Monthly Archives: August 2012
सेक्स भन्ने कुरा
सबैलाई जानकारी भएता पनि नारीका कामुक अंग हरु को बारेमा सायद जानकारी न हुन पनि सक्छ ! आखिर के हुन् त कामुक अंग भनेका !
नारी शरीरको कामुक अंग भन्नाले योनी, भंगाकुर, भगोष्ठ, योनीद्वार आदिलाई जनाउँछ । सम्भोग क्रिडाको बेला प्रायः नारी शरीरको यही अंगहरूमा एक अर्काको सेक्स आनन्दको अनुभव हुन्छ । योनी नारी शरीरको प्रमुख सेक्स अंग हो ।
जहाँ सम्भोगको आनन्द आदान(प्रदान हुन्छ किनकि स्त्री योनीमा लिंग प्रवेश गराएर आनन्द प्राप्त हुने मार्ग नै यही हो । यसको केही माथि एक संकीर्ण सानो प्वाल हुन्छ । यसै प्वाललाई पिसावद्वार पनि भनिन्छ ।
सम्भोग
सम्भोगलाई दाम्पत्य जीवनको प्रमुख तत्वको रूपमा लिइन्छ। प्राणीलाई भोजनको अति आवश्यकता पर्दछ। सम्भोगको भोक पनि त्यस्तै हो, जो निश्चित समयमा इच्छा जागेर आउँछ र आपसी आवश्यकताअनुरूप ग्रहण गर्ने गरिन्छ। सम्भोग एउटा कला हो र यसलाई पर्याप्त ज्ञान र अभ्यासबाट नै निपूर्णता हासिल गर्न सकिन्छ। सम्भोग वासना तृप्ति र मनोरञ्जनको साधन मात्र होइन, यो एउटा स्वाभाविक र प्रकृतिप्रदत्त नियमहरूभित्र रहेर खेलिने सुमधुर एवं स्वर्गीय आनन्द प्राप्तिको लागि खेलिने खेल हो। यसलाई सम्पादन गर्नका लागि विभिन्न शास्त्रीय तथा प्राकृतिक एवं वैज्ञानिक नियम र मान्यताहरू छन्।
यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?
हस्तमैथुनको बानी कसरी हटाउने ?
किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् ।
यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।
यौनिकता र व्यवस्थापन
मानिसको जीवनमा गाँस, बास र कपासजस्तै यौन पनि अत्यावश्यक छ । तसर्थ मानिसमा यौनसम्बन्धी उत्सुकता जाग्नु स्वाभाविक हो । हाम्रो समाजमा वैवाहिक जीवनमा यौनसम्बन्ध स्वीकार्य छ । सामाजिकरूपले मान्यताप्राप्त सुरक्षित यौनसम्बन्धमा सीमित रहनुलाई यौन संयमता भनिन्छ । केही समयअघि यौन शब्दको उच्चारण सभ्य समाजमा अपाच्य हुन्थ्यो । कसैले यौन शब्दको उच्चारण गरेमा ऊ उच्छृङ्खल, उत्ताउलो व्यक्तिमा गनिन्थ्यो र सबैको कड्के नजरको सिकार हुन्थ्यो । तर आजकाल यो समस्या छैन । कुनै पनि व्यक्तिले खुलेआम यौनको बारेमा चर्चा गर्न सक्छ । युवायुवतीहरू कसैलाई राम्रो भन्नुपर्यो भने ‘यु लुक सेक्सी’ भन्ने गर्छन् । सेक्सी दर्जा पाउने व्यक्तित्व फुरुङ्ग परेर, आत्मविश्वास र फुर्ति बढेको अनुभव गर्दछ र गमक्क पर्दछ । यसको ठीक उल्टो, न्यून आत्मसम्मान भएको अर्को व्यक्ति आफूमा आकर्षा नभएको अनुभव गर्दै हीनताबोधले ग्रस्त हुन्छ ।
के हो महिनाबारी गडबडी ?
