Category Archives: Articles
संकटमा पुरुषको अस्तित्व !!!
भाले र पोथी वा महिला र पुरुष नभइकन सृष्टि चल्न सक्दैन । त्यसैले यी दुइ लिंगीको सन्तुलन वा अस्तित्व सृष्टि थाम्नका लागि आवश्यक छ । तर केही समय पहिले गरिएको एक अध्ययनले निकै भयानक तथ्य बाहिर ल्याएको थियो । उक्त तथ्यका अनुसार पृथ्वीबाट मानिसको भाले क्रोमोजोम (वाइ क्रोमोजोम) आनुवंशिक रुपले यति तिब्र गतिमा विनाश भैरहेको छ की आउँदो पचास लाख वर्षमा पृथ्वीमा पुरुषको अस्तित्व लोप भैसक्नेछ ।
यौनका नाममा प्रेम गर्छन् ।
भनिन्छ, जहां आगो हुन्छ, त्यहां उज्यालो पनि हुन्छ, जहां फूल हुन्छ, त्यहां सुगन्ध पनि हुन्छ । दुवै एक-अर्काका हिस्सा हुन, जसमा सम्भावनाहरू लुकेका हुन्छन् । यसरी नै जहां प्रेम हुन्छ, त्यहां यौनको सम्भावना पनि हुन्छ । सत्य त यही हो कि यौनको मात्र सम्भावना नभएर प्रेमको कुनै मोडमा वा धरातलमा प्रेम यौन कै रुपमा व्यक्त हुन्छ र यदि यही यौन मात्र वासनाको पूर्तिका लागि गरिन्छ भने त्यहां प्रेम व्यक्त हुंदैन । यदि यौनले वासनाको रुप लिएको छैन भने त्यसले प्रेमलाई अरु प्रगाढ बनाउंछ ।
महिलाहरु नै बढी रुञ्चे
त्यसो त महिलाहरु पुरुष भन्दा बढी भावुक हुने गरेको विभिन्न अनुषन्धान बाट पनी पुष्टी भईसकेको कुरा हो र सामान्यतया बढी भावुक हुने हरु नै रुने गरेको पाईन्छ।
छोरा कि छोरी: नारी निर्दोष छन्
छोरी पराइको घर जान्छे र अन्तै फक्रन पुग्छे भन्ने हाम्रो सामाजिक मान्यताले गर्दा प्रत्येक दम्पतिले कमसेकम एक जाना छोरा त होस भन्ने प्रबल ईच्छा राखेको हुन्छ। आर्थिक एंव सामाजिक कारणले गर्दा धेरै सन्तान जन्माउन नचाहाने आधुनिक दम्पतिहरु पनि छोराको आशले दोस्रो सन्तान जन्माउने प्रयास गर्दछन्। साविकै दोहोरिएर छोरी जन्मियो भने त्यसको दोष महिलालाई थोपर्ने र हर्को वोवाह गर्ने तरकरमा लोग्ने पुरुष परिवारहरु अहिले पनि थुपर्रै छन्। गाउँघरमा त यो चलनले जरा नै गाडेको छ। सात-आठ छोरी जन्माएर नैरास्यको भुमरिमा पर्ने नारीहरु पनि कम छैनन्। तर प्राकृतिक वैज्ञानिक यथार्थ के हो भने महिलाको गर्भबाट छोरा वा छोरी जन्मिने भन्ने कुराको निर्धारण पुरुषको विर्यमा हुने शुक्रकिटको स्वरुपले गर्छ, महिलाले गर्न सक्दिनन्। महिलाको डिम्बमा छोरा कि छोरी निर्धारण गर्ने शत्ति नै हुदैन्।
विधवा र यौनजीवन- डा. राजेन्द्र भद्रार्
भर्खरै २५ वर्षपुगेकी सबिना बिस्तारै आफ्नो जीवनको यथार्थमा र्फकंदै छे । श्रीमान्को अचानक मृत्यु भएपछि काजक्रिया र विपदको व्यवस्थापनमा नै ४-५ महिना बित्यो । अब ऊ बिस्तारै आफ्नो जीवनलाई नियाल्दै छे । आफ्ना श्रीमान्सँग बिताएका सुमधुर सम्झनाहरू दिमागमा प्रशस्त आउने गर्छन्, रमाइला ठाउँमा घुमेको, जिस्किएको र यौन क्रियाकलापका बारेमा पनि यादहरु आइरहेका छन् । उसले आफूलाई नितान्त एक्ली महसुस गरिरहेकी छे, यौनको मामिलामा झनै एक्ली । तीव्र यौनचाहनाले सताउन थालेको छ उसलाई । कसरी यसलाई शान्त पार्ने भन्ने प्रश्न मनमा खेलिरहन्छ । कयौं पल्ट मनमा कुनै व्यक्तिसँग सुटुक्क सम्बन्ध गाँसौं कि भन्ने कुरा पनि आउँछ । तर यस्तो त गर्न हुन्न, समाजले के भन्ला, घर-परिवार, आमाबाबुले के भन्नुहोला – सासू-ससुराले कस्तो मान्नुहोला – भन्ने त्रासले आफ्नो चाहनालाई जबरजस्ती दबाउँछे । तर उसलाई यो कुरा दबाइराख्न गाह्रो भएको छ ।
सेक्सको सम्मान गर्नुहोस्
सेक्सप्रति सम्मानको भावना किन जरुरी छ ? जीवनको केन्द्र, जीवनको स्रोतप्रति कसरी असम्मानको भावना राख्न सकिन्छ ? हामी आमाबाबुको किन सम्मान गर्छाैं ? किनभने उनीहरू जन्म दिने सूत्र हुन् । उनीहरू के कारणले जन्म दिने सूत्र भए ?
आपत्कालीन गर्भ रोक्ने उपाय
डा. सुमनराज ताम्राकार
स्त्री तथा प्रसूति रोग विशेषज्ञ
बलात्कार वा असावधानीका कारण वा गर्भनिरोधका साधन असफल भई अनिच्छिावश गर्भधारण हुने सम्भावना देखिएमा तुरुन्तै औषधि प्रयोग गरेर गरिने गर्भनिरोधलाई आपत्कालीन गर्भनिरोध भनिन्छ । यो औषधिको प्रचलन आएपछि अनिच्छिावश गर्भधारण हुन लागेको शंका लागेमा तुरुन्तै गर्भनिरोधको उपाय अपनाउन सजिलो भएको छ ।
Home
Contact Us
Sitemap 







