Home | Contact Us | Sitemap

Monthly Archives: July 2012

रातो खुर्सानीले घटाउँछ मोटोपन

खुर्सानी नभएपनि भान्सा अडि्कँदैन भन्ने उखान त छ तर पिरो खुर्सानी धेरैको भान्साको अनिवार्य परिकार हो । धेरै मानिसलाई खुर्सानी नभैकन खाना रुच्दैन । खुर्सानी पिरो भएपनि हामी धेरैजनाले यसको पिरोपन रुचाउँछौँ । हामीलाई यसको फाइदा थाहा नहुन पनि सक्छ तर फगत यसको स्वादका लागि हामी खाइरहेका हुन्छौँ । तर अब भने खुर्सानीको स्वाद मात्र नभएको यसको गुण पनि बुझिहालौँ ।

कण्डम प्रयोगमा चिनिया अब्बल, चरम आनन्द प्राप्त गर्नेमा हंगेरियन अघि

पछिल्लो तथ्यांकले यौन सम्पर्कका बेला कण्डमको प्रयोग गर्ने चिनियाहरु सबैभन्दा अगाडि रहेको देखाएको छ । सुरक्षित यौनसम्पर्कको बारेमा गरिएको सर्वेक्षणले ७७ प्रतिशत चिनिया मानिसहरुले आफुले पछिल्लोपटक गरेको यौन सम्पर्कका बेला कण्डम प्रयोग गरेको बताए ।

त्यस्तै कण्डम प्रयोग गर्ने मामिलामा हंगकंगका पुरुष दोश्रो स्थानमा परेका छन् । ७३ प्रतिशत हंगकंगेली पुरुषले कण्डम प्रयोग गर्ने गरेका छन् । कण्डम प्रयोगको मामिलामा भारतीयहरु तेश्रो स्थानमा परेका छन् । ७१ प्रतिशत भारतीय पुरुषहरुले कण्डम प्रयोग गर्ने गरेका सर्वेक्षणले देखाएको छ ।

जगिङ गरेमा बढ्छ यौनक्षमता

नियमित रुपमा दौडिएर व्यायाम गर्ने अर्थात् जगिङ गर्ने मानिसको यौन क्षमता नदौडिने मानिसको भन्दा बढि हुने एक अध्ययनले देखाएको छ । दौडले मानिसको यौन सक्रियता बढाउने र नियमित दौडिने मानिसले अरुले भन्दा बढि यौन सम्बन्ध स्थापित गर्ने गरेको देखिएको हो ।

समाचारपत्र द टेलिग्राफमा छापिएको रिपोर्ट अनुसार अध्ययन संलग्न गराइएका हरेक १० मध्ये एक जनाले आफुले हरेक दिन कम्तिमा १ पटक यौन सम्पर्क गर्ने बताए भने तिन प्रतिशतले दिनमा २ पटक सेक्सको आनन्द प्राप्त गर्ने जवाफ दिए ।

धेरै सुत्नेहरु होसियार

वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । र लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ । त्यसैले स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ।

तर निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढि सुत्नु पनि भएन । आवश्यकता भन्दा बढि सुतियो भने त्यो पनि प्रत्युत्पादक हुन्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ । बढि सुत्ने मानिसमा कस्ता कस्ता समस्या देखापर्छन् त ?

जागरुक नारी प्रजाराज्यलक्ष्मी (जीवनी)

Praja-rajya-laxmi

एक पटक राजा त्रिभुवनले साहेबज्यू रणविक्रम शाहसमक्ष मुख फोरेका थिए- ‘ए दाइ ! खड्गमान सिंहलाई हजुरकी छोरी दिनुपर्‍यो।’ राजाका कुरा सुनेर शाह छक्कै परे। ती सम्बादले उनी कति छक्क परे भने तीन छक्क परे। जीवनमा उनले त्यस्तो उल्का कुरा सुनेको त्यही पहिलो चोटि थियो। त्यो कुरा पनि राजैबाट सुन्दा उनी छाँगाबाट खसेसरि थिए।

प्रचण्ड गोर्खाका संस्थापक खड्गमान सिंहलाई राणाले खोरभित्रै चरा राख्नेजस्तै ठूलो पिँजडामा २० वर्ष राखेका थिए। तर २००७ सालको जनक्रान्तिले उनी पनि जेल मुक्त भएका थिए । भरखरै जेलबाट निस्केकाले हिंड्दा उनका पाइला टुङ्गामा नटेकिंदा उनी घरिघरि बतासिन्थे। अनि त्रिभुवनले विहेको कुरा चलाएताक अर्थात् २००८ साल मङ्सिर १ गते उनी मन्त्रीमा आसिन थिए।

रगत जाँचबाटै थाहा हुन्छ स्तन क्यान्सरको खतरा

मानव विज्ञानमा एक महत्वपूर्ण सफल अनुसन्धान भएको छ । यो अनुसन्धानले महिलाहरुमा रक्त परिक्षणबाट स्तन क्यान्सरका विषयमा जानकारी लिन सम्भव तुल्याएको छ ।

क्यान्सर रिसर्च पत्रिकाले आफ्नो शोधमा भनेको छ की यसको लागि कुनै महंगो परिक्षण आवश्यक छैन बल्कि सामान्य रक्तपरीक्षणबाटै कुनैपनि महिलामा स्तन क्यान्सरको सम्भावना भए नभएको पत्ता लगाउन सकिन्छ ।

रक्त परीक्षणबाट महिलाहरुमा मदिरा तथा हर्मोनले पारेको असर पनि लेखाजोखा गर्न सकिन्छ । शोधकर्ताहरुले यस्तो रक्तपरिक्षणलाई इपिजेनेटिक्स को नाम दिएका छन् ।

के पातली हुँदैमा स्तन साना हुन्छन् ?

प्रश्नः म २१ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको भर्खरै हो । मेरा श्रीमान् अहिले विदेशमा हुनुहुन्छ । म यो समस्याबाट विवाहपूर्व नै पीडित थिएँ । म अलि पातली छु । मेरा स्तन अति नै साना छन् । म यही समस्याले गर्दा खुला रूपमा कुर्ता र साडीमा हिंड्न सक्दिनँ । जहिले पनि मलाई फोम भएको ब्राको आवश्यकता पर्छ । फोम भएको ब्रा नलगाई हिँड्दा पटक्कै सुहाउँदैन । यो समस्याले गर्दा ममा आत्मविश्वासको कमी छ । के पातली हुँदैमा स्तन साना हुन्छन् ? स्तन ठूला र आकर्षक बनाउन के गर्नुपर्ला ? केही घरेलु उपाय बताइदिनुहुन्छ कि भन्ने आशा लिएकी छु ।

नारीका लागि रातको ड्यूटी खतरनाक

फ््र्कान्सको नेशनल रिसर्च इन्स्टिच्यूटका वैज्ञानिकहरूले आफ्नो अध्ययनमा पाए अनुसार, जो महिलाहरू रातको ड्यूटी गर्दछन्, उनीहरूमा ब्रेस्ट क्यान्सर हुने खतरा दिनको ड्यूटी गर्ने महिलाहरूको दाँजोमा ३० प्रतिशत ज्यादा रहन्छ। यस स्टडीमा तीन हजार महिलाहरूलाई संलग्न गरिएको थियो। करीब ११ प्रतिशतलेे कुनै न कुनै बेला रातको ड्यूटी गरेका थिए। विभिन्न परीक्षणको आधारमा तिनीहरूको ब्रेस्ट क्यान्सरको चपेटामा पर्ने आशंका अन्यको दाँजो बढी पाइएको छ।

'