Monthly Archives: August 2012
गर्भवती र सुत्केरीलाई निःशुल्क रगत दिइने
काठमाडौं , श्रावण २६ – सरकारले गर्भवती र सुत्केरी महिलालाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको छ । सरकारले यसअघि गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच, आइरन, क्याल्सियम चक्की वितरण र सुत्केरी सेवा निःशुल्क गराउँदै आएको थियो । तर, सुत्केरी गर्दा शल्यक्रिया गर्नुपरेमा वा अत्यधिक रक्तश्राव भएर बिरामीलाई रगत दिनुपर्ने अवस्थामा बिरामी आफैंले रगत को व्यवस्था गर्नुपथ्र्यो । सरकारको निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमले बिरामी आफैंले रगत खोज्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । ‘बिरामीले समयमै रगत जुटाउन नसक्ने, आवश्यक समूहको रगत नपाइने समस्याबाट छुटकारा पाउनेछन्,’ स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका शिलु अर्यालले भनिन्, ‘यो कार्याक्रम लागू भएपछि बिरामीलाई जुनसुकै समूहको रगत आवश्यक भए पनि समयमै उपलब्ध गराइनेछ ।’ सरकारले यस वर्षदेखि २६ वटा जिल्ला अस्पताल, स्वास्थ्य संस्थामा यो कार्यक्रम लाने तयारी गरेको हो ।
तनावग्रस्त पुरुषले मन पराउँछन् मोटी महिला
एक अध्ययनले तनावग्रस्त पुरुषले मोटीघाटी महिलालाई मन पराउने गरेको तथ्य पत्ता लगाएको छ । बेलायतमा गरिएको अध्ययनले जुन पुरुषले तनावपूर्ण माहौलमा काम गर्नुपर्छ उ आफ्नो निजि जिवनमा मोटीघाटी महिलाप्रति बढि आकषिर्त हुन्छ ।
शोधकर्ताहरुका अनुसार जो मर्द तनावले भरिएको ठाउँमा निकै मिहिनेत गरेर काम गर्नुपर्छ ऊ महिलाहरुको मामिलामा निश्चित वर्गमा केन्दि्रत हुन्छ । न्युक्यासल विश्वविद्यालयका शोधकर्ता मार्टिन टोबीका अनुसार भोकमरी ग्रस्त ठाउँका पुरुष पनि मोटी महिलालाई मन पराउने गर्छन् । उनका अनुसार कस्तो जिउडालकी महिलालाई मन पराउने भन्ने कुरा पुरुषको सामाजिक परिवेश, उसको शारीरिक अवस्थाका साथै कार्यस्थलको वातावरणले पनि निर्धारण गर्छ ।
काठमाण्डौंमा सम्बन्धविच्छेद दोब्बर !
२७ साउन, काठमाण्डौं । राजधानी काठमाण्डौंमा पछिल्लो वर्ष सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या उच्च दरमा बढेको छ । काठमाण्डौं जिल्ला अदालतमा गत असार मसान्तसम्म एक हजार सात सय ४५ जोडीले निवेदन दिएकामा एक हजार दुई सय ७२ जोडी अलग भएका छन् ।
यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर हो । अझै चार सय ६३ जोडीको मुद्दा विचाराधीन रहेको जिल्ला अदालत काठमाण्डौंका स्रेस्तेदार भरत लम्सालले जानकारी दिए । लम्सालका अनुसार सम्बन्धविच्छेद गरेकामध्ये ७० प्रतिशत प्रेमविवाह गरेका जोडी छन् । प्रेमविवाह गरेको तीन दिनमै सम्बन्धविच्छेद गर्नेको संख्या दर्जनौँ छ । ‘अन्यभन्दा प्रेमविवाहित जोडीको सम्बन्धविच्छेद मुद्दा दोब्बर छ,’ लम्सालले भने ।
बढि बाँच्न चाहनुहुन्छ ? मज्जाले रुनुहोस्
मान्छेको आँखाबाट आँशु आउनु कमजोर मनको द्योतक होइन यो त सामान्य प्रक्रिया हो । महिला होस् वा पुरुष मनमा दुख पर्दा तथा पीडा हुँदा जो पनि रुन्छ ।
कतिपय मान्छे आफ्नो आँखाबाट आँशु बगेको अरुले देखेभने आफ्नो इज्जत नै जान्छ भनेर आँखाभित्रै आँशु लुकाउन तथा लुकिलुकी आँशु झार्न चाहन्छन् ।
