Home | Contact Us | Sitemap

Category Archives: Articles

शिक्षितहरूबाटै विभेद !

डि.बि.नेपाली

नेपाली समाजलाई रोग, भोक, गरिबी, अशिक्षा, अन्धविश्वास र कुरीतिले चल्नै नसक्ने गरी गाँजेको छ । अन्धविश्वास र कुरीतिले गर्दा सचेत र सभ्य नेपालीहरूलाई दिउँसै सपना देखाइदिएको छ । नदेखाओस् पनि कसरी ? शिक्षित र पढेलेखेकाहरूले नै श्रीमतीले छोरा नपाएको निहुँमा आˆनै श्रीमतीलाई मृत्युको मुखमा पुर्‍याउँछन् । दाइजो नल्याएको झोँकमा कैयौं चेलीहरूले ज्यूँदै जलेर मर्नुपरिरहेको छ ।

लोकतन्त्रमा नेपाली महिला

नीरा अधिकारी ‘निहारिका’

मुलुकमा लोकतन्त्रको स्थापना भइसकेको छ भने समावेशी नयाँ नेपालको निर्माणमा सबै गोलबद्ध बनिरहेको स्थिति छ । देशको आधा हिस्सा ओगटेका नेपाली नारीहरूले पनि सो अवसरको उपयोग गर्दै आˆनो भागलाई अधिकारको रूपमा स्थापना गर्न ३३ प्रतिशत राजनीतिक सहभागिता सुनिश्चित गरेका छन् । तर व्यवहारतः यो प्रतिशतले मूर्त रूप भने पाएको छैन । सहभागितालाई सङ्ख्यात्मक रूप दिने प्रयास भए पनि नीति निर्माणमा उनीहरूको विचारलाई प्राथमिकता दिइँदैन । राष्ट्रपति बन्ने क्रममा महिला असक्षम हुन्छन् भनी पन्छाइन्छ । सभामुख बनाउने क्रममा महिलाले फितलो निर्णय गर्छन् भनी अर्को तानाबाना बुनिन्छ । पार्टीका प्रमुख पदहरूमा उनीहरूलाई पुर्‍याउनु पर्नेमा पुरुषहरूबाटै अवरोध सिर्जना गरिन्छ । निर्णय गर्ने ठाउँमा महिलाको स्थान सुनिश्चित गरिन्न भने के लैड्ढकि समानताको यति लामो लडाइँ अब नयाँ नेपालको निर्माणसम्म आइपुग्दा पनि परम्परागत सोचाइ र व्यवहारबाट चलिरहनु पर्ने हो त ?

दाइजो विरोधी आन्दोलनको अर्को पाटो

विवाहको प्रसङ्गसँगै गाउँ-सहरमा दाइजोको होडबाजी वा चर्चा-परचिर्चा सुनिन्छ । कसले कति दियो, के-के दियो ? आफ्नो हैसियतअनुसार दियो कि दिएन ? दाइजोको निहुँमा नववधूहरूले शारीरकि तथा मानसिक यातना भोग्न बाध्य भएका अनि अङ्ग-भङ्ग गर्ने, मार्ने र स्वयं मर्ने प्रयास गरेका थुपै्र घटना प्रकाशमा आइरहन्छन् । केही वर्ष पहिले यसैको निहुँमा हासरुन इदि्रसी नामक नववधूलाई परीवारका सदस्यले मार्न खोजेको खबरले ठूलै चर्चा पाएको थियो ।

दाइजो प्रथाका कारण र परिणाम

सञ्जय कुमार दास

दाइजो अर्थात् स्थानीय भाषामा दहेज धनुषाका महिलाका लागि ठूलो समस्या बनेको छ । त्यस क्षेत्रमा वैवाहिक सम्बन्ध राख्न दहेज अनिवार्य बनेको छ । धनुषाका कन्याका लागि राम्रो दुलाहा पाउन सुन्दरी हुनुका अतिरिक्त धेरै मात्रामा दाइजो चाहिन्छ । माइती पक्षले सहजरूपमा नगद अथवा विभिन्न सामग्री दाइजो दिन नसके ऋण गरेर अथवा घरजग्गा-सम्पत्ति धितो राखेर पनि केटा पक्षले भनेजति दहेजको व्यवस्था गर्नुपर्छ । धेरै अभिभावक आˆना छोरीहरूलाई धेरै दाइजो तिर्दा तिर्दा कंगाल नै बनेका छन् । कन्याका अभिभावकले सासुससुराको धेरै दहेजको लालचालाई पूरा गर्नसकेनन् भने उनीहरूले धेरै शारीरिक र मानसिक यातना भोग्नुपर्छ । कहिलेकाहीँ त ज्यानै त्याग्नुपर्ने स्थिति पनि निम्त्याएको देखिन्छ । यसबाहेक मागेजति दाइजो तिर्न नसके विवाह नै टुट्नसक्छ । एकपटक विहेको प्रस्ताव टुटेमा केटालाई त केही फरक पर्दैन, तर केटीलाई उपयुक्त केटासँग फेरि विवाह गर्न कठिन हुन्छ ।

