Home | Contact Us | Sitemap

रगत जाँचबाटै थाहा हुन्छ स्तन क्यान्सरको खतरा

मानव विज्ञानमा एक महत्वपूर्ण सफल अनुसन्धान भएको छ । यो अनुसन्धानले महिलाहरुमा रक्त परिक्षणबाट स्तन क्यान्सरका विषयमा जानकारी लिन सम्भव तुल्याएको छ ।

क्यान्सर रिसर्च पत्रिकाले आफ्नो शोधमा भनेको छ की यसको लागि कुनै महंगो परिक्षण आवश्यक छैन बल्कि सामान्य रक्तपरीक्षणबाटै कुनैपनि महिलामा स्तन क्यान्सरको सम्भावना भए नभएको पत्ता लगाउन सकिन्छ ।

रक्त परीक्षणबाट महिलाहरुमा मदिरा तथा हर्मोनले पारेको असर पनि लेखाजोखा गर्न सकिन्छ । शोधकर्ताहरुले यस्तो रक्तपरिक्षणलाई इपिजेनेटिक्स को नाम दिएका छन् ।

अनुसन्धानले यो कुरापनि पत्ता लगाएको छ की हरेक पाँच जनामा एक जना महिलामा यस्तो अनुवांशिक तत्व पाइन्छ जसका कारण क्यान्सरको सम्भावना दोब्बर हुन्छ ।

लण्डनको इम्पेरियल कलेजका शोधकर्ताहरुले यो शोधका लागि क्यान्सरको खतरामा रहेका भनिएका अलग अलग उमेरका १३८० जना महिलाहरुको रगतको जाँच गरेका थिए । ती मध्ये ६ सय ४० जना महिलामा स्तन क्यान्सर रहेको पाइयो । शोधकर्ताहरुका अनुसार रक्त परीक्षण गरी महिलामा ११ वर्षपछि सम्म हुने स्तन क्यान्सरको पत्तो पाउन सम्भव हुन्छ ।

भविष्यमा स्तन क्यान्सर हुने सम्भावना रहेका महिलाको रक्तकोषको अनुवंशमा एक प्रकारको रासायनिक परिवर्तन हुने र रक्त परीक्षणका त्यस प्रकारको रासायनिक परिवर्तन भएको देखिएमा क्यान्सरको विषयमा पूर्वानुमान गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।

यसअघि क्यान्सर रोगको पूर्वानुमानको विषयमा कुनैपनि ठोस तथ्य पत्ता लाग्न नसकेकोमा पछिल्लो अनुसन्धान क्यान्सर विरुद्धको लडाइँमा निकै फलदायी हुने विज्ञहरुको भनाइ छ । स्तन क्यान्सरको विषयमा गरिएको यो अध्ययन अरु प्रकारका क्यान्सरको पूर्वानुमानमा पनि कामयावी हुनसक्ने बताइएको छ ।

There are no posts related to रगत जाँचबाटै थाहा हुन्छ स्तन क्यान्सरको खतरा.

'