Home | Contact Us | Sitemap

कृत्रिम स्तनवृद्धि आत्महत्याको कारण बन्न सक्छ

कृत्रिम स्तनवृद्धि आत्महत्याको कारण बन्न सक्छ
आफ्नो स्तनलाई अझ ठूलो र आकर्ष बनाउने रहरले कैयौं युवतीहरु प्लास्टिक सर्जरी गर्छन् र त्यही विषय पछि गएर उनीहरुको आत्महत्याको कारणसमेत बनिरहेको छ । स्तनमा गरिने प्लास्टिक सर्जरी ९द्यचभबकत imउबिलतक० स्तन क्यान्सरको एउटा कारण मानिंदै आए तापनि हालैको अनुसन्धानले यस कुरालाई पुष्टि गरेको छैन ।
क्यानडामा हालै सम्पन्न एउटा बृहत् अनुसन्धानले स्तनको प्लास्टिक सर्जरीबाट स्तन क्यान्सर र मुटुरोगको खतरा ज्यादै कम हुने तर आत्महत्याको खतराचाहिँ निकै उच्च रहेको उल्लेख गरेको छ । स्तनको प्लास्टिक सर्जरी गरेका ४० हजारभन्दा बढी महिलाहरुबीच गरिएको र्सर्वेक्षणबाट यस किसिमको परिणाम आएको हो ।अमेरिकन जर्नल अफ इपिडिमियोलोजीमा प्रकाशित पुराना अध्ययन प्रतिवेदनसमेत समेटेर तयार गरिएको उक्त रिपोर्टअनुसार ब्रेस्ट इम्प्लान्ट गर्दा स्तन क्यान्सर हुँदै नहुनेचाहिँ होइन तर यो सम्भावना ज्यादै कम छ । तर आत्महत्याको खतराचाहिँ निकै उच्च रहेकोले यो एउटा समस्याका रुपमा रहेको निष्कर्षनिकालिएको छ ।
क्यानडाको जनस्वास्थ्य संस्थाका अनुसन्धानकर्ता डा. होवार्ड मोरिसनले ब्रेस्ट इम्प्लान्टपछि हीनताबोधलगायत डिप्रेसन तथा अन्य मानसिक रोग देखा पर्ने उल्लेख गरेका छन् । यसका लागि उनको टोलीले सन् १९७४ देखि १९८९ का बीच ब्रेस्ट इम्प्लान्ट गरेका २४ हजार ५ सय ५८ महिलाहरु र अन्य प्रकारको प्लास्टिक सर्जरी गर्ने करिब १५ हजार ९ सय महिलाहरुका बारेमा अध्ययन गरेको थियो । प्लास्टिक सर्जरीपछि महिलाहरुमा देखा परेका विभिन्न स्वास्थ्य समस्या र उनीहरुको मृत्युको बारेमा समेत लामो अध्ययन गरिएको थियो ।
यस अध्ययनबाट अरु साधारण मानिसमा भन्दा ब्रेस्ट इम्प्लान्ट गर्ने महिलामा ७३ प्रतिशतभन्दा बढी आत्महत्या गर्ने सम्भावना रहेको पाइएको छ । ब्रेस्ट इम्प्लान्टबाहेक अरु प्रकारको प्लास्टिक सर्जरी गर्ने महिलामा पनि साधारण महिलामा भन्दा निकै बढी आत्महत्याको खतरा रहेको पाइएको छ ।
