामान्य रूपमै लिङ्ग केही बाङ्गो हुन्छ। उत्तेजित अवस्थामा एकदम सीधा नभई लिङ्ग आफंैमा केही मात्रामा टेढो -बाङ्गो) हुन्छ। यो सामान्य नै हो। कतिपयले लिङ्ग शरीरसँग टाँसिएको कोणको कुरालाई लिएर बाङ्गोपनको कुरा गर्छन्। कतिपयले लिङ्ग उत्तेजित हुँदा शरीरबाट सीधा बाहिर निस्किएको वा भुइँसँग समानान्तर -उभिएको अवस्थामा) हुनुपर्छ भन्ने सोच्छन् तर कुरा त्यसो होइन। लिङ्ग उत्तेजित हुँदा केही छड्के हुन सक्छ।

'