Monthly Archives: July 2012
दीर्घायु १५ मिनेटको व्यायामले
दिनहुँ मात्र १५ मिनेट, हो १५ मिनेटको नियमित व्यायामले हामी आपनो आयु तीन वर्ष लम्ब्याउन सक्छौं । ताइवानको नेसनल हेल्थ रिसर्च इन्स्िटच्युटमा गरिएको अनुसन्धानपछि यस्तो दाबी गरिएको हो । उक्त अनुसन्धान अन्तर्गत सन् १९९६ देखि २००८ सम्म ४ लाख व्यक्तिहरूलाई चिकित्सा जाँचका बेला निकै निगरानी गरियो । ती सबै २० वर्षमाथिका थिए । उनीहरूलाई हरेक साता उनीहरूले गर्ने गरेको शारीरिक गतिविधि वा व्यायामबारे प्रश्न पनि गर्दै रह्यो । त्यसबाट जे निष्कर्ष निस्कियो, त्यसका आधारमा अनुसन्धाताहरूले भनेका छन्, ‘१५ मिनेट गरिएको गतिलो व्यायाम मानव जीवनमा थप तीन वर्ष जोडिन्छ, त्यस्ता व्यक्तिको मृत्युदर १४ प्रतिशतसम्म कम हुन सक्छ ।’
न्याय माग्दै सिडीयो कार्यलय पुगेकी पत्निलाई सिडीयोकै अगाडी पतिले पिटे
८ साउन , काठमाडौं । पति र परिवारले घर, छोरा र सम्पत्तिबाट अलग राखेपछि कानुनी उपचारको खोजीमा रहेकी एक महिला जिल्ला प्रशासन कार्यालयमै कुटिएकी छन् ।
चरित्रहीनको आरोपमा घरनिकालामा परेकी चाबहिल ७ कुमारीगालकी सुशीला जोशी भट्टराई आइतबार पति अशोक भट्टराईबाट जिप्रका काठमाडौंमा कुटिएकी हुन् । सुशीलालाई न्याय दिलाउन पहल गरिरहेकी नेपाल नारी चेतनशील संघकी अध्यक्ष सोमा खत्रीले पनि कुटाइ खाएकी छन् । भट्टराईको मुक्का प्रहारबाट सुशीलाको गालामा र खत्रीको दाहिने आँखामा चोट लागेको छ । आजको शौर्य दैनिकले समाचार छापेको छ ।
मोटरसाइकल दाइजो नल्याएको भन्दै श्रीमान र ससुराबाटै मारिइन बिन्दा देबी
८ साउन , वीरगन्ज । दाइजोका निहुंमा बारामा एक महिलाको हत्या भएको छ । विश्रामपुर–३ मुसहर्वा टोलकी २२ वर्षीया बिन्तीदेवी साह कलवारको शनिबार बिहान हत्या भएको हो ।
पति सन्तोष साह र ससुरा शिवलाल साह कलवारले बिन्तीको हत्या गरेका हुन् । मागेजति दाइजो नल्याएको भन्दै सन्तोषले परिवारका सदस्यको सहयोगमा बिन्तीको हत्या गरेका हुन् ।
हत्यालगत्तै शनिबार दिउँसै उनीहरूले बिन्तीको शव स्थानीय बंगरी खोलाको बगरमा जलाएको प्रहरीले जनाएको छ । हत्यापछि सन्तोषसहित बुबा शिवलाल र आमा फरार छन् । सन्तोषको परिवारका सबै सदस्यहरू फरार रहेकाले बिन्तीको हत्या भएको आशंका गरिएको इन्स्पेक्टर रामनाथ घिमिरेले बताए । ‘आइतबार सन्तोषको घर पुग्दा घरमा कोही भेटिएनन्,’ इन्स्पेक्टर घिमिरेले भने, ‘घरको ताल्चा फोडेर घरभित्र पस्दा भुइँ लिपपोत गरेर सफासुग्घर पारिएको थियो,’ उनले थपे, ‘घरको माहोल हेरेपछि थप आशंका पैदा गराएको छ ।’ आजको शौर्य दैनिकले समाचार छापेको छ ।
किन युवतीहरू खराब केटा मन पराउँछन् ?
