Home | Contact Us | Sitemap

Monthly Archives: December 2017

अनायासै

विगतले आज फेरि अनायासै ढोका

ढकढकायो,
खाटो बसे को घाउ खै किन पर्परायो?
अघि बढ्दै थिए पाईला डग्मगायो..
मझ्दारमा एक्लै विच वाटोमा छोडेर गयौ,
बाच्ने रहर बढाउदै थिए,घाउहरू पुर्दै थिए..
फेरि अनायासै आज किन यो पर्परायो?????
थाहा छ संघर्ष हो जिन्दगी!
बाच्नु पर्छ आस तोडेर,बाटो मोडेर
घाउहरू पुरेर तर पनि खै आज कीन???
अनायासै आफैसँग वितृष्णा बढ्यो
हास्ने रहरहरू मर्यो तर पनि
फेरि पलाउनु छ मलाई,फुल्नु छ अनि फक्रिनु पनि
हो पलाउछु अनि फक्रिन्छु
समयले मलाई जति तोडे पनि
म अवश्य नै।।।।।।

 

Sarita Baral

'