Home | Contact Us | Sitemap

Monthly Archives: January 2012

उपप्राध्यापकले गरे श्रीमतीको हत्या

cover_shreemati_ko_hatya_1468711981

काठमाडौं : भाउजूसँग यौनसम्बन्ध राख्दै आएका एक उपप्राध्यापकले घटना सार्वजनिक हुने डरले श्रीमतीको हत्या गरेको रहस्य खुलेको छ । सोही कारण पहिलो श्रीमतीबाट समेत डिभोर्स पाएका उनले दोस्रो श्रीमतीलाई १५ मंसिरमा काठमाडौं ल्याई हत्या गरेका थिए ।
महेन्द्र मोरङ क्याम्पसमा बायोलोजी विषय पढाउँदै आएका उपप्राध्यापक धीरेन्द्रलाल कर्णले मधुवन-६ सुनसरीस्थित माइती बस्दै आएकी दोस्री श्रीमती रन्जुलाई मनकामना दर्शन गर्न जाऊँ भनी गत १५ मंसिरमा काठमाडौं ल्याएका थिए । सोही रात कालीमाटीस्थित न्यु कालीमाटी गेस्टहाउसमा उनको हत्या भएको अनुसन्धानमा खुलेको छ । तर, प्रहरीले होटल-सञ्चालकको जानकारीका आधारमा १७ मंसिरमा गेस्टहाउसको कोठा नं. १०४ बाट रन्जुलाई मृत अवस्थामा फेला पारेको थियो । उनको शव सर्वांग नांगो अवस्थामा भेटिएको थियो । मृतकका साथमा पाइएको मोबाइलबाट शवको पहिचान भएको हो ।  

'