पुरुषहरू सामीप्यता चाहन्छन्
पुरुषहरू सामीप्यता चाहन्छन्, अँगालोमा बाँधिन मन पराउँछन् र चुम्बनबाट पुलकित हुन्छन्, तर महिलाहरू शारीरिक सम्पर्कमा रमाउँछन्। यस किसिमको आचरण १५ वर्षभन्दा लामो समय दाम्पत्य जीवन बिताइसकेका दम्पतीहरूमा देखिने गरेको छ। ५ देशका १ हजारभन्दा बढी जोडीमा गरिएको उक्त सर्वेक्षण दम्पतीहरू एक-अर्कासँग कुन कारणले बढी खुसी हुन्छन् भन्ने विषयमा केन्दि्रत थियो। ४० देखि ७० वर्षका जोडीमध्ये पुरुषले अँगालो मार्दा र चुम्बन गर्दा तीन गुणा बढी खुसी हुने बताए भने महिलाले यस्तो कार्यबाट कमै खुसी हुने तर शारीरिक सम्बन्धले वैवाहिक जीवनकै खुसी वृद्धि हुने बताए। सर्वेक्षणले महिलाहरू विवाह भएको १५ वर्षको अवधिमा शारीरिक सम्बन्धमा पुरुषभन्दा कम सन्तुष्ट भएको देखियो। जति उमेर ढल्कँदै गयो महिलाहरूको असन्तुष्टिको प्रतिशत पनि बढ्दै गएको देखिएको छ। उक्त सर्वेक्षण अमेरिकाको इन्डियाना युनिभर्सिटीले अमेरिका, जर्मनी, स्पेन, जापान तथा ब्राजिलका दम्पतीहरूबीच गरेको थियो।
There are no posts related to पुरुषहरू सामीप्यता चाहन्छन्.
Home
Contact Us
Sitemap 







