Home | Contact Us | Sitemap

सुरक्षित मातृत्व र मातृमृत्युदर

डा. बालकृष्ण शाह

सन् १९८७ मा विश्वस्वास्थ्य संघ डब्लुएचओको केन्यामा सम्पन्न;सुरक्षित मातृत्व; विषयक सम्मेलनमा नै विभिन्न योजना तथा कार्यक्रम तर्जुमा गरेर मातृत्वलाई सुरक्षित बनाई मातृमृत्युदरमा कमी ल्याउने प्रतिबद्धता सहभागी सबै राष्ट्रले जनाएका हुन् । आज पनि विश्वमा करबि ६ लाख १५ वर्षेखि ४९ वर्षा महिलाहरूको मृत्यु प्रत्येक वर्षगर्भ तथा त्यससम्बन्धी समस्याका कारण हुन्छ । शिक्षा र जागरणको प्रचार-प्रसार हु“दाहु“दै पनि महिलालाई शिशु उत्पादन गर्ने साधनका रूपमा लिइन्छ । चाहे ती शिशु अपाङ्ग नै किन नहुन् – अझ दर्ुगम बस्तीमा त ब्याउन लागेको गाईलाई जति व्यवहार पनि गर्भवती महिलाप्रति नगरेको तीतो सत्य अझै पनि कायमै छ ।

नेपालको सर्न्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २००६ मा प्रकाशन गरेको तथ्यांकअनुसार १५ देखि ४९ वर्षा गर्भ तथा गर्भसम्बन्धी समस्याकै कारणले मर्छन् । सन् २०१५ सम्ममा मातृमृत्युदरमा तीन चौथाइ कम लक्ष्य नेपाल सरकारको छ । विश्वस्वास्थ्य संघ, युनिसेफ संयुक्त राष्ट्र जनसंख्या कोष -युएनएफपीए), डिएफआइडी, युएसएड, जीटीजेड आदि संस्थाले यही उद्देश्यका लागि नेपाल सरकारस“ग सहकार्य गररिहेका छन् ।

विगतका वर्ष स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको छ । मानिसको औसत आयुमा वृद्धि भएको छ तर मातृमृत्युदरमा भने अझै उल्लेखनीय प्रगति भएको छैन । चिन, क्युवा, श्रीलंकाजस्तै हाम्रो देशमा पनि सुरक्षित मातृत्वको विकास गरी मातृमृत्युदर घटाउन नसकिने होइन । यसका लागि गर्भवती महिलाले नियमित रूपमा स्वास्थ्यकर्मीस“ग स्वास्थ्य परीक्षण गराउनर्ुपर्छ । स्वास्थ्यकर्मीले दिएको सल्लाहबमोजिम औषधि सेवन गर्नुका साथै खानपिन तथा आचरणमा सुधार ल्याउनर्ुपर्छ । विश्वस्वास्थ्य संघका अनुसार कुनै पनि समस्या नभएका गर्भवती महिलाले पनि कम्तीमा चारपटक स्वास्थ्य परीक्षण गराउनर्ुपर्छ । सन् १९९६ मा ९ प्रतिशत गर्भवती महिलाले मात्र चार पटक वा सोभन्दा बढी पटक स्वास्थ्यकर्मीस“ग स्वास्थ्य परीक्षण गराएका थिए भने सन् २००१ मा उक्त संख्या १४ प्रतिशत तथा सन् २००६ मा २९ प्रतिशत पुगेको छ । दर्ुभाग्य करबि २६ प्रतिशत गर्भवती महिलाले एकपटक पनि
स्वास्थ्य परीक्षण नगर्राई शिशु जन्माउने गरेका छन् । गर्भावस्थामा गरएिको स्वास्थ्य परीक्षणले आइरन एवं टिटानसको भ्याक्सिन मात्र दिएर मातृमृत्युदर घटाउने होइन । यो अवस्थामा गरएिको स्वास्थ्य परीक्षणले विभिन्न किसिमका सम्भावित खतरा तथा शिशुलाई कहा“ कसरी जन्माउ“दा राम्रो हुन्छ भन्ने निर्ण्र्ाालिन पनि सजिलो हुन्छ । नियमित स्वास्थ्य परीक्षणले गर्भको शिशु तथा गर्भवती महिलाको सुरक्षा हुने हु“दा मातृमृत्युदरमा निकै कमी हुन्छ ।

