Home | Contact Us | Sitemap

म १८ बर्ष की अविवाहित महिला हुँ । १० बर्षको उमेरमा मसंग आफ्नै आफन्त….

म १८ बर्ष की अविवाहित महिला हुँ । १० बर्षको उमेरमा मसंग आफ्नै आफन्त १८ बर्षको युवकले जवरजस्ती शारिरीक सम्पर्क राखेको थियो । के मेरो कुमारीत्व लुटियोहोला ? र अहिले आएर मेरो योनिको दुवै भाग एकदम चिलाउँछ साथै कहिले काँही योनिको प्वाल समेत चिलाउछ । यसलाई समाधान गर्न कहिले काँही योनिको प्वालमा औंला हुल्छु । यसो गर्दा कुमारीत्व लुटिन्छ कि लुटिदैन? कृपया झर्को नमानी भनि दिनु हुन्छ भन्ने आशा राखेकी छु ।

- रुपा

तपाईले चर्चा गर्नु भएको योनि चिलाउने कुराको सन्दर्भमा अंगका सरसफाईका कमीले पनि हुन सक्छ जसले प्रजनन् अंगका संक्रमणलाई बढावा दिन्छ । पत्रको आधारमा तपाईले योनि चिलाउने क्रमलाई शान्त पार्न गर्नु भएको कार्यलाई हस्तमैथुन भन्न सकिन्छ । कुनै व्यक्तिले आफ्नो यौनआनन्द पाउन यौनाङ्गको घर्षण वा चलाउने क्रियाकलापलाई नै हस्तमैथुन भनिन्छ । योनिद्वारमा भएको पातलो छाला च्यातिए नच्यातिएको आधारमा कुमारीत्वलाई नाप्ने गरिन्छ । तर यो आधार त्यति वैज्ञानिक छैन किनभने यसले यौन सम्पर्क भयो भएन भनेर ठोकुवा गर्न सक्दैन । त्यसैले ‘कुमारीत्व लुटिने’ भन्ने अवधारणामा नै गहिरो विचार आवश्यक भएको छ । हाम्रो संस्कृतिको धाक धेरै ले नै लगाए पनि हामी सबैलाई थाहै छ कि केही गम्भीर प्रश्नहरु हाम्रा समाजमा विद्यमान छन् । ससाना वालवालिका त्यसमा पनि वालिकाहरु माथिको यौन दुराचार नेपाली समाजको अँध्यारो पक्ष हो । आम संचारका छापाहरुले प्रायजसो प्रकाशित गर्ने कतिपय समाचारहरुले यसको पुष्टि गर्दछ ।

यौनशोषण के हो ?

ठ्याक्कै परिभाषामा विवाद भए पनि हामी के भन्न सक्छौं भने कुनै पनि व्यक्तिको यौनिकतामा ठेस वा हानी पुर्‍याउनु नै यौन शोषण हो । कुनै क्रियाकलाप वा संकेतद्वारा कुनै एक व्यक्तीले अर्को व्यक्तिलाई यौनका दृष्टिकोणले आफ्नो प्रभुत्व जमाउन खोज्नु, स्वार्थ साधनको लागी प्रयोग गर्नु वा अरु कुनै किमिमले शोषण गर्नु यौन शोषण हो । कहिले काँही यो बलात्कार जस्तै स्पष्ट हुन्छ भने अरुबेला धेरै नै परोक्ष हुन सक्छ । यौनशोषक ले शोषित व्यक्तिको शरीर छुनै पर्ने भन्ने पनि छैन जस्तै अश्लिल तवरले तस्विर खिच्नु पनि हो ।

आफूमाथि यौन शोषण भएको कसरी थाह पाउने ?

धेरै जना आफूमाथि यौन शोषण भईरहेको छ भने पनि स्पष्टसंग थाह नभएको पाउँछौ । आजकल वालवालिका माथी यौन शोषण एक  गम्भीर समस्याको रुपमा देखापरेको छ । तलका बुँदाहरु मध्ये कुनैको पनि जवाफ सकारात्मक छ भने त्यो यौन शोषण हो भन्ने कुरा बुझ्नु पर्छ ।

- आफू पूर्णरुपमा स्वीकृती दिनसक्ने स्थितीमा हुनुहुन्न र कसैले यौन सम्बन्धी कुरामा सताउने, त्रास देखाउने, छल गर्ने, दवाव दिने जस्ता कार्य गरी यौन क्रियाकलापमा संलग्न हुन वाध्य बनाउँछ भने त्यो यौन शोषण हो । नशालु पदार्थको प्रभाव, बेहोश आवस्था वा मानसिक सन्तुलन नभएको अवस्था स्वीकृती दिन सक्ने स्थिती मानिदैन ।

- तपाईको विश्वासिलो अनि प्रभावशाली व्यक्तीत्वले तपाईलाई विश्वासघात गरी आफ्नो प्रभावको प्रयोग गरेर वा तपाईलाई यौन क्रियाकलाप गर्नमा दवाव दिएको वा उक्साएको छ भने

- तपाईको इच्छा विरुद्ध वा वलप्रयोग गरी यौन क्रियाकलापमा संलग्न गराईएको छ भने ।

- तपाईको उपचारको क्रममा तपाईको अनिच्छामा यी कार्य भई रहेको भए वा तपाईले सो क्रियाकलापलाई यौन शोषण भएको अनुभव गर्नु भएको छ भने । उमेर नै नपुगेको (नावालक) जस्तै १५ बर्ष भन्दा कम उमेरको व्यक्तिले यसवारे स्वीकृती दिन नसक्ने मानिएकोले सहमतिमै भएका यौन सम्पर्क पनि बलात्कारमा पर्छ । दुखलाग्दो कुरा के भने तपाईको जीवनमा यस किसिमको दुर्धटना घट्न गएको छ ।

There are no posts related to म १८ बर्ष की अविवाहित महिला हुँ । १० बर्षको उमेरमा मसंग आफ्नै आफन्त…..

'