Home | Contact Us | Sitemap

Category Archives: Articles

वैवाहिक यौनहिंसा कहिलेसम्म ?

ललितपुर । ‘सधैँजसो म उसलाई सम्झाउने कोशिस गर्थेँ, कि मलाई शारीरिक सम्पर्कको कुनै इच्छा छैन । तर ऊ मेरो इच्छालाई बेवास्ता गर्दै जबर्जस्ती गर्थ्यो । म के नै गर्न सक्थेँ र उसको विरुद्धमा ? चुपचाप सहिदिन्थेँ ।’ बाइस वर्षीया एक विवाहित युवतीले आफ्नो वैवाहिक यौनहिंसाको कथा यसरी सुनाइन् । उनले दुखेसो पोख्दै भनिन्- ‘विवाहपछि आफ्नी स्वास्नीसँग आफूले चाहेको बेलामा शारीरिक सम्पर्क राख्न पाउनु आफ्नो अधिकारका रूपमा मान्ने सोचाइ भएको ऊ, मैले सम्झाउँदैमा किन मान्थ्यो र ? मलाई ऊ आफ्नो जुत्ता बराबर पनि गन्दैनथ्यो । मेरो सोचाइ, मेरो इच्छा, आकाङ्क्षा केहीको पनि ख्याल गर्दैनथ्यो । तर पनि म आवाज उठाउन सक्दिन । किनकि यसबारे कसैसँग केही कुरा गरे आफ्नै बेइज्जत हुन्छ । समाजले थाह पाए मलाई नै नराम्रो दृष्टिले हेर्छ, त्यसैले पनि म यो पीडा सहेर बस्न बाध्य छु ।’

आफ्ना सन्तानलाई आमा बाबुले यौन शिक्षा दिनु कति आबश्यक छ ?

प्राय: दम्पतिहरु आफ्ना सन्तानले उसको बाबु आमाले यौन सम्पर्क गर्छन् भन्ने कुरा थाहा नपाऒस् भन्ने चाहन्छन् । थाहापाउला कि भनेर डराउँछन्‚ लजाउँछन् । यसैले उनीहरुले सन्तानलाई यौनका सम्बन्धमा सही जानकारी प्रदान गर्न हिचकिचाउँछन् । अनि जिज्ञासु भएर उनीहरुले आफू कसरी जन्मेको भनी सोधे भने इश्वरले जन्माएको अथवा यस्तै अरु केही भनेर टारिदिन्छन् । अनि यौनांगहरुको सही नाम पनि बताउँदैनन् । अनि सन्तानले यौनको सम्बन्धमा कुनै जिज्ञासा प्रकट गरे भने गाली गर्ने‚
यस्तो कुरा गर्न नहुने भन्ने‚ जानकारी नै दिएतापनि अपुरो जानकारी दिने‚ यौनलाई पाप तथा घृणाको रुपमा परिभाषित गरिदिने‚ गर्ननहुने काम भनिदिने आदि गर्दछन् ।
यथार्थ उत्तर दिन लजाउँछन्‚ डराउँछन् । तर सँगै बस्ने सन्तानले एक दिन त थाहा पाई हाल्छ की उसका बाबु आमाले पनि सम्भोग गर्दछन् भनेर‚ अनि जुन कामलाई पाप भनिन्छ त्यही पापलाई लुकिछिपि गर्दछन् भन्ने त थाहापाइहाल्छ । अनि बाहिर बाहिर एउटा भन्ने अनि भित्र भित्र अर्कै गर्ने भएकोमा बाबु आमा प्रति उसको श्रद्धा घट्न जान्छ ‚ विश्वास गर्दैन ।