मनोविश्लेषकका अनुसार महिलाहरुको तुलनामा आँशु लुकाउने प्रवृत्ति पुरुषहरुमा बढि हुन्छ । तर वास्तवमा आँशु लुकाउनु वा नरोएको तथा खुसी रहेँको ढोँग रच्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
विज्ञहरुका अनुसार रुनु मान्छेको स्वास्थ्यका लागि निकै सकारात्मक काम हो । रुने बानीले मानिसको शारीरिक, सामाजिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा निकै फाइदा पूराउने विज्ञहरु बताउँछन् ।
खाडिबाट फर्केका महिला भन्छन् कुवेतको पीडाभन्दा आधापेट नै जाती
छोराछोरीकै खोजीका क्रममा कहिले काठमाडाँै, कहिले पोखरा पुगेकी देवीको यात्राका क्रममा एक महिलासँग बसमा चिनजान भयो। कुरा गर्दै जाँदा ती महिला विदेश कामदार पठाउने काम गर्दिरहिछन्।
त्यसपछि उनले कुवेत जाने योजना बनाइन्। कुवेतमा पन्ध्र्र महिना काम गरेकी ज्ञवाली बिरामी परिन्। मानसिक तनावकै कारण कुवेत पुगेकी उनलाई त्यहाँ पुगेपछि पनि तनाव कम भएन, अन्ततः उनी मानसिक सन्तुलन गुमाउन पुगिन्। उनी कार्यरत घरमालिकले उपचार गराएपछि केही निको त भयो तर पूरै निको भने भएन। यत्तिकैमा उनी नेपाल फर्किइन्, घर फर्किंदा आफ्ना दाइ बितेको थाहा पाएपछि फेरि बिरामी परिन्, अहिले उनी आफ्ना कुरा स्पष्टसँग राख्न सक्दिनन्।
Factbook on Global Sexual Exploitation
Nepal and Bangladesh are the main source countries in south Asia for trafficked children. (Masako Iijima, “S. Asia urged to unite against child prostitution,” Reuters, 19 June 1998)
The trafficking of girls from Nepal into India for the purpose of prostitution is probably the busiest ‘slave traffic’ of its kind anywhere in the world. (Tim McGirk, “Nepal’s Lost Daughters, ‘India’s soiled goods,” Nepal/India: News, 27 January 1997)
अमेरिकामा तीन नेपाली बलात्कार कान्डमा
अमेरिकामा तीन जना नेपाली युवक एक १६ वर्षकी किशोरीलाई बलात्कार गरेको कान्डमा फँसेका छन्। ह्विटनको अपार्टमेन्टमा गत वर्षको सेप्टेम्बर यो कान्ड भएको रहेछ। बलात्कारको अभियोग तीन जना नेपालीलाई लगाइएको छ- २१ वर्षका ज्ञान मगर, २२ वर्षका चेत मगर र २९ वर्षका डम्बर पिठाकोटे। उनीहरुको दुर्व्यवहारबाट पीडित किशोरी नेपाली नै हुन् कि अरु देशको, खुलेको छैन।
डेली हेराल्डका अनुसार ज्ञान मगरले त पीडित किशोरीलाई एसएमएस गरेर ‘हो, मैले तिमीलाई बलात्कार गरेँ। यो मेरो गल्ती थियो’ भनेका रहेछन्।
टाढै छ, चरम सुख
ब्राजिलियन उपन्यासकार पाउलो कोहेल्होको चर्चित उपन्यास इलेभेन मिनेट्सकी केन्द्रीय पात्र मारयिाले पटक-पटक प्रेममा धोका पाउँछिन्। परण्िााम, मारयिा आफूलाई नगरवधुमा रूपान्तरति गर्न बाध्य हुन्छिन्। तर, पुरुष ग्राहकहरूसँगको रतिक्रीडाबाट पनि उनले चरम सुख (अर्गाजम)को अनुभूति पटक्कै गर्न सक्दिनन्। र, अन्त्यमा उनले एक जना लाइब्रेरयिन साथीबाट महिला जनेन्दि्रयभित्र हुने ‘जी-स्पट’बारे थाहा पाउँछिन् र आफूले रतिक्रीडामा चरम सन्तुष्टि नपाउनुको तथ्य मनन गर्छिन्।
शयनकक्षमा आँखा अड्याउने हो भने झन्डै-झन्डै मारयिाकै मर्म बोकेर यौन व्यवहार गर्न बाध्य छन्, नेपालीहरू पनि। शयनकक्षमा महिला त चरम सुखबाट वञ्चित छन् नै, यसको अभावले पुरुषलाई पनि उत्तिकै गाँजेको छ।
Home
Contact Us
Sitemap 







