Home | Contact Us | Sitemap

Monthly Archives: January 2013

यौन दुर्व्यवहारका घटनामा वृद्धि भएपछि सुरक्षा निकाय चिन्तित

मङ्गलवारे (इलाम), पुस २० – इलाममा यौन दुर्व्यवहारका घटना आश्चर्यजनकरूपमा बढेपछि यहाँको सुरक्षा निकाय चिन्तित भएको छ। जिल्ला प्रहरी कार्यालय इलाममा चालु आर्थिक वर्ष २०६९/७० को छ महिनामा आठवटा यौन दुर्व्यवहारका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। यौन दुर्व्यवहारका आठ घटनामध्ये चारवटा घटनामा बालिकाहरु नै सिकार बनेका छन्।

बलात्कारमा परेकी २३ वर्षीय युवतीको मृत्यु

सिंगापुर, पुस १४ (एजेन्सी) – नयाँ दिल्लीमा बसभित्र बलात्कार र आक्रमण बेहोरेकी २३ वर्षीया युवतीको निधन भएको छ। नेपाली समयअनुसार आज बिहान २:३० सिंगापुरमा उनको निधन भएको हो। दिल्लीको अस्पतालमा सघनकक्षमा उपचारपछि एयर एम्बुलेन्सबाट उनलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो। उनको शवलाई आजै भारत ल्याइने बताइएको छ।

३ वर्षीया नाबालिकालाई जबरजस्ती अनुचित कार्य गरेको अभियोगमा पक्राउ

काठमाडौं, पुस २० – आफ्नै ३ वर्षीया छोरीलाई जबरजस्ती अनुचित कार्य गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं -१३ सोल्टीमोड डेरा गरी बस्ने नुवाकोट चाउथे-६ का ४० वर्षीय इन्द्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

ब्वाईफ्रेण्डबाट खोसेर युवतीमाथि रातभर सामूहिक बलात्कार

१९ पुस, झापा । महिला हिंसा रोक्न माग गर्दै अधिकारकर्मीहरु आन्दोलनमा उत्रिरहेका बेला झापामा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् ।

दमक-९ स्थित हिमालय चियाबगान भित्र १९ वर्षीया युवतीलाई गएराति स्थानीय चार जना युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गर्ने दमक ९ का सचिन भट्टराइ, सन्दीप भट्टराई र आशिष दर्नाललाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक भने फरार छन् ।

आमाको उपचार गर्न कुमारित्व बेच्दै युवती

girl

ब्राजिलकी २० वर्षीया युवती कैटरिन मिग्लोरिनीलै ७ लाख ८० हजार डलरमा आफ्नो कुमारित्व बेचेर चर्चा कमाएको धेरै भएको छैन । अब ब्राजिलकै अर्की १८ वर्षीया युवतीले आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छिन् ।

फुटबलबाट परिचित ब्राजिलका रेबेका बर्नार्डोले आमाको उपचारका लागि रकम जुटाउन भन्दै कुमारित्व बेच्ने घोषणा गरेकी हुन् । उनले आफ्नो भर्जिनिटी लिलामीको भिडियो यू ट्युवमा राखेकी छिन् ।

'