Home | Contact Us | Sitemap

तन्त्र विज्ञानमा यौन परम्परा

यौनको विषयमा हाम्रा विभिन्न धार्मिक ग्रन्थहरू सकाथै प्राचीन मन्दिरमा कुँदिएका मर्ूर्तिहरूमा पर्याप्त मात्रामा उल्लेख गरिएको छ । साथै यसको बारेमा विभिन्न मतमतान्तरहरू प्रचलित छन् । समयको साथसाथै यस मतमतान्तरमा कमी आउनुको सट्टा विभिन्न भ्रान्तिहरू थपिन गए ।

यस्ता भ्रान्तिहरू थपिनुमा सामाजिक संरचना, परिवेशको साथै आजकल व्यवसायिक रूपमा खोलिएको सेक्स क्लिनिकका साथै खान्दानी, तान्त्रिक वैद्य र पण्डितहरू जिम्मेवार देखिन्छन् ।
तन्त्र विज्ञानले यस विषयमा प्रारम्भदेखि नै गम्भीर भएर आफ्नो अध्ययन जारी राखेको छ । उड्डीश तन्त्र, दत्तात्रेयतन्त्र यसका उदाहरण हुन् । फेरि पनि केही व्यवसायिक तान्त्रिकहरूले त्यसमा आफ्ना क्षेपक जोड्न भने छोडेका छैनन् । तर पनि सत्यताका केही अंश भने अझै जीवित छन् ।
यौन एक यस्तो विषय हो, जुन किशोर अवस्थादेखि लिएर वृद्धावस्थासम्म व्यक्तिको साथ जोडिएको हुन्छ । प्रारम्भमा यस विषयमा कुनै जानकारी नहुनाले स्वप्न दोषलाई पनि यौन समस्याको रूपमा लिएर ग्लानी भई विभिन्न भ्रान्तिहरू फैलिन्छ । त्यस्तै हस्त मैथुनको बारेमा पनि विभिन्न भ्रमले प्रायः युवकहरूलाई शिकार बनाइरहेको हुन्छ । साथै यस समस्यलाई विवाहपश्चात् पनि वैवाहिक जीवनको सफलता असफलतासँग गाँसिदिएको हुन्छ । अब असफलताको डरले ग्रस्त व्यक्ति सुरक्षित भविष्यको लागि यौन विशेषज्ञकहाँ गई आफ्नो कमजोरीको फाइदा उठाउन दिन्छ । यसलाई दुःखको विषय नै मान्नर्ुपर्दछ कि आज यति विकास भइसक्दा पनि यौनको विषयमा चेतना फैलनुको सट्टा झन् विभिन्न भ्रािन्तहरू फैलिरहेका छन् ।
कामवासनालाई प्रकट गर्ने अनेक चेष्टालाई नै प्रेम मानिन्छ । तर हामीले र्सवप्रथम प्रेम तथा वासनालाई पृथक् राखेर हर्ेर्नुपर्दछ । किनकि कहिलेकहीँ प्रेम हुन्छ । तर बासना नहुन पनि सक्छ, यो स्थिति एकदमै कम पाइन्छ । फेरि कहिलेकहीँ बासना विषय र भोग इच्छा हुन्छ, प्रेम हुँदैन । अब हामीले यो बुझनु पर्दछ कि बासना र मित्रताको मेल नै कोमल प्रेम हुन जान्छ । केही तान्त्रिकले प्रेमलाई आकर्षाका अनुभूति भनी बनाएका छन्, जसमा स्वप्नलाई समर्पित गर्ने भावना होस् अर्थात् प्रेम अहंको तृष्टि हो, जुन पछि गएर र्समर्पणको रूपमा जान्छ र यसको सम्बन्ध शारीरिक मिलनसँग हुन्छ र समाप्ति सम्भोगमा गएर टुङ्गन्िछ ।
यौनको विषयमा हाम्रा प्राचीन ऋषि, महषिर् एवं तन्त्रचार्यले अत्यन्तै महत्वपर्ूण्ा स्थान दिएका छन् । जहाँ गृहस्थाश्रमलाई चारै आश्रममा, र्सवश्रेष्ठ मानिएको छ । जहाँ, धर्म, अर्थ, काम तथा मोक्ष यी चार पुरुषार्थमा ‘काम’ को प्रमुख महत्व प्रदर्शित गरिएको छ । कामको तार्त्पर्य यौन सुख अर्थात् दर्ुइ भिन्नभिन्न लिङ्गीद्वारा एकसाथ प्राप्त हुने आनन्द जसलाई सहवास, समागम भनिन्छ ।
