Home | Contact Us | Sitemap

सफल दाम्पत्य जिवनको लागी यौन उर्जा

सफल दाम्पत्य जिवनको लागी यौन उर्जा

प्रति दिनको कार्य व्यस्ततालाई सम्पन्न गर्न स्फुर्ति दिने स्वाभाविक माध्यमहरुमा यौन पनि एक हो। तर यौन शक्ति सबैमा एक हुदैन। कोही यौन शक्ति बढाउन भियग्रा जस्तै केही औषधिको प्रयोग गर्ने गरेपनि मानव मास्तिष्क यसको लागी तयार नभएसम्म भियग्राले पनि केही गर्न नसक्ने बरु हृदयघातको खतरा बढाउने वैज्ञानिकहरुले बताएकाछन। जोन केयरले आफ्नो पुस्तक “लव एण्ड लिविङगो” मा उल्लेख गरे अनुसार निम्न कुराहरुमा उचित ध्यान पुर्याएमा यौन शक्ति कुनै औषधिको प्रयोग बिना नै आफै बढेर जाने बताएका छन।-प्रोटिनको प्रयोग: माछा, मासु र अण्डा आदीमा पाईने प्रोटिनको दैनिक प्रयोगले यौन शक्तिलाई बढाउँदछ। यसमा पाईने Histidine नामको तत्वले चरमसुख प्राप्त नगर्ने स्त्रीलाई यौन तृप्तता दिलाउन मद्दत गर्दछ साथै Finailelanin ले तनावको कारणले यौन शक्ति ह्रास भएकालाई फाईदा पुर्याउँदछ।-भिटामिन “ई” को नियमित प्रयोगले एस्ट्रोजन हर्मोन वृद्दि गराई महिलाहरुमा यौन ईच्छा जगाउँदछ।-भिटामिन “बी” को प्रयोगले दिमागलाई तन्दुरुस्त बनाउनुका साथै लिङमा पर्याप्त रक्तसंचार गराउन मद्दत पुर्याउँदछ र स्त्रीहरुलाई सहवास गर्न उत्तेजित पार्ने गर्दछ।
-कलेजो र विभिन्न गेडागेडीमा पाईने को-इन्जाईमले पनि यौन शक्ति बढाउन मद्दत गर्ने गर्दछ।
-अदुवा खानाले हाम्रो रक्तसंचार प्रणाली ठीक पार्नुका साथै यौनाङमा पनि रक्तसंचार बढाउँदछ।
-सुर्यमुखीको तेलले नियमित शरीर मालिस गर्नाले शरीरमा फुर्ति बढ्नुका साथै यौन ईच्छा पनि बढाउने गर्दछ।-नियमित व्ययाम र पर्याप्त निद्रा पनि यौन उर्जा बढाउने माध्यमहरु हुन।-Zinc को प्रयोगले धेरै यौन सम्बन्धि सम्स्याहरु हल गर्न मद्दत गर्दछ यसलाई “सेक्स मिनरल” पनि भनिन्छ।-नियमित जौ को रोटी सेवन गर्नाले यौन शक्ति बढेर जान्छ यसले टनिकको काम गर्दछ।
'