Category Archives: Articles
यौनलाई कसरी बुझ्ने?
– डा.आदर्श प्रधान
प्रत्येक मानिसमा यौन चाहना अवस्य हुन्छ। कतिले यसलाई प्रत्यक्ष रुपमा व्यक्त गर्न सक्छ कतिले गर्न सक्दैनन्। नेपाल पुरुष प्रधान देश भएकोले गर्दा पुरुषको तुलनामा महिलाहरुले यौन चाहनालाई सहज रुपमा ब्यक्त गर्न सक्दैनन्। आफु भित्रको यौन इच्छालाई ब्यक्त गरेमा वा नगरे पनि प्रत्येक ब्यक्तिहरुमा यौन ईच्छा, भावनाहरु लुकिरहेको हुन्छ। पुरुष र महिलाहरुको कुरा गर्ने हो भने दुबैमा बरावर रुपमा यौन इच्छाहरु हुन्छ। हाम्रो समाजले यौनलाई अझै पनि सहजरुपमा स्विकार गरेको पाँइदैन। त्यसैले यौनको बारेमा जो कोही बोल्न हिच्किचाँउछन्।
यौन
यौन एक प्रकारको विधा हो । एक प्रकारको कला हो । तर यो कसैलाइ सिकाउनु पर्दैन । यो प्राकृतिक देन हो । भगवान को उपहार हो । किराकिरी, चराचुरी जनावर र मानिसलाइ नभई नहुने अति आवश्यक चीज हो यौन । तर मानिस बाहेक अरु प्राणीलाइ उपयुक्त याम चाहिन्छ । तर मानिसलाइ कुनै याम पर्खिरहनुपर्दैन । चाहिँदैन । गोप्यता भने चाहिन्छ ।
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
हास्यकलाकार हरिवंश आकचार्यले दोस्रो विवाह गरेको एक हप्तापछि साहित्यकार कृष्ण धरावासीले पनि दोस्रो विवाह गरेको खबर आयो। आफ्ना श्रीमती गुमाएको एक वर्षपछि उनीहरूले दोस्रो विवाह गरेका यी दुई उस्तै खाले घटनाले सांस्कृतिक क्षेत्रमा केही बहस सिर्जना भएको छ।
यी घटनाबारे लेखिरहँदा तीन वर्षअघि दशैंको बेला जन्मस्थल काभ्रेको मेच्छे पुगेको क्षण सम्भिmएँ। प्राथमिक तहमा गणित पढाउने शिक्षक केशव मैनाली भेटिनुभयो। उहाँले मेरो वर्तमानलाई लक्षित गर्दै भन्नुभएको थियो “राँडी आमाले दुःख गरेर पढाएकी थिइन्, आकाशको तारा भएर चम्कियौं।” सरले भन्नुभएको यो वाक्य मेरो दिमागभरि आज पनि छचल्किरहेको छ। हो मैले सम्भिmने गरी बुबाको अनुहारसमेत हेर्न पाइन। ३४ वर्षकी मेरी आमासँग सन्तानको मुख हेरेर बस्नुको विकल्प थिएन। किनकि कथित समाजको अगाडि उहाँ “राँडी” हुनुभयो। लोग्नेलाई अघि लागाइस् ठीक्क पर्यो भन्नेहरू पनि थुप्र्रै थिए।
अभाव यौन शिक्षाकोः जोखिम स्वास्थ्यको
साइबरभित्र अश्लील साइड हेरिरहेका एक युवक परिचित अनुहार देख्ना साथ हत्तपत्त कम्प्युटरमा अरू कुरा खोजेजस्तै गरी अल्मलिए । घरमा कम्प्युटर भए पनि उनीहरूमा साइबर जाने लत बसेको छ । प्रायः बिदाको दिनमा साइबरमा स्कुले विद्यार्थीकै घुइँचो लाग्ने गर्दछ । आफूलाई मन लागेको अनि देखेका र सुनेका जति अश्लील वेबसाइड मनग्गे हेर्ने यो उपयुक्त भएको छ । बढ्दो उमेरमा हुने शारीरिक परिवर्तनसँगै देखा पर्ने धेरै प्रकारका मनोवैज्ञानिक खुल्दुलीका बारेमा पर्याप्त ज्ञान नहुँदा लुकिछिपी नै भए पनि आफ्नो कौतुहलता शान्त पार्नु उमेरअनुसारको स्वभाविक आवश्यकता हो ।
अमर्यादित ‘सेक्स’को विगविगी प्रहरी नै भन्छन्–अब विकल्प खोज्नुपर्छ
‘सेक्स’लाई प्रकृतिसंग जोडिन्छ । हरेक मानिसका लागी ‘सेक्स’ आवश्यक भएकै कारण यसलाई प्रकृतिसंग जोडिएको हो । सबैको आवश्यकता हुँदाहुँदै पनि ‘सेक्स’ सामाजिक सँस्कारभन्दा बाहिर गएर प्रस्तुत भयो भने त्यसलाई अपराधसंग जोडेर हेरिन्छ । यहाँ त्यस्तै भएको छ ।
