Home | Contact Us | Sitemap

श्रीकुमारी चौधरी

bangur-3

धर्मिन्द्रा शाह/ के गर्न यो त संसारको नियम नै हो । जिन्दगीका मोडहरू सुख–दु:खका संगम हुन् । यी शब्दहरूलाई जिन्दगीको साथी सम्झेर अगाडि बढनुपर्ने रहेछ । त्यस्तै कथा कैलाली जिल्लाको विकट ठाउँ मानिने गेटा गाविस वार्ड नं. ७ पृथ्वीपुरमा वस्ने आमाको नाम बचौनीदेवी चौधरी र बुबाको नाम लौटन चौधरीको कान्छी छारी हुन् श्रीकुमारी चौधरी ।

उनको परिवार जम्मा चार जनाको छ । तर, गरिबीका कारण उनको आमा–बुबाले धेरै वर्ष अरूको घरमा कमैया भएर जिन्दगी बिताए । कमैयाको जिन्दगी भनेको एक्दमै दु:ख–कष्ट गर्दै जिन्दगी बिताउन बाध्य थिए । कहिले काहीं  त बिरामी पर्दा पनि साहुले औषधि खर्च दिदैन्थे । पैसा माग्दा ऋणमा दिइन्थे त्यति धेरै काम गर्दा पनि साहुले आफ्ना कमैयामाथि विश्वास गर्दैन्थ्ये ।

गरिबीका कारण उनको पढ्ने इच्छा भने पूरा हुन् सकेको थिएन । विस्तारै कमैया मुक्तिको आवाज उठिरहेको खवर सुन्न पाइयो । त्यसपछि २०५७ सालतिर उनीहरू आफ्नो साहुको घरबाट भागेर कमैया मुक्तिको आन्दोलनमा आए ।  आन्दोलन दु:ख–कष्ट भने कम थिएन ।  केही चीज पाउन केही गुमाउनु पर्छ भनी उनीहरूले लगातार संघर्ष गरे ।  त्यसपछि सरकारले कमैयाको नाम पाँच कट्टा जमिन घर बनाउन केही सामग्री र केही पैसा पनि  दियो  । त्यसपछि उनीहरू स्वतन्त्रको रूपमा काम गरेर खान थाले ।

त्यसपछि विस्तारै उनी स्कुल जान थालिन् । उनी अहिले कक्षा ८ मा अध्ययन गरिरहेकी छिन् । विस्तारै खुसीका दिनहरू सुरु भएका थिए । तर, खुसीका दिनको महसुस गर्न नपाउँदै श्रीकुमारीको परिवारमा ठूलै विपत्ति आइपर्‍यो । उनको बुबाको रक्सी पिउने बानी थियो । रक्सी पिउनका लागि सरकारले दिएको पाँच कठ्ठा जग्गाबाट तीन कठ्ठा बेचिदिए । त्यसको केही वर्षमा नै उनका बुबाको बिरामी परेर मृत्यु भयो ।

बुबाको मृत्यु भएपछि घरमा धेरै ऋण लाग्यो । त्यसपछि उनको घरमा समस्या नै समस्याको खानी भयो । त्यसपछि  पुन: उनीहरूको अवस्था उस्तै भयो । दिनभरि काम नगरे साँझ–बिहान हातमुख जोर्नसमेत  धौ–धौ  हुन् थाल्यो । एक त महिला, त्यो पनि अरूको घरमा काम गर्न जानु पर्ने, कम जोखिम थिएन । अर्कोतर्फ श्रीमानको मृत्यु भइसकेका महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ हाम्रो समाजमा । समाजले जे भने पनि साँझ–बिहान पेट पाल्नैका लागि भए पनि मजदुरी नगरी सुखै थिएन ।

उनकी आमाले दिनभरि मजदुरी गरेर एक दिनको १००/१५० का दरले कमाएको पैसाले साँझ बिहानको छाक टार्थे । तर, पनि त्यसतर्फ भने कसैका ध्यान गएको थिएन । आखिर उनीहरूको पीडा बुझिदिने, गरिबको  निम्ति सहयोग गर्ने  एनजिओ  र आइएनजिओ  धेरै थिए ।  उनीहरूको अवस्था दिनप्रतिदिन कमजोर बन्दै थियो । तर,  कसैसँग  सहयोगका लागि हारगुहार भने गरेका थिएनन् । यसै गरेर दिन बित्दै गयो । २०६५ सालमा  आफ्नै कार्यक्रमको स्थलगत अनुगमनका गएको बेला शान्ति तथा पुनस्र्थापना गृहका संयोजक वासु भट्टाराई उनको घरमा पनि पुगेका थिए । संयोजक भट्टराईलाई उनीहरूको अवस्था देखेर साह्रै दया लागेपछि हामी तपाईंलाई सहयोग गर्छौ भनेर आश्वास दिएका थिए । तर, उनले विश्वास गर्न सकिनन् । श्रीकुमारी भन्छिन्, ‘हामी जस्ता गरिबलाई पनि कसैले सहयोग गर्ला र हाम्रो परिवारमा पनि खुसिको दिन आउला जस्तो लागेको थिएन ।’

उनको घरको अवस्था निकै कमजोर भएकाले शान्ति तथा पुनस्र्थापना गृहद्वारा सञ्चालित आयआर्जन मूलक कार्यक्रमअन्तर्गत बगुरपालन तालिममा श्रीकुमारीलाई पनि सहभागी गराइयो । त्यहीबेला उनले पनि ४ दिनको तालिम गरेकी थिइन ।  त्यसपछि  उनलाई त्यही संस्थाले बंगुरको खोर निर्माण गर्न  ६५ सय रुपैयाँ नगद पैसा दियो र दुई वटा बंगुरको पाठाहरू पनि  किनिदियो । त्यतिमात्र हैन ती बंगुरका लागि  ९ महिनासम्म दाना र औषधिहरू पनि उपलब्ध गरादियो ।

उनीमात्र हैन उनीजस्ता कैलालीका ५३ परिवारलाई सहयोग गरेको छ, यस संस्थाले । बंगुर पाल्न थालेपछि खान–लाउन त राम्रै पुगेको छ । यति मात्र हैन आजभोलि त्यहि बंगुर पालनबाट केही रकम जम्मा गर्ने योजनासमेत बनाएकी छन् उनले । यति धेरै सहयोग दिएकोमा श्रीकुमारी निकै खुसी छिन । उनी भन्छिन्, ‘अब हाम्रो दु:खका दिनहरू गए, अब यी बंगुरको स्याहार गरेर यिनीहरूबाट धेरैभन्दा धेरै फाइदा लिनेछु । यी बंगुरहरूबाट आफ्नो भविष्य बनाउने छु । अब श्रीकुमारीको भविष्य सुश्चित छ ।

There are no posts related to श्रीकुमारी चौधरी.

'