लोग्ने मान्छेको कमजोरी भन्नु नै स्त्री हो

tham-3

कुरा केही बर्ष अगाडिको हो। म काम बिशेष ले म्याग्दी जिल्लाको गुर्जा भन्ने अती बिकट गाउमा गएको थिए। सदरमुकाम बाट झन्डै १९ घण्टा हिंडेपछी बढो मुस्किलले गाउमा त पुगियो तर चिने जानेका मान्छे पनि कोही नभएका र गाउमा बस्नको लागि होटेल लज हरुको पनि ब्यबस्था नभएकोले म र मेरो साथी घनश्याम खड्का(जो अहिले कान्तिपुरका म्याग्दी सम्बाद्ताता छन)गाउकै एक राजनैतीक पार्टीका कार्यकर्ताको घरमा बस बस्न पुगेउ।स्थानय निर्वाचनको चटारोले गाउ पुरै चुनावमाय भएको थियो र हामी पनि चुनावी कामकै लागि तत्कालिन म्याग्दी जिल्लाका मानानीय निल बहादुर तिलिजा पुन को निर्देसनमा गुर्जा गाउको रजनैतीक परिस्थिती बुझ्न त्याहा पुगेका थियौ।दिनभरीको हिडाइले गलेकोले बेलुका भुसुक्कै निदाइएछ,बिहान उठेर दिशा पिसाबको लागि गाउमा घर घर म चर्पिको ब्यबस्था नभएकोले गर्दा म गाउदेखी निकै टाढाको जंगली खोल्सामा पुगेर बासस्थान तिर फर्कदै गर्दा एउटा घरको नजिकै बस्तु भाउको गोठ्मा एक जोडी श्रीमान श्रीमती झगडा गर्दै गरेको देखे,अपरिचित ठाउँ त्यस्मा पनि लोग्ने श्वास्नीको झगडा परालको आगो भन्ने सम्झिएर म सरासर आफ्नो बाटो लाग्दै थिए तर उनिहरुको झगडा शान्त हुनुको साटो बढदै गैरहेको थियो।

पढ्न पाए केही गरेर देखाउँथें

bhawanam

आमा मेरो डिस्टिङ्सन आयो,’ रिजल्ट हेरेपछि पास भएको कुरा आमालाई तुरुन्त सुनाएँ । उनी भान्छामा खाना पकाउँदै थिइन् । ‘ए, तँ पास भइस् ?’ उनले यत्ति भनिन् । मलाइ समातीन र रुन थालिन् । त्यो रात हामी आमाछोरी धेरैबेर रोयौं । आमालाई म पास भएकैमा खुसी थियो । डिस्टिङ्सनको अर्थ उनले बुझिनन् । बुझेकी भए अझ् कति खुसी हुन्थिन होला ? किनकि, मलाई सफल भएको हेर्न उनले कति दुःख गरेकी थिइन् भन्ने मलाई मात्र थाहा छ । एक साँझ लखतरान परेर आमा आइपुगिन । भोकाएका बहिनीहरू केही छ कि भन्दै आमालाई समाउन पुगे । ‘लौ रोटी खाउ,’ आमाले हामीलाई कपडा धोइदिएको घरबाट बचाएर ल्याएको खाजा दिइन । भोकाएका हामीले, कपाकप खायौं । राति बाबा मात्तिादै आए । जे डर थियो त्यही भो । ‘जथाभावी डुल्छेस्’ भन्दै बाले आमालाई गाली गर्न थाले । चर्काचर्की हुादै थियो । म आमालाई नबोल्न भन्दै थिएा । बाले हात छाडिहाले । लछारपछार हुादा किताबहरू असरल्ल परे । आमा चिच्चाउन थालीन्, बहिनीहरू रून थाले । म आत्तिदै छुट्टयाउन गएको थिएा, बाको थप्पडले भित्तामा ठोक्किएा । आमालाई मार्छु भन्दै बाबाले हातमा खुकुरी नचाउान थाले ।

म मर्नै लागेँ, आऊ सावित्री’

sabitri

म ०११ साल पुस ११ गते जन्मेकी थिएँ। मेरो नाम रह्यो- सावित्री भट्ट। बा कस्ता थिए, मलाई थाहा छैन। म दुई वर्षकी छादै बाsabitriबित्नुभएछ। धादिङ मैदीमा हाम्रो घर थियो। खरले छाएको। सानो पिँढी। घरपछाडि गोठ। गोठमा थिए, दुइटा भैंसी, एकहल गोरु, दस-बाह्रवटा बाख्रा। तिनै बाख्रा लिएर म वन जान्थेँ। घाँस काट्थेँ। पुतलीझैं रमाउँथेँ। इन्द्रधनुष हेरिहुँजस्तो लाग्थ्यो। मेरो मन पनि त जुरेलीजस्तै थियो। म सानी जुरेली थिएँ। आमा र दुई दाइले खुब माया गर्थे। घरकी कान्छी म नै त थिएँ। दिनभरि छिमेकका दिदीसित पुतली खेल्थेँ। आमा प्रायः पिँढीमा बसेर गुन्द्री बुन्नुहुन्थ्यो।

विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने

सरकारले ल्याएको नयाँ बजेटमा रहेका बहु चर्चित दुई वटा बिषय विधुवा विबाह र दलित विवाह लाई हेर्दा यो सरकारको बारेमा मेरी आमाले म सानो छँदा भन्ने गरेको एउटा उखान याद आयो “केटाकेटी आए गुलेली खेलाए गए”।साँच्चै के यो सरकारमा भएका मान्छेहरु सँग देश चलाऊने कुनै भिजन नै छैन त,के यो सरकार साँच्चै केटाकेटिहरुले गुलेली खेलाए जस्तई दुइचार महिना सरकार चलाएर रमाइलो गर्न मात्र आएको हो त?यदी होइन भने विवाह जस्तो पवित्र सम्बन्ध लाई पैसा सँग दाँजेर सस्तो मात्रा होइन,कवाडी बेछेको जस्तो मोल्मोलाई किन गरिरहेको छ त?दुइ आत्माको पवित्र सम्बन्ध जो भरजनम को लागि गाँसिन्छ र एक अर्काको सुख दु:खमा साथ दिने बाचा क साथ एक होइन्छ त्यस्तो सम्बन्धलाई रुपैयाँ पैसा सँग दाँजेर नारी भनेका साँच्चै नै पैसामा बिकाउ चिज हुन भनेर सरकारी तवर बाट नै किन घोषणा गर्नु पर्‍यो ?

नारी समाज

मलाई प्राय धर्म र सस्कृतिकै बारेमा केहि लेख्न मन लाग्छ।हुन त म यो धर्म सम्बन्धि कुनै ज्ञान हासिल गरेको मान्छे होईन।तर पनि समाजमा देखेको सुनेको अनि कुनै कुरा भोगेको कुराहरु लेख्न मन लाग्छ।धर्मले मान्छे-मान्छेमा पनि किन एति भिन्नता गरेको होला!जस्तो लाग्छ।आज मैले चर्चा गर्न खोजेको कुरा नेपालि समाजमा एकल नारी अथवा हाम्रो भाषामा(बिधुवा)को अस्तित्वको बारेमाहजुर ति नारीले आफ्नो श्रीमान त गुमाईन।तर श्रीमानको मृत्युको साथ साथै उस्ले आफ्नो हरेक थोक गुमाउनु पर्छ।जस्तोकी रातो बस्त्र चुरा पोते,जुन महिलाको गहना हुन।तर कुनै पुरुषको श्रीमतिको मृत्यु भएमा उस्ले आत्मिय पिंडा बाहेक केहि गुमाउदैन।यि सबै हाम्रा धर्म र रुडिबादि परम्पराले सिकाएका सिकाएका सस्कारहरु हुन।

बलात्कार किन ?

बलात्कारको अर्थ हो जबर्जस्ती यौन सम्पर्क गर्नु। दोस्रो पक्षको मन्जुरीबेगर जोरजबरजस्ती यौन सम्पर्क स्थापित गर्नु नै बलात्कार गर्नु हो। यौन सबै जीवित प्राणीका लागि भोजनजत्तिकै आवश्यक क्रिया हो। यौनको अभावमा मानिसमा मानसिक रोगसमेत पलाउने अवस्था हुन्छ। त्यसैले विवाहको प्रलचन आयो। मानव शरीरको भोक– यौनको सभ्य र स्वीकृत सन्तुष्टिका लागि बिहे गर्ने, जोडी एकअर्काप्रति समर्पित रहने, विवाहेतर यौन सम्पर्क नगर्ने चलन चलाइयो। किनकि यौन अदम्य भावना हो। चाहेर पनि यसको शमन सम्भव छैन। यसकारण यसलाई निकास दिने मार्ग विवाह हो भने यौन उच्छृङ्खलताको नियन्त्रणका लागि कानुन र सामाजिक नीति–नियमहरूको बेरा लगाइयो। यौनलाई स्वीकृति र नियन्त्रण मानव समाजको एउटा अद्भूत प्रथा हो, जुन प्राय: सबै मानव समाजमा एकनासले चल्दै आएको छ। यौनेच्छा तीव्र भयो र बलात्कारजस्तो कृत्य हुन गएमा यौन स्वतन्त्रता रहेको भनिएको मुलुकमा पनि क्षमायोग्य मानिंदैन, दण्डनीय नै हुन्छ।

'