६ जनासँग यौनसम्पर्क राख्छन् भारतीय
जेन्सी । भारतीय महिला तथा पुरुषले जीवनकालभरि औसतमा ६ जनासँग यौनसम्पर्क राख्ने गरेको खुलासा भएको छ । राष्ट्रिय कन्डम दिवसका अवसरमा भारतमा हालै गरिएको एक सर्वेक्षणले यो अचम्म लाग्दो आँकडा प्रस्तुत गरेको हो ।
सर्वेक्षणमा चारमध्ये एक भारतीय पुरुषले आफ्नो अफेयरको कुरा स्विकारेका थिए । डेली स्टारको रिपोर्टअनुसार १२ प्रतिशत भारतीय पुरुषले मात्रै बेडरुममा -श्रीमतीसँग) पूर्ण सन्तुष्ट भएको बताएका थिए ।
सर्वेक्षणले भारतको तुलनामा अस्ट्रेलियन पुरुष निकै कामुक भएको देखाएको छ । जसअनुसार अस्ट्रेलियन पुरुषले जीवनकालभरि औसतमा २४ महिलासँग यौन सम्पर्क राख्ने गरेका छन् ।
त्यस्तै अस्टे्रलियन महिलाले भने औसतमा ११ पुरुषसँग यौनसम्बन्ध राख्ने गरेको देखिएको छ । चिनियाँ पुरुष र महिला भने भारतीयको दाँजोमा कम कामुक रहेको पाइएको छ ।
There are no posts related to ६ जनासँग यौनसम्पर्क राख्छन् भारतीय.
Home
Contact Us
Sitemap 







