यौन दुर्बलताको कारण मद्यपान
मद्यपान एक किसिमको रोग हो । यसको नियमित सेवन गर्ने व्यक्ति भइसकेपछि शारीरिक रूपमा शक्तिहीन, अस्वस्थ, मानसिक असन्तुलन र मनोवैज्ञानिक रूपमा पनि क्षिण हुन्छ । यस्तो प्रकारको लतले उसको सम्पूर्ण स्मरणशक्ति गौण बन्न थाल्छ लागू औषधको सेवन गर्नेहरूलाई शरीरमा एलर्जी हुने सम्भावना पनि बढी नै हुने गर्दछ ।
नेपालको सन्दर्भमा विभिन्न समुदाय, जात-जाति, धर्मावलम्बी रहेको समाजमा शताब्दियौँदेखि धार्मिक एवं साँस्कृतिक परम्पराअनुसार पूजा, भोजभतेर आदिको उपलक्ष्यमा जाँडरक्सिको प्रयोग अनिवार्यरूपले चलिआएको छ । प्रायः पहाडी भेगमा जाडो समयमा केही तातोपनको अनुभव गर्न पनि जाँडरक्सिको भरपूर उपयोग गर्ने गरिन्छ । वितरणमा राज्यले कुनै बन्देज लगाएको छैन । यस्तो प्रयोजनबाट राज्यलाई प्रशस्तै आम्दानी हुनुले पनि यो व्यवसाय मौलाउँदो छ । नेपालकै सन्दर्भमा भन्ने हो भने लागू पदार्थको सेवन गर्ने मानिसको सङ्ख्यामा वृद्धि हुँदै आएको छ । यसले स्वयं प्रयोग कर्ताको मानसिक तथा शारीरिक स्वस्थ्यमा प्रत्यक्ष असर त पारेकै हुन्छ । त्यसका अलावा आफूमा भएको यौन क्षमतामा समेत मदिरापानले नकारात्मक असर पार्ने कुरा विभिन्न अध्ययन अनुसन्धानहरूबाट पुष्टि भइसकेको छ । जसका कारण हजारौँ युवा युवतीहरू नपुंसकको पीडा भोग्नुपर्ने चिकित्सकहरूको राय छ ।
हिजोआज महिलाहरूमा पनि धुमपान र मद्यपानको आदत नराम्ररी बसेको छ । जसको कारण उनीहरूलाई एक पेशावरसमेत बनाइदिएको छ । विवाहपश्चात् समुधर सम्बन्ध स्थापित हुन नसक्नु यो पनि प्रमुख उदाहरण हुनसक्छ । जसकारण नपुंसकता ल्याउने सम्भावना पनि हुन्छ । सूर्ति र मदिराजन्य पदार्थहरूको अत्यधिक सेवनले शरीरमा रहेको न्यूरोजेनिक रिˆलेक्समा पूर्णरूपमा क्षति पुर्याउँछ ।
पुरुषमा जस्तै महिलामा पनि प्राकृतिक रूपमा प्रतिरोधात्मक शक्तिमा ह्रास आई स्नायु तथा ज्ञानेन्दि्रय प्रणालीमा समेत नकारात्मक प्रभाव पार्दछ । यसको लामो समयसम्मको सेवनले महिलाहरूको शारीरिक तौलको अनुपातमा शरीरमा निहीत पानीको मात्रा थोरै हुने भएकोले गर्दा पानी मदिरासँग घुलमेल गर्न सकारात्मक अवस्थाको सिर्जना हुनुको कारण महिलालाई छिटो यसको असर पर्न जान्छ । महिलाहरूमा रजस्वला चक्रअनुसार निजमा भएको मदिरापानको सहिष्णुतामा फरक पर्ने भएकोले छिटै मात लाग्ने पनि सिद्ध भएको छ ।
स्वास्थ्यसम्बन्धी विज्ञहरूको अनुसार महिला तथा पुरुषको मस्तिष्कमा अवस्थित ग्रन्थी पिध्यूठरी र हाइपोथल्मसमा यसले नराम्रो असर पार्छ । जसका कारण पुरुषको टेष्टास्टेरोन तथा शुक्रकीट उत्पन्न गर्ने क्षमतामा ह्रास आउँछ । यसबाट व्यक्तिमा हीनता एवं नैराश्यता एवं यौन कार्यमा असफल भएकेा महसुस नहोला भन्न सकिन्न । यस्तो कुरालाई बिर्सन र गोप्य राख्न ऊ अत्यधिक मद्यपानको सेवन गर्न लालयीत हुन्छ । जसका कारण आˆनो मानसिक सन्तुलन गुमाई झै-झगडा गर्ने, हत्या गर्ने खालका घटनाहरू घटेका पाइन्छन् । त्यसैले अत्यधिक मदिरापान स्वास्थ्यको लागि हानीकारक तथा यौन दुर्बलताको कारक तìव पनि हो ।
-सोमसानु
There are no posts related to यौन दुर्बलताको कारण मद्यपान.
Home
Contact Us
Sitemap 