स्तनवृद्धिका लागि ‘ब्रेस्ट इम्प्लान्ट’लगायत विभिन्न औषधि, मसाज, भ्याकुम आदिको पनि प्रयोग गरिन्छ । औषधिहरुको प्रयोगले विभिन्न किसिमका साइड इफेक्टहरु भएको पाइएको छ । साथै अन्य विधिहरुको प्रयोग खासै प्रभावकारी नभएको उपभोक्ताहरुको भनाइ छ । ब्रेस्ट इम्प्लान्ट गरेपछि हुन सक्ने असरहरुलाई बिर्सने हो भने स्तनवृद्धि गर्न र भनेजस्तो आकर्ष बनाउन इम्प्लान्ट नै उत्तम उपाय हुन सक्छ तर यसका नकारात्मक असरहरु यति खतरनाकसम्म हुन सक्छन् कि महिलालाई आत्महत्याको विकल्प खोज्न नै मुस्किल पर्छ ।
ब्रेस्ट इम्प्लान्टको सुरुआत भएको करिब ३० वर्षछि सन् १९९२ मा अमेरिकाको खाद्य तथा औषधि प्रशासन ९’म्ब्० विभागले ब्रेस्ट इम्प्लान्टपछि आउने विभिन्न समस्याका कारण यसमा प्रतिबन्ध लगाएको थियो । ब्रेस्ट इम्प्लान्ट आफैंमा जोखिमपूर्ण कार्य भएकाले मात्र होइन यसपछि देखा पर्ने अन्य जटिलतासम्बन्धी गुनासोका कारण प्रतिबन्ध लगाइएको थियो ।
सिलिकन ब्रेस्ट इम्प्लान्ट ९क्ष्ष्अियलभ दचभबकत imउबिलत० गर्ने कैयौं महिलाहरुले स्वास्थ्यसम्बन्धी जटिलताका कारण सिलिकनलाई सधैँ राखिराख्न नसकेको अध्ययन प्रेतिवेदनमा उल्लेख गरेका छन् । सो अध्ययनअनुसार सिलिकन इम्प्लान्ट बढीमा दश वर्षमात्र राख्न सकिन्छ, त्यसपछि यसलाई बदल्नुपर्ने हुन्छ । स्तनभित्र राखिएका सिलिकनका कणहरु शरीरका विभिन्न भाग -मस्तिष्कमा समेत) मा पुगी जटिलता उत्पन्न गराउँछन् ।
ब्रेस्ट इम्प्लान्टपछि ढुसी र ब्याक्टेरियल को संक्रमण ९’गलनब बिलम बलतष्दष्यतष्अ चभकष्कतबलत दबअतभचष्ब ष्िलाबअतष्यलक० हुन सक्छ । साथै स्तनको संवेदनशीलता घट्छ । खासगरी स्तनको मुन्टो ९ल्ष्उउभि० वरिपरिको संवेदनशीलता घट्छ । इम्प्लान्टपछि स्तनमा असजिलोपना आउन सक्छ । कसै-कसैले ज्यादै ठूलो आकारको स्तन बनाउन लगाउँछन् र पछि आफैमा सो स्तन घाँडो बन्न पुग्छ । दिनभरि बोकेर हिँड्दा घर आएपछि झिकेर थन्क्याउँजस्तो हुन्छ तर सम्भव छैन । यसको उपाय भनेको पुनः अप्रेसनमार्फ सिलिकन झिकेर फ्याँक्नु नै हो ।
यस अवस्थामा महिलाले अनेक मानसिक तनाव झेल्छन् । सिलिकन ब्रेस्ट इम्प्लान्ट गरेकी महिलाको सन्तानको स्वास्थ्यमा पनि केही गडबडी आउन सक्छ । ब्रेस्ट इम्प्लान्ट गरेपछि धेरैजसो महिलामा बच्चालाई खुवाउनका लागि राम्रोसँग दूध उत्पादन नभएको पनि पाइएको छ ।
यी सारा समस्याले यस्ता महिलामा हीनताबोध र डिप्रेसन बढेर आत्महत्यासम्मको दुष्परिणाम निस्केको पाइएकोले प्राकृतिक आकारको स्तनमै चित्त बुझाउन उपयुक्त हुन्छ ।
स्रोत : रोयर्टस आदि

There are no posts related to कृत्रिम स्तनवृद्धि आत्महत्याको कारण बन्न सक्छ.

'