Monthly Archives: June 2012
महिलाहरुमाथी श्रीमानबाटै बढि हिंसा
लागू पदार्थ बोक्ने भरियामा महिला प्रयोग
चरेसलगायतका लागू पदार्थ कारोबारमा महिला प्रयोग बढ्न थालेको छ। तस्करहरुले महिलालाई ‘भरिया’ का रुपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ। चरेस बोक्ने तिनै ‘भरिया महिला’ मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो। उनीहरुबाट प्रहरीले १३ किलो चरेस पनि समातेको थियो। प्रहरीका अनुसार जिल्लाकै इतिहासमा यति ठूलो परिमाणको चरेस समातिएको यो पहिलोचोटी हो। तर चरेस बोकेका महिला पक्राउ परेको भने यो पहिलो होइन।
महिला मानव अधिकार रक्षकहरु माथि भएको हिंसा सम्बन्धी महिला इजलास
महिला हिंसा विरुद्ध कार्य गर्ने महिला मानव अधिकार रक्षकहरुमाथि पनि विभिन्न खालका हिंसा हुन्छन्, पीडक पक्ष, राज्य पक्ष, समाज र परिवारबाट विभिन्न खालका लाञ्छना खेप्न पर्छ साथै राजनीतिक दवाहरु भोग्न पर्ने जसका कारण महिला मानव अधिकार रक्षकहरु जोखिममा भएको तथ्य आफ्नो केस सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट आएका १२ जना महिला मानव अधिकार रक्षकहरुले सबैका तर्फबाट प्रस्तुत गरेका थिए ।
महिला हिंसा घटेन
महिला यौनकर्मी सुरक्षित यौन सम्पर्कतिर
महिला यौनकर्मीले विगतका तुलनामा सुरक्षित यौन सम्पर्कमा ध्यान दिने गरेको पाइएको छ । काठमाडौं र पोखरामा गरिएको सर्भेक्षणमा महिला यौनकर्मीले विगतका तुलनामा सुरक्षित यौन सम्पर्कमा ध्यान दिने गरेको पाइएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
Home
Contact Us
Sitemap 