असल, नम्र र भद्र युवकको सट्टा युवतीहरू किन स्वार्थी,ढँटुवा, गफाडी, अभद्र युवकलाई मन पराउँछन्। यसको जवाफ वैज्ञानिकहरूले खोजे का छन्। वैज्ञानिकहरूका अनुसार स्वाभाविक ढंगमै युवतीहरू खराब युवकतर्फ आकषिर्त भैरहेका हुन्छन् अनि केही समय पछि उनीहरूले मूल्याकंन गर्दै आफैंसँग सोध्छन्, म किन सधैं बास्टर्ड नै फेला पार्छु ? न्यू मेक्सिको स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार यसमा तीन खराब तत्वले काम गर्छन्। उनीहरूले ती तत्त्वलाई ‘डार्क-ट्राइड’ नाम दिएका छन्।
ती तीन तत्व न्यार्सिसिज्म, म्याकियाभेलिनिज्म, साइकोप्याथी हुन्। यस्ता तत्त्व भएका खराब केटा जसरी पनि महिलालाई फसाउन लागिपर्ने स्वभावका हुन्छन्। खराब केटामा रहने तीन तत्वलाई नेपालीकरण गर्दा न्यार्सिसिस्टिक पर्सनालिटीले कम सहानुभूति भएको अंहकारी र पूर्ण स्वार्थी भएको अर्थ दिन्छ, त्यस्तै म्याकियाभे लियन पर्सनालिटीले धुर्त, शोषक, ढाँट्नमा अब्बललाई प्रतिनिधित्व गर्छन्। यसबाहेक द साइकोप्याथ पर्सनालिटी अर्थात् एन्टि सोसियल पसर् नालिटीले परिणामको ख्याल नगरी आवेशमा आएर गलत बाटो अख्तियार गर्ने, सतही आकर्षणमा रोमाञ्चको मज्जा लिन खोज्ने स्वभाव जनाउँछ।
शान्ति समाजसेवामा पनि लागि परेकी थिइन्।
बाँचुन्जेल शान्ति मास्केका मनमा सधैं आँधिहुरीले मात्रै डेरा जमाएको थियो। उनको जीवनमा खुसीको दिन पनि बिरलै भेटिन्थ्यो । उनी अरूका अघि हाँसीहाँसी दिन फ्याक्ने गर्थिन्। उनी भन्थिन्, ‘म एक्लै जन्मेँ; तर बाँचुन्जेल म एक्लै रहेँ। मेरा लागि जोजो नजिक आए तापनि त्यो सबै नाटक थियो।’ वास्तवमा नाटकबाट नै जनस्तरमा प्रस्तुत भएकी शान्ति नाटकमा नै निदाइन् । अनि २०६७ साल माघ ४ गते उनले चिम्लेका आँखा कहिले उघ्रेनन्।
खड्गबहादुर श्रेष्ठ र विष्णुमाया श्रेष्ठकी छोरी शान्ति मास्के १९८३ साल माघ ५ गते गोरखामा जन्मेकी थिइन् । शान्तिका बाबुले कान्छी स्वास्नी ल्याएपछि यी आमाछोरीको घरबास उठेको थियो । त्यसैले उनी सानैमा आफ्नी आमाकै औला समाएर चन्द्रशमशेरकी कान्छी श्रीमती बालकुमारीलाई पछयाउँदै बनारस पुगिन् । त्यहाँ नै शान्तिको साँस्कृतिक जीवन सुरु भयो । नाच्न र गाउनमा त्यहीँ उनले आफ्नो हैसियत कायम गरेकी थिइन्।
नारीका कामुक अंगहरु
नारी शरीरको कामुक अंग भन्नाले योनी, भंगाकुर, भगोष्ठ, योनीद्वार आदिलाई जनाउँछ । सम्भोग क्रिडाको बेला प्रायः नारी शरीरको यही अंगहरूमा एक अर्काको सेक्स आनन्दको अनुभव हुन्छ । योनी नारी शरीरको प्रमुख सेक्स अंग हो । जहाँ सम्भोगको आनन्द आदान(प्रदान हुन्छ किनकि स्त्री योनीमा लिंग प्रवेश गराएर आनन्द प्राप्त हुने मार्ग नै यही हो । यसको केही माथि एक संकीर्ण सानो प्वाल हुन्छ । यसै प्वाललाई पिसावद्वार पनि भनिन्छ ।
चुम्बनले स्वास्थमा गर्ने असर र यसका १० स्वस्थकर असरहरु
नकारात्म असर
चुम्बनका धेरै राम्रा कुराहरु हुदाँ हुँदै पनि यसका नराम्रा असरहरु पनि छन् | हाम्रो जस्तो अनुदार समाजमा सार्बजनिक स्थानमा चुम्बन गर्नु अनैतिक र गैरकानुनि पनि मानिन्छ | सामाजिक चुम्बन पनि नेपाली समाजमा नौलो नै छ र यसलाई पनि नेपाली समाजले सहज रुपमा लिन सकेको छैन |
चुम्बन (टंग किस) गर्दा
थुक साटा साट हुने हुनाले रोगका किटाणुहरु पनि थुक संगै एक अर्कामा सर्ने सम्भाबना रहन्छ | तर शेरिलका (द साइन्स अफ किसिंग नामक किताबकी लेखीका शेरिल किर्शेंबुम)
सहवासका लागि आवश्यक ऊर्जा
यौनकार्य एउटा शारीरिक संयोग हो। यौनचाहना सामान्य शारीरिक प्रवृत्ति पनि हो। वैवाहिक जीवन सुखी र सफल बनाउन सहवासले महत्वपूर्ण भूमिका निवाह गर्छ। सहवासबाट आनन्द मात्र प्राप्त हुँदैन, शारीरिक सुखका साथै स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन देखा पर्छ। यौन वैवाहिक जीवनको धरातल हो र यो महत्वपूर्ण क्रियाबाट महिला तथा पुरुष दुवैलाई परितृप्ति र स्थायी सुख प्राप्त हुन्छ। स्वस्थ यौन जीवनले वैवाहिक जीवनमा सञ्जीवनीको काम गर्छ। नियमित रूपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने म्यासाच्युसेटस्थित न्यू-इल्यान्ड इन्स्टिच्युटका वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। मानिसको यौन क्रियाका लागि जसरी सुविधाजनक बिछ्यौना आवश्यक हुन्छ, त्योभन्दा बढी आवश्यक हुन्छ सही खानपानको।
Home
Contact Us
Sitemap 