नयाँ संविधानमा महिला अधिकार

खेम रेग्मी

पुरुषप्रधान समाजमा महिलाको भूमिका गौण ठानिँदै आएको छ त्यसैले समाजका हरेक तहतप्कामा पुरुषकै तुलनामा अत्यन्तै कम महिला उपस्थिति देखिन्छ । परापूर्वकालदेखि राज्यसत्तामा पुरुषको मात्र पहुँच रहनु यसको जड हो । यहाँसम्म कि धार्मिक कथा, कहानी, पुराण, ग्रन्थ, इतिहास तथा साहित्यमा पनि महिलाको चित्रण नगण्य पात्रको रूपमा पाइन्छ । समाजका जुनसुकै निकायमा महिलाको सहभागिता कम हुन्छ । महिलाहरू निष्त्रिmय प्रायः हुन्छन् । उनीहरूलाई घरायसी कामहरू र चुल्हो चौकोको ठेक्का दिइन्छ । घरपरिवार चलाउन निणर्ायक ठानिने कामको जिम्मा पुरुषले लिन्छ र नेतृत्व पनि उसैले गर्छ । आउने अवसरमा पनि पुरुष आफैं अगाडि बढ्छ र आफूलाई सक्षम र सबल पार्छ । तर आˆनो घरकी आमा, दिदी, बहिनी, श्रीमती, फुपू, काकी पनि सचेत बन्नुपर्छ उनीहरूलाई पनि अगाडि ल्याउनुपर्छ भन्ने सवालमा कहिल्यै सोच्दैन किनभने उसलाई त्यही संस्कार र संस्कृति प्यारो छ जसमा ऊ आफू सर्वेसर्वा भएर आएको छ ।

महिला विकासका पूर्वाधार

सविता अर्याल ‘प्रकृति’

आजका नारीहरूमा आकाश जमिनको फरक आएको पाइन्छ । शिक्षा, चेतना र जागरणलगायतका दृष्टिकोणबाट आजका महिला धेरै अघिबढेका छन् । विगतको तुलनामा एकसरोृ फरिया र चोलोको भरमा वर्षदिन बिताउने नारी आज सुट र पाइन्टमा सजिएर कार चलाएर अफिस जाने भएका छन् । यो जमाना र युगले ल्याएको परिवर्तन हो तर महिलाहरू जति विकसित देखिए पनि यो यथार्थमा हुनसकेको छैन ।

सहअस्तित्वको भावनाबाटै महिला उत्थान

सुशीला प्रधानाङ्ग

एउटा उखान छ “लोग्नेस्वास्नीको झगडा परालको आगो” भनाइको तात्पर्य परालको आगो एकैछिनमा भासभुस गरेर निभेजस्तै लोग्नेस्वास्नीको झगडा पनि एकैछिनमा सामसुम हुन्छ । पहिलेकै जस्तै पुनः दुईको बीचमा मेलमिलाप हुन्छ भन्ने सन्दर्भसँगै जोडिएको यथार्थलाई त्यहाँ प्रष्ट्याउन खोजिएको छ । हिजोको अवस्थामा पितृसत्तात्मक सामाजिक मान्यताको आधारमा महिलालाई सहनशील, धैर्यशील, गुणवती र शान्तिको प्रतीकको रूपमा व्याख्या गरिएको थियो जसको फलस्वरूप परिवारभित्र महिलाले जस्तोसुकै क्रूर यातना भोग्न परे पनि सहन बाध्य थिए । त्यति मात्रै होइन महिलालाई दासी र खेलौनाका रूपमा प्रयोग गर्दा र शारीरिक र मानसिक यातना दिएर तेस्रो व्यक्तिले केही भन्न नपाउने संरचना तयार पारिएकाले उनीहरूले आँखाबाट बग्ने पीडारूपी आँसुलाई महादेवले हलाहल विष पिए जस्तै चुपचाप पिएर आˆना व्यथा र उत्पीडनलाई दबाउने प्रयास गर्दै जिउन बाध्य छन् । महिलाले अन्यायविरुद्धको आवाजलाई पोथी बासेको सङ्ज्ञा दिनु पनि पारिवारिक संरचनाभित्रको एउटा आधारविहीन र महिलालाई तह लगाउने कडीको रूपमा लिएको कुरालाई कसैले नकार्न सक्दैन ।

वैवाहिक बलात्कारको कानुन बन्यो, कथा उस्तै

तारा चाम्लिङ

कोमल (नाम परिवर्तन) राजधानीको एक सरकारी विद्यालयमा नेपाली पढाउँछिन्। दिनभर विद्यालय र बिहान-बेलुकी घरको काम। थकानले चाँडै निद्रा पर्छ। मध्यरात उनी एक्कासि ब्युँझन्छिन्। कसैलाई आफ्नै शरीरमाथि पाउँछिन्। न विरोध गर्छिन्, न असहमति जनाउन सक्छिन्।

यौनतृष्णा मेटेपछि श्रीमान कोल्टे फेरेर मस्त निदाउँछन्। उनी भने असह्य पीडाले रातभर आँखा झिमिक्क गर्न सक्दिनन्। त्यसको कारण छ- धेरैपल्ट गर्भपतन गराइसकेकाले उनको आङ खसेको छ। तर, त्यसले पनि श्रीमानको यौन क्रियाकलापमा कत्ति बाधा पार्दैन। बरु त्यसलाई हातैले पन्छाएर सहवास गर्न उनलाई बानी परिसक्यो। अहिले उनको पाठेघरमा घाउ छ। उनको यो अवस्थाबारे श्रीमानले कहिल्यै सोधेका छैनन्।

'