मातृमृत्युको अर्को कारण प्रसूति हुने स्थल अर्थात् कहा“ शिशु पाउने भन्ने पनि हो । शिशु पाउन सुविधा सम्पन्न एयर कन्डिसन कोठा, लेवर रूम, अनि प्रख्यात स्त्रीरोग विशेषज्ञ नै चाहिन्छ भन्ने छैन । यद्यपि शिशु पाउने स्थान सफा तथा न्यानो हुनर्ुपर्छ साथै अनुभवी, दक्ष स्वास्थ्यकर्मी चाहिन्छ । दक्ष स्वास्थ्यकर्मी भन्नाले अनमी, स्टाफ नर्स, सिएमए, हेल्थ अस्सिटेन्ट वा चिकित्सक जो पनि हुनसक्छन् तर उनीहरूले प्रसूतिसम्बन्धी ज्ञान लिएको हुनर्ुपर्छ । डेलिभर िअर्थात् शिशु जन्माउने समयमा हुनसक्ने खतराको पहिचान गर्न सक्नर्ुपर्छ र ती खतराहरूबाट आमालाई कसरी बचाउने भन्ने ज्ञान पनि हुनर्ुपर्छ । हाम्रो देशमा प्रत्येक पा“चमा चार अर्थात् एकासी प्रतिशतले घरमै शिशु जन्माउ“छन् । लेखपढ नगरेका महिलाहरूमध्ये आठ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा शिशु पाउ“छन् । गर्भवती महिलाले किन स्वास्थ्य संस्थामा गएर शिशु पाउन मन पराउ“दैनन् भन्ने प्रश्नमा गरएिको र्सर्वेक्षणअनुसार अधिकांश अर्थात् ७३ प्रतिशतले आवश्यक नभएको बताए । १० प्रतिशतले बढी खर्च हुने, ९ प्रतिशत टाढा भएको तथा ३ प्रतिशतले स्वास्थ्य संस्थामा पुग्नुअघि नै शिशु पाएको बताए । क्युवा, चीन तथा श्रीलंकाजस्ता देशमा मातृमृत्युदरमा आएको कमी हाम्रो देशमा नभए पनि सन् १९८९- १९९५ मा ५३९ प्रति एक लाख जन्ममा सुधार आएर सन् १९९९-२००५ मा मात्र २८१ छ । मातृमृत्युदरमा आएको यो कमीको एउटा कारण दक्ष स्वास्थ्यकर्मीद्वारा गराइएको डेलिभरीले पनि हो । सन् १९९६ मा मात्र ९ प्रतिशत डेलिभरी स्वास्थ्यकर्मी एसबीएको सहभागितामा भएको थियो भने सन् २००६ मा सो संख्या दोब्बरले वृद्धि भएको छ अर्थात् १९ प्रतिशत डेलिभरी दक्ष स्वास्थ्यकर्मी एसबीएसको सहयोगमा भएको थियो ।

मातृमृत्युदरमा सुधार ल्याउन स्वास्थ्यकर्मीको सहयोगले मात्र पुग्दैन । नियमित स्वास्थ्य परीक्षण, स्वस्थ खाना, गर्भवती महिलाप्रतिको सद्व्यवहार अनि सुरक्षित प्रसूति सेवा सुरक्षित मातृत्वका महत्त्वपर्ूण्ा अंग हुन् । समयमै यी कुरामा विचार पुर्‍याउन सके मातृमृत्यु तथा गर्भसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।
स्रोत : www.ekantipur.com

There are no posts related to सुरक्षित मातृत्व र मातृमृत्युदर.

'