यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
डा. राजेन्द्र भद्रा
रेखाका श्रीमान् ४ वर्षछि विदेशबाट घर र्फकंदै छन् । त्यसैले रेखाको मनभरि खुशी छाएको छ । यति लामो समयदेखि मनमा दबाएर राखिएका यौनेच्छा पूरा गर्न पाउने कुराले उनी पुलकित छिन् ।
गत हप्ता छिमेकी रमाका श्रीमान्को मृत्यु भयो । उनलाई एड्स भएको थियो रे १ विदेशमा बसेको बेलामै उनलाई एचआईभीको संक्रमण भएको थियो । उनी पनि तीन-चार वर्षविदेशतिर बसेका थिए । रेखालाई यस घटनाले पिरोलेको छ । कतै आफ्ना श्रीमान् पनि एचआईभी संक्रमण बोकेर आउने त होइनन् – यदि त्यस्तो भएमा आफ्नै जीवन बरबाद हुने भय उनको मनमा छ । तर एचआईभी शरीरमा भएर पनि लामो समयसम्म स्वस्थरुपमा बाँच्न सक्ने कुरा उनले सुनेकी छन् । एकपल्ट त एचआईभी भएकाले विवाह गरेको कुरा पनि पत्रिकामा आएको थियो, तर एचआईभी भइसकेपछिको वैवाहिक जीवन कस्तो हुन्छ भन्ने बारेमा उनलाई राम्रोसँग थाहा छैन ।
केही वर्षहिलेसम्म शरीरमा एचआईभी हुनुको अर्थ मृत्यु हुनुजस्तै हुन्थ्यो, यौनजीवन पनि समाप्त भएको कुरा मानिन्थ्यो तर अहिले धेरै परिवर्तन भएको छ । एचआईभी हुनेहरु पनि धेरै समयसम्म बाँच्न सकेका छन् । सास अड्काएर बाँच्ने मात्रै होइन, स्वस्थ र सक्रिय रुपमा बाँचेका छन् । कतिपयले त समाजमा ठूलो योगदान पनि गर्न सकेका छन् ।
यौनजीवनमा प्रभाव
एचआईभी र यौनका कुरा जटिल छन् । यौनसर्म्पर्कको माध्यमबाट होेस् वा अन्य माध्यमबाट एचआईभी सरेको होेस्, एचआईभी संक्रमण भएपछि यौनसर्म्पर्क वा अन्य यौनक्रियाकलाप सम्बन्धमा चासो र चिन्ता हुन्छ । शरीरमा एचआईभीको संक्रमण भएपछि यौनजीवनमा निकै हदसम्म नकारात्मक असर पार्ने गर्छ । यसको कारण मानसिक तथा चिकित्सकीय दुवै हुन सक्छ । एचआईभी संक्रमणको कारणले निकै चिन्ता, उदासीपन र तनाव हुने गर्छ । यस्तो स्थितिमा यौनजीवन सुचारु हुने कुरा नै भएन । चिन्ता-पीरलाई कम गर्ने औषधिको कुअसरले पनि यौनक्षमतामा नकारात्मक असर पर्न सक्छ । अर्कोतिर एचआईभीविरुद्धका औषधिका अन्य शारीरिक कुअसरले पनि यौनक्रियाकलापमा नकारात्मक असर पार्न सक्छ । एचआईभी भएका व्यक्तिमा नभएका व्यक्तिमा भन्दा टेस्टेस्टेरोनका मात्रा केही कम हुने देखिएको छ, जसको नकारात्मक असर यौनेच्छामा पर्न सक्छ । एचआईभीविरुद्धको औषधिमध्ये प्रोटिएज इन्हिबिटर -उचयतभबकभ ष्लजष्दष्तयच) लाई यौनसमस्यासँग जोड्ने गरिन्छ तर यसको पक्का आधार भने छैन । यसको अर्को पक्षमा भने मनोवैज्ञानिक असरचाहिँ पर्न सक्छ ।
लि? उत्तेजना वा यौनेच्छाको कमीजस्ता समस्या एचआईभी नभएका व्यक्तिमा पनि हुन सक्छ । कसैलाई यस्तो भएमा सबै दोष एचआईभी संक्रमणलाई दिने गरिन्छ तर वास्तविक कारण अर्कै पनि हुन सक्छ । दर्ुइ जनामध्ये एकलाई एचआईभी भर्खरै भएको थाहा हुँदा कसरी एचआईभी सर्यो भन्ने कुरा प्रमुख हुन्छ । यसले दुवैको एकआपसभन्दा बाहिर यौनसर्म्पर्क भएको वा लागूपदार्थको लागि र्सर्ुइको साझा प्रयोग भएकोजस्ता कुराको संकेत गर्छ । यसो हुँदा सम्बन्धमा तनाव आउँछ । वास्तविकता उजागर हुँदै जादा आफ्नो यौनसाथीसँग रिस उठ्ने, धोका दिएकोदेखि उदासीपनजस्ता अनेक समस्या आउँछन् ।
