Home | Contact Us | Sitemap

Category Archives: Articles

दाम्पत्य जीवनमा अभिशाप बन्दै फेसबुक

प्रविधिको सही प्रयोग गर्योन भने त्यसले मानवीय जीवन सहज र सरल बनाउँछ। तर त्यही प्रविधिको दुरुपयोग गर्योय भने जीवन नै बर्बाद हुन्छ। व्यक्तिगत जीवनमा मात्र होइन, सामाजिक जीवनमा पनि विग्रह ल्याउँछ। अहिले फेसबुकको मामलामा ठ्याक्कै यस्तै भइरहेको छ।

काउकुती लाग्दो यौवनका कुरा

‘गुच्चा खेल्दा साथीका गुच्चा यसरी फुटाइन्थ्यो की झगडै पर्थ्यो । धेरैले मेरो कुटाइ खाए’

‘केटाहरुले जिस्काउँदा निक्कै रिस उठ्थ्यो र रमाइलो पनि लाग्थ्यो । राम्री केटी साथीलाई धेरै केटाहरुले जिस्काउँथे, मन पराउँथे, मलाई भने निक्कै डाहा लाग्थ्यो’ 

‘सानैमा सँधै भात पकाउने, भैसीलाई घाँस काटेर हाल्ने काम मैले गर्नु पर्ने । कहिले काहीँ त यति रिस उठ्थ्यो की भैसी फुकाएर म पनि त्यसैका पछिपछि घर छाडेर भागुँ झै लाग्थ्यो’

मिगमै किस, मिगमै सेक्स

फुर्सद हुनेबित्तिकै उनका औँला मोबाइलको किप्याडमा नाच्न थाल्छन्। अल्छी लाग्यो कि मिगमा व्यस्त भइहाल्छिन्, धरान-१२, चतरालाइनकी एल्जिना राई। टाइमपासका लागि डेढ वर्षअघिदेखि मिग चलाउन थालेकी हुन् उनले। रमाइलो पनि भयो। सयभन्दा बढी साथी पनि बनाइन्। तर मिगमा झुम्मिँदाको परिणाम- कक्षा १२ को रिजल्ट नै बिग्रियो उनको। डिपोट उच्च माबिकी छात्रा एल्जिना भन्छिन्, ‘मिगकै कारण रिजल्ट बिग्रियो, घरमा धेरै गाली खाइयो।’

सम्भोग कति र कहिले मात्र

विषय भोग कहिले र कति मात्रामा गर्नु उचित हुन्छ भन्ने प्रश्नको उत्तर प्रत्येक स्त्री–पुरुषको एकनासे हुन सक्तैन । यूनानका प्रसिद्ध दार्शनिक सुकरातसँग कुनै जिज्ञासुले सोधे–‘महाशय ! जीवनमा कति पटक स्त्री–प्रसँग गर्नु ?’ उनले उत्तर दिए– ‘केवल एक पल्ट गर्नु !’ जिज्ञासाले फेरि सोधे– ‘त्यतिले पनि सन्तोष नभए के गर्नु ?’ सुकरातले भने– ‘उसो भए वर्षमा एक पल्ट गर्नु ।’उनले फेरि सोधे–‘त्यतिमा पनि मन मानेन भने के गर्ने ?’ सुकरातले उत्तर दिए– ‘उसो भए एक महिनामा एक पल्ट गर्नु ?’ उनले फेरि सोधे– ‘त्यतिले पनि खप्न सकिएन भने के गर्ने ?’सुकरातले अन्त्यमा उत्तर दिए ‘उसो भए पहिले कात्रो किनेरराख्नु अनि इच्छाअनुसार स्त्री प्रसँग गर्नु ।’ तर उक्त दार्शनिक सुकरातको भनाई आधुनिक युगमा कस्तो हाँस्यास्पद र अस्वाभाविक झैं छ– त्यो भनि रहनु पर्ने कुरा होइन । सयमा एक व्यक्ति पनि त्यस आदर्शको पालना गर्दा अत्युक्ति नहोला ।

सम्बन्ध विच्छेद

जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन्। तिनको हात समात्दै मैले भनें: तिमीसित एउटा कुरा गर्नुछ। तिनी बसिन् र चुपचाप खान थालिन्। मैले तिनको आँखामा उदासीपन महसुस गरें। अचानक मेरो वाक्य बन्द भयो। तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो – म तिनिसँग सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ। मैले आफ्नो कुरा संयमका साथ राखेँ। मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइन, बरु नम्र भएर सोधी: किन? मैले तिनको प्रश्नलाई टार्न खोजेँ। तिनी रिसाइन् र चप्स्टिक हुर्याएर मलाई ‘नामर्द’ भन्दै चिच्याइन। त्यस रात हामी दुवैबिच कुराकानी भएन, तिनी रोइरहेकी थिइन्। हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्‍यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो थियो । तर मसंग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन। जेन भन्ने महिलाले मेरो हृदय जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न छोडिसकेको थिएँ। तिनी प्रति दया जागेर आयो।

नारी समानता स्वतन्त्रता

१.     आधा आकाश ढाकेर रहेका नारीहरुले आफ्नो हक अधिकारका लागि धेरै सङ्र्घर्ष गरेका छन्। उनीहरुले गरेका सङ्र्घर्ष कारण केही अधिकार प्राप्त त भएका छन् तर त्यो पर्याप्त छैन। अझ पनि ऐन कानुन र नीति नियम पितृ समाजका पुरुषहरुमध्ये अधिकांशको मानसिकता नारीलाई पूर्ण स्वतन्त्रता दिउँ भन्ने किसिमको छैन।