यौन सुखको विषयमा विभिन्न व्यक्तिको फरक-फरक इच्छा र चेष्टा रहन्छ, यसैकारण प्रेम या यौनको विषयमा कुनै निश्चित विधि बनाउन सकिँदैन । प्रत्येक व्यक्तिले प्रेम गर्नु पर्ूव नै एकअर्काको रुची एवं प्रवृत्तिलाई राम्रोसँग जान्नु पर्दछ । तब मात्रै उनीहरूलाई एकअर्कालाई अधिकतम आनन्द दिनमा सफल हुन्छन् । सम्भोग तब मात्रै आनन्दायी हुन्छ । जब स्त्री र पुरुष दुवै मन र तनले एकअर्कामा समर्पित हुन्छन् ।
सामान्यतः स्त्री यौनको मामलामा पुरुषभन्दा कमै उत्साही रहन्छन् । अधिकांश स्त्रीमा यौनको इच्छा पुरुषको तुलनामा कम नै रहन्छ । यस्तो हुनुमा सामाजिक परिवेश र हाम्रो पुरुषको स्त्रीलाई हर्ेर्ने दृष्टिकोण पनि कारक मानिन्छ । साथै पतिपत्नीको जीवनमा विभिन्न सामाजिक र पारिवारिक उत्तरदायित्वहरू हुन्छन् । जसको कारणले पनि उनीहरूमा आकर्षा कम हुनजान्छ । साथै आजको भागदौडको जीवनमा त झन् दम्पत्तिलाई अनेक समस्याले घेरिराखेको हुन्छ । यौनको विषयमा तन र मन दुवैको उपस्थिति अनिवार्य हुन्छ, कुनै एकको अभावमा पनि यौनमा अनाकर्षा पैदा हुन्छ । तर आज विश्वमा आएको परिवर्तनको हावाले हाम्रो सामाजिक वातावरणलाई पनि राम्ररी प्रभावित पारिसकेको छ । प्रायः पाश्चात्य संस्कृतिको प्रभावले हाम्रा युवतीहरू पनि प्रेम रोगको शिकार भइसकेका छन् । अरुलाई आकषिर्त पार्नको लागि सौर्न्दर्य प्रसाधनको प्रयोग, मेकअप, शारीरिक अङ्ग पर््रदर्शनको प्रति जागरुक हुँदै गइरहेका छन् ।
सेक्सको प्रति अनिच्छा पैदा हुने अनेक कारण हुन्छन्, जस्तै( पुरुषमा प्रेमको अभाव, स्त्रीको चरित्र, पारिवारिक वातावरण यौनको प्रति दृष्टिकोण, शारीरिक अवस्था प्रेममा असफलता, आदिले यौन सुखमा बाधा पार्दछ ।
तन्त्रद्वारा यी सबैको निदान सम्भव छ । तन्त्रमा, वशीकरण, उच्चाटन, विद्वेषण, बाजीकरण, यी सबै सुखी जीवनका लागि हुन् । आवश्यकता केवल यसलाई ठीक प्रकारले जानेर, विधिपर्ूवक प्रयोग गर्नु मात्रै हो । गलत समयमा, गलत तरिका तथा गलत स्थानमा गर्नाले हानि हुन जान्छ ।
सृष्टिमा शिव र शक्तिको मिलन, हरसमय भइरहेको हुन्छ । यो निरन्तर रहिरहन्छ । शिव र शक्ति दुवैको ज्ञान भएमा मात्र सफलता प्राप्त हुन्छ, जसलाई सिद्धि भनिन्छ । तब मात्र शिवमा शक्ति र शक्तिमा शिवको दर्शन हुन आएँछ । तन्त्र मार्गमा जुन स्त्री पुरुष सङ्गम हुन्छन्, त्यो शक्ति शिवका नै मैथुन हो, जसबाट मुक्ति पाइन्छ ।

There are no posts related to तन्त्र विज्ञानमा यौन परम्परा.

'