एचआईभी नभएको साथीलाई र्सला भनेर कोही त यति धेरै सजग हुन्छन् कि यौनक्रियाकलापबाट नै परहेज गर्न थाल्छन् । यौनअन्तरंग प्रणयपर्ूण्ा सम्बन्धको लागि आवश्यक कुरा हो । अन्तरंग सम्बन्ध नहुँदा हतास, रोषको अनुभूति हुन्छ, जसले सम्बन्धमा नकारात्मक असर पर्न सक्छ । एचआईभी हुने व्यक्तिलाई ग्लानि तथा दोषीपनको भावना हुन सक्छ । तर अन्तरंगसम्बन्धमा एचआईभी नभएका व्यक्तिलाई पनि आफूमा एचआईभी भएकोजस्तो होओस् भन्ने भावना आउन सक्छ । यदि जोडीमा गहिरो प्रेम छ भने एचआईभी भएको व्यक्तिलाई कसरी आफ्नो साथीलाई एचआईभी नसरोस् भन्ने ध्याउन्न हुन्छ भने जोडीमध्ये अर्को व्यक्तिलाई भने एचआईभी भएकालाई कसरी हेरचाह गर्ने र स्वस्थ राख्ने भन्ने चिन्ता हुन्छ । यसरी फरक-फरक दृष्टिकोण हुँदा सम्बन्धमा असामञ्जस्यता आउन सक्छ ।
कुनै पनि व्यक्तिमा लि? उत्तेजनाको समस्या आउन सक्छ । त्यसको अन्तरनिहित कारण थाहा पाउनर्ुपर्छ । यसको सबै दोष शरीरमा एचआईभी हुनुलाई दिनु मनासिब होइन । एचआईभी संक्रमणपछि एड्सको अवस्थामा पुग्दा निकै अस्वस्थ वा बिरामी भई अन्य बिरामी परेको बेलामा जस्तो नकारात्मक असर पर्छ ।
एचआईभी भए पनि यौनजीवन सकिंदैन
एचआईभी भएपछि धेरैजसोले यौनजीवन समाप्त भएको अनुभूति गर्छन् तर वास्तविकता यो होइन । शरीरमा एचआईभी भए पनि यौनजीवन रमाइलोसँग बिताउन सकिन्छ । यसको लागि अनेक कुरामा विचार पुर्याउनुपर्ने हुन्छ । जोडीमध्ये दुवै नै एचआईभी संक्रमित छन् भने वा जोडीमध्ये कुनै एकमात्र एचआईभी संक्रमित छ भने त्यसैअनुसार जीवनशैलीमा सावधानी अपनाउनुपर्ने हुन्छ ।
जोडीमध्ये कुनै एकलाई मात्र एचआईभी भएको छ भने आफ्नो जोडीलाई मात्र नभई उपचार गर्ने स्वास्थ्यकर्मी, परामर्शदाता र आफन्तलाई पनि समस्या पर्छ । साथै सम्बन्ध पनि एकदमै तनावयुक्त हुन्छ । तर सकारात्मक तथा स्वस्थ जीवनशैली अपनाउन सकिएमा एचआईभी भएको स्थितिमा पनि आइपर्ने धेरै समस्या समाधान गरी जीवनलाई सुखमय बनाउन सकिन्छ ।
एचआईभी भएकामध्ये कतिपयलाई विवाह गर्न मिल्छ वा मिल्दैन भन्ने प्रश्न पनि हुन्छ । एचआईभी शरीरमा भयो भन्दैमा विवाह गर्न नमिल्ने कुरा होइन तर वैवाहिक तथा यौनजीवनमा गहिरो प्रभाव पार्ने यस्ता कुरामा हुनेवाला जीवनसाथीसँग खुलारुपमा चर्चा गरिनर्ुपर्छ, गोप्यता राखेर विवाह गरिनु हँुदैन । शरीरमा एचआईभी छ भन्दैमा यौनजीवन समाप्त हुन्छ भन्ने सोच गलत हो । यति मात्रै होइन, सन्तान जन्माउने कुरामा पनि योजना बनाउन सकिन्छ । विशेष गरेर कसरी सन्तानमा र्सर्ने सम्भावना कम गर्न सकिन्छ भन्ने कुरा पनि राम्ररी छलफल गर्नर्ुपर्छ । अहिले उपचार विधिहरूका विकास भइसकेका छन्, जसले जोखिमलाई निकै न्यून बनाउन सकिन्छ ।