कुनै पनि किशोरीहरुमा प्रजनन् क्षमता प्राप्त भएको संकेतअनुसार नियमित महिनाबारी सुरु हुने गर्छ । सामान्य अवस्थाको महिनाबारी २१ दिनदेखि ३५ दिनको बीचमा हुने गर्छ । यसरी नियमितरुपमा हुने महिनाबारी सामान्य अवस्थाभन्दा अगाडि–पछाडि हुनु र अधिक मात्रामा रगत बग्ने समस्या आएमा यसलाई महिनाबारी गड्बडी भएको मानिन्छ ।
वीर अस्पतालको परिवार नियोजन विभागमा कार्यरत् वरिष्ठ गाइनोकोलोजिस्ट डा. शान्ति जोशी फरक किशोरी तथा महिलाहरुको फरक कारणले महिनाबारी गड्बडी हुनसक्ने बताउनुहुन्छ । उहाँका अनुसार यसरी विभिन्न कारणले महिनाबारी नियमितरुपमै भए पनि अधिक मात्रामा रगत जाने र धेरै दिनसम्म रगत जाने समस्यालाई ‘मेनोरेजिया’ भनिन्छ ।
रोमान्टिक यौनजीवनका लागि
ख्यालठट्टा पनि आवश्यक छ
यौनजीवनमा उत्साह कायम राख्न आफ्नो पार्टनरसित ख्यालठट्टा पनि गर्नु आवश्यक हुन्छ, कारण ख्यालठट्टा गर्दा प्रेम गहिरिँदै जान्छ। सुमधुर प्रेमपूर्ण यौनजीवनको चाहना राख्ने हो भने आफ्नो पार्टनरसित सशवास पूर्व ख्यालठट्टा गर्नुपर्छ। यसबाट सहवासको भरपुर आनन्द उठाउन सकिन्छ।
बुझौँ पुरुषको शरीरको भाषा
हात समात्ने तरिकाः यदि पुरुषले आफ्नो हात कसेर समात्छ र उसको औंला इन्टरलक छ भने त्यसको अर्थ हुन्छ ऊ आफूलाई अत्यन्त माया गर्छ र आफ्नो प्रेमलाई खुल्ला रूपमा व्यक्त गर्न पनि संकोच मान्दैन। यस्ता पुरुषसितको जीवन सुखमय हुन्छ तर हात समात्दा हात खुकुलो छ वा दबाब हल्का छ भने त्यसको अर्थ आपसी सम्बन्ध अझै प्रारम्भिक स्थितिमा छ।
खुट्टाको स्थितिः यदि पुरुष आफूसित बसेको छ र उसको खुट्टा क्रसिङ छ तर खुट्टाको दिशा आफूतर्फ नभएर अरुतिर छ भने यो ठीक सङ्केत होइन। यसबाट उसमा आफूप्रति कुनै विशेष रुचि नभएको बुझिन्छ, तर उसको क्रस खुट्टाको दिसा आफूतर्फ नै छ भने यसले ऊ आफूलाई प्रेम गर्छ भन्ने कुरालाई दर्साउँछ। आफूमा उसको रुचि छ र ऊ आफूसित रहन रुचाउँछ भन्ने बुझाउँछ।
मिन्स भएको कति दिनमा बच्चा बस्छ ?
के कुराको डर ?
विभिन्न सामाजिक परिवर्तनसँगै यौनसम्बन्धी विचारमा पनि केही खुलापन आएको छ, तर पनि विवाहपूर्व यौनसम्पर्क अझै पनि एक किसिमले वर्जित नै छ। विवाहपूर्व यौनसम्पर्कका आ-आफ्नै समस्या हुन सक्छन्। तपाइर्ंलाई किन डर लागिरहेको भन्ने कुरा प्रश्नमा त्यति स्पष्ट छैन। डर थुप्रै कुराले भएको हुनसक्छ, जस्तै— विवाहपूर्व यौनसम्पर्कको कारणले हुने भय वा महिनावारीको बेलामा यौन सम्पर्क भएका कारणले वा गर्भ रहला कि भन्ने भय वा चिलाएका कारणले भएको भय।
Home
Contact Us
Sitemap 