२. अधिकांश पुरुषहरुको त्यस्तो मानसिकताले गर्दा ऐन कानुनको तर्जुमा गर्ने कामदेखि नीतिनियम बनाउने काममा समेत उनीहरुले खुल्ला हृदयमले सहयोग गरेका छैनन्। भाषण गर्दा र अप्ठ्यारो पर्दा उनीहरु नारीको महत्त्वमाथि लामो-लामो भाषण गर्दछन् र पूर्णरूपले नारी पुरुष समान हुनुपर्दछ भन्छन् तर व्यवहारमा उनीहरुले त्यस्तो देखाउँदैनन्।

३.     त्यसैले आज पनि सरकार गठन गर्दा, राजदूतहरु नियुक्ति गर्दा र अन्य समिति आयोग गठन गर्दा उनीहरु नारीलाई कमसेकम ३३ प्रतिशत दिनुपर्दछ भन्ने कुरा बिर्सन्छन्। आधा आकाश ढाकेर बसेका महिलाहरुले ३३ प्रतिशत पाउनु कानुनी अधिकारको कुरा हो। तर कानुनप्रदत्त त्यो अधिकार पनि नेपाली महिलाले उपभोग गर्न पाएका छैनन्।

४. महिला हक अधिकारका सम्बन्धमा तथा त्यस सम्बन्धमा जनचेतना जगाउने विषयमा संयुक्त राष्ट्र सङ्घ आफैले पनि विभिन्न कदम चालेको छ। त्यसको आह्वानमा प्रत्येक वर्ष नारी दिवस मनाउने गरिन्छ। राष्ट्र सङ्घले नारी वर्ष र नारी दशक पनि मनायो। राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा सम्मेलन पनि भए। विभिन्न प्रस्ताव पारित पनि गरिए। तैपनि समाजमा समानता आएको छैन।

५. रूढि र अन्धविश्वासमा जकडिएको हाम्रो समाजमा समानता भन्ने अझ टाढाको कुरा भएको छ। हाम्रो धर्मशास्त्र र परम्पराले पुरुषलाई महत्त्व दिएका छन्। कतिपय कर्मकाण्डमा पुरुषको आवश्यकता औंल्याउने गरिएको छ। तर त्यसको विरुद्ध स·ठित शक्ति लागेको छैन कहिँकतै साहसिक केही महिलाले त्यो परम्परा तोडेका छन्।

६.     नारी हक अधिकारका लागि हाम्रो देशमा धेरै सङ्घसंस्था स्थापना भएका छन्। राजनीतिक पार्टीरुको भ्रातस·ठनका रूपमा गठन गरिएका संस्थाहरु पनि छन्। तर ती सङ्गठनहरुले पनि आफ्नो पार्टीकाई नारी समानताका लागि त्यति दबाब दिन समर्थ भएको देखिंदैन। त्यसमा नारीहरुले अझै कडा प्रयास गर्नुपर्ने देखिन्छ।

७. यस्तोमा ठूलो कुरा मानिसको मन र मानसिकता हो। मनले मान्दैन भने उसले ऐन कानुन र नीति नियमले दिएको कुरामा पनि अनेक बाधा व्यवधान तेस्र्याउन सक्छ। नेपालका महिलाहरु अहिले पुरुषको त्यही मानसिकताबाट पनि पीडित छन्। त्यस्तो मानसिकता पुरुषले तुरुन्त त्याग्नुपर्दछ। पुरानो मानसिकताले नयाँ युग हाँक्न सक्दैन। पुरुषले आफूलाई समयअनुसार आधुनिक बनाउने हो भने नारीलाई समानता र स्वतन्त्रता दिनुपर्दछ। यो युगको मात्र हो।

स्रोत / लेखक / सम्बददाता : आदर्श समाज

WOMEN IN NEPALESE ARMY

womeninarmy

As part of a modernization process to meet the challenges of the 21st century, the Nepalese Army has transformed into an equal opportunities employer and has actively started enrolling women soldiers for different tasks and appointments. Even though the concept of women soldiers is not new in the Nepalese Army, it has never before reached the proportions of today. The Nepalese Army has been recruiting women soldiers for the last forty years. Today women soldiers are viewed as equals to their male counterparts. The total number of women in the Army at present is 1073. The Army aims to maintain a 5 per cent female work force. Listed below are some of the fields in which women soldiers are on active duty.

बोक्सीविरुद्ध अभियानमा जुटेकी बूढी बजू

“जुन धामी वा बूढी बजूले बोक्सी भनी देखाउँछ, ऊ आफैँ बोक्सी हो । उसैलाई पत्ता लगाउन लगाउनुपर्छ यदि सकेन भने उसैलाई कारबाही गर्नुपर्छ ।” भनी अडानका साथ जोसिलो कुरा गर्छिन् ५७ वषर्ीय बूढी बजू कुलमाया सम्बाहाम्पे । श्रीमान्बाट पीडित कुलमायाले चार वर्ष मुद्दा लडेर भर्खरै मात्र पुनरावेदन अदालतबाट अंश मुद्दा जितेपछि २२ कठ्ठा जग्गा अमरदह गाविस दोमानामा पाएकी छिन् ।

'