कुनै व्यक्तिमा एचआईभी छ वा छैन भनेर विचार गरेर मात्रै आफ्नो यौनसाथीको चयन गर्ने गरेको पनि पाइन्छ । यसलाई सेरोसोर्टिङ ९कभचय-कयचतष्लन० भनिन्छ ।
सकारात्मक तथा स्वस्थ जीवन
एचआईभी संक्रमण भइहालेमा के गर्ने त भन्ने प्रश्न हुन सक्छ । एचआईभी शरीरमा भए पनि सकारात्मक जीवनयापनको लागि अनावश्यकरुपमा कुनै पनि चिन्ता लिनु हुँदैन । यसले तनाव कम गर्न सहयोग मिल्न सक्छ ।
जीवनका पुराना नकारात्मक कुरा छोडेर सकारात्मक सोचसहित अघि बढ्ने अभ्यास गर्नुपर्छ । खानपान र व्यायामसहितको स्वस्थ जीवनयापन गर्नुपर्छ । यौनजीवन सुखमय हुनलाई स्वस्थ तथा स्फर्ूत शरीर चाहिन्छ । जोडीमध्ये एक जना मात्र संक्रमित हुँदा होस् वा दुवै जना, एचआईभी प्रवेश गरिसकेपछि पनि सुरक्षित यौनसर्म्पर्क आवश्यक हुन्छ ।
सुरक्षित यौनसर्म्पर्क नै उचित
दुवै जनालाई एचआईभी संक्रमण भएको स्थितिमा पनि सुरक्षित यौनसर्म्पर्क गर्न आवश्यक छ भन्ने धेरैको मनमा प्रश्न हुन सक्छ । वास्तवमा यो आवश्यक छ । कुनै एक एचआईभी भएको व्यक्तिले अर्को एचआईभी भएको व्यक्तिसँग असुरक्षित यौनसर्म्पर्क गर्दा एचआईभी र्सन सक्छ, जसलाई एचआईभी पुनः संक्रमण -चभष्लाभअतष्यल) वा सुपर-इन्फेक्सन -कगउभचष्लाभअतष्यल) भनिन्छ ।
एचआईभीका धेरै प्रजाति हुन्छन् । फरक किसिमको प्रजातिले संक्रमण गरेमा उपचार विधिमा थप जटिलता थपिन्छ । यदि औषधि नै सेवन गरिरहेको स्थिति छ भने पनि नयाँ प्रजातिको एचआईभीका कारण सो खाइरहेको औषधि प्रभावकारी नहुन सक्छ र सो फैलिन गई शरीरको प्रतिरक्षा प्रणालीलाई नै क्षति पुर्याउन सक्छ ।
एचआईभीदेखि बाहेक यौनसर्म्पर्कबाट र्सर्ने अन्य रोगहरु पनि छन् । त्यसैले दुवैको संक्रमणबाट बच्न प्रत्येक यौनसर्म्पर्कलाई सुरक्षित बनाउनु आवश्यक छ । त्यसका लागि एक भरपर्दो उपाय भनेको यौनसर्म्पर्कका बेला कन्डमको नियमित प्रयोग नै हो ।
कन्डम फुटेमा के गर्ने ?
सुरक्षित यौनसर्म्पर्कको लागि कन्डमको सही प्रयोग गर्नुर्ुपर्छ । कतिपय स्थितिमा कन्डम फुट्न जान्छ । विशेषगरी एचआईभी भएको व्यक्ति र नभएको व्यक्तिबीच यौनसर्म्पर्क हुने क्रममा कन्डम फुट्दा दुवैमा चिन्ता हुन सक्छ । यस अवस्थामा अपनाउन सकिने केही उपायहरु यस्ता छन् ।
किन्डम फुटेको थाहा भएपछि नअत्तालिई शान्त रहने प्रयास गर्नुपर्छ, जसले सही निर्णयगर्न सहयोग पुग्छ ।
वर्ीय स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटेमा तुरुन्त यौनसर्म्पर्क गर्न रोक्नर्ुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौनसर्म्पर्कलाई निरन्तरता दिनर्ुपर्छ ।
वर्ीय स्खलन भइसकेको भए सावधानीपर्ूवक लि? निकालेर लि? तथा त्यसको वरिपरि साबुन तथा मनतातो पानीले राम्ररी धुनर्ुपर्छ ।
किन्डम फुट्नु र त्यसको सम्भावित असरको बारेमा आफ्ना जोडीसँग विस्तृतरुपमा कुराकानी गर्नुपर्छ ।
There are no posts related to यौनशिक्षा एचआईभीसँगैको यौनजीवन.
Home
Contact Us
Sitemap 