बुधबार मात्रै कास्की प्रहरीले लेकसाईडका विभिन्न होटलहरुमा चेकजाँच गर्ने क्रममा वेश्यावृत्तिमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाएको छ । त्यस्तै असार ३० गते राति बागलुङ बसपार्कबाट २ जोडीलाई प्रहरीले वेश्यावृत्तिमा संलग्न भैरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । यसअघि पनि ग्राहकसंग अमर्यादित सेक्सुअल गतिविधि गर्नका लागी लेकसाईड जाँदै गरेका चार युवतीलाई प्रहरीले प्रस्र्याङबाट नियन्त्रणमा लिएको थियो ।
बेस्या हरुको उत्साह र भय
किभ, जेठ २७ (एजेन्सी)- युक्रेनी कल गर्ल २० वर्षे युलिया अहिले निकै व्यग्रताकासाथ थोरै उत्साहित र थोरै भयभित भएर युरो २०१२ को प्रतिक्षामा छिन्। आगामी वर्ष कलेज भर्ना हुने तयारीमा रहेकी उनले अहिले युरोका दौरान धेरै पैसा कमाउने आशामा आफ्नो मुल्य बढाएकी छिन्।
‘हरेक केटीहरु डराएका छन्। किनकी जे पनि हुनसक्छ भन्ने भय छ,’ उनले भनिन, ‘तर अहिले १६ देशका शौखिन पाहुना आउदा उनिहरुको यौन प्यास मेटाएर केही बढि कमाउने इच्छा राख्नु स्वभाविक हो।’ लाखौ समर्थकहरु आउने पक्का भइसकेको अवस्थामा अहिले युक्रेनका चार युरो आयोजक शहरमा वेश्यावृत्ती निकै बढेको छ। युरोपमै वेस्यावृत्तीका लागि कहलिएको युक्रेनका चारै आयोजक सहरका सडक, बार र होटलहरुमा वेश्याको चहलपहल अपेक्षित रुपमा निकै बढेको छ।
किन युवतीहरू खराब केटा मन पराउँछन् ?
असल, नम्र र भद्र युवकको सट्टा युवतीहरू किन स्वार्थी,ढँटुवा, गफाडी, अभद्र युवकलाई मन पराउँछन्। यसको जवाफ वैज्ञानिकहरूले खोजे का छन्। वैज्ञानिकहरूका अनुसार स्वाभाविक ढंगमै युवतीहरू खराब युवकतर्फ आकषिर्त भैरहेका हुन्छन् अनि केही समय पछि उनीहरूले मूल्याकंन गर्दै आफैंसँग सोध्छन्, म किन सधैं बास्टर्ड नै फेला पार्छु ? न्यू मेक्सिको स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार यसमा तीन खराब तत्वले काम गर्छन्। उनीहरूले ती तत्त्वलाई ‘डार्क-ट्राइड’ नाम दिएका छन्।
ती तीन तत्व न्यार्सिसिज्म, म्याकियाभेलिनिज्म, साइकोप्याथी हुन्। यस्ता तत्त्व भएका खराब केटा जसरी पनि महिलालाई फसाउन लागिपर्ने स्वभावका हुन्छन्। खराब केटामा रहने तीन तत्वलाई नेपालीकरण गर्दा न्यार्सिसिस्टिक पर्सनालिटीले कम सहानुभूति भएको अंहकारी र पूर्ण स्वार्थी भएको अर्थ दिन्छ, त्यस्तै म्याकियाभे लियन पर्सनालिटीले धुर्त, शोषक, ढाँट्नमा अब्बललाई प्रतिनिधित्व गर्छन्। यसबाहेक द साइकोप्याथ पर्सनालिटी अर्थात् एन्टि सोसियल पसर् नालिटीले परिणामको ख्याल नगरी आवेशमा आएर गलत बाटो अख्तियार गर्ने, सतही आकर्षणमा रोमाञ्चको मज्जा लिन खोज्ने स्वभाव जनाउँछ।
शान्ति समाजसेवामा पनि लागि परेकी थिइन्।
बाँचुन्जेल शान्ति मास्केका मनमा सधैं आँधिहुरीले मात्रै डेरा जमाएको थियो। उनको जीवनमा खुसीको दिन पनि बिरलै भेटिन्थ्यो । उनी अरूका अघि हाँसीहाँसी दिन फ्याक्ने गर्थिन्। उनी भन्थिन्, ‘म एक्लै जन्मेँ; तर बाँचुन्जेल म एक्लै रहेँ। मेरा लागि जोजो नजिक आए तापनि त्यो सबै नाटक थियो।’ वास्तवमा नाटकबाट नै जनस्तरमा प्रस्तुत भएकी शान्ति नाटकमा नै निदाइन् । अनि २०६७ साल माघ ४ गते उनले चिम्लेका आँखा कहिले उघ्रेनन्।
खड्गबहादुर श्रेष्ठ र विष्णुमाया श्रेष्ठकी छोरी शान्ति मास्के १९८३ साल माघ ५ गते गोरखामा जन्मेकी थिइन् । शान्तिका बाबुले कान्छी स्वास्नी ल्याएपछि यी आमाछोरीको घरबास उठेको थियो । त्यसैले उनी सानैमा आफ्नी आमाकै औला समाएर चन्द्रशमशेरकी कान्छी श्रीमती बालकुमारीलाई पछयाउँदै बनारस पुगिन् । त्यहाँ नै शान्तिको साँस्कृतिक जीवन सुरु भयो । नाच्न र गाउनमा त्यहीँ उनले आफ्नो हैसियत कायम गरेकी थिइन्।
Home
Contact Us
Sitemap 








