Home | Contact Us | Sitemap

महिला हिंसा रोक्न मेची काली यात्रामा

मन्थली , २०६६ कार्तिक २० – महिला विरुद्ध हुने सवै खाले हिंसाहरुको अन्त्यका लागि सन्देश फैलाउने उद्धेश्यले हामी सक्छौं अभियानको मेची महाकाली यात्राको क्रममा मध्यामाञ्चलको टोली शुक्रबार रामेछापको मन्थलीबाट यात्रामा निस्केको छ । मेची महाकाली यात्रा अभियानका मध्यामाञ्चल संयोजक कृष्ण थापाको नेतृत्वमा शुक्रबार विहान मन्थलीको मन्थली वहुमुखि क्याम्पसबाट यात्रीहरुलाई विदाई गरिएको थियो । यात्रामा रामेछाप लगायत मध्य क्षेत्रका विभिन्न जिल्लाका महिला अधिकारवादीहरुको सहभागिता रहेको छ । रामेछापसगैं शुक्रबार एकै समयमा देशका अन्य दुई स्थानबाट पनि यात्रा थालनी गरिएको छ । पूर्वको झापा, पश्चिमको दार्चुला र मध्यको रामेछापबाट एकै साथ सुरु भएको अभियान ७ दिन पछि बुटवलमा पुगेर समापन हुने कार्यक्रम छ । आयोजकका अनुसार रामेछापबाट प्रारम्भ भएको यात्रा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाण्डौ, ललितपुर, धादिङ हुदै बुटवल पुग्ने छ । यसै गरि दार्चुलाको टोली वैतडि, डडेलधुरा, कैलाली, कन्चनपुर, बर्दिया, सुर्खेत, वाके, दाङ र कपिलवस्तु हुदै वुटवल पुग्ने जनाइएको छ । यसै गरि झापाको टोली विराटनगर, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, पकवानपुर, चितवन र नवलपरासी हुदै वुलवटमा पुग्ने छ । अभियानको क्रममा हरेक जिल्लामा कोणसभा, पत्रकार सम्मेलन, प्रचार प्रचार, भजन, सास्कृतिक कार्यक्रम, सडक नाटक जस्ता चेतनामुलक कार्यक्रम संचालन गरी महिला हिंसा रोक्नका लागि चेतना फैलाउने कार्यक्रम रहको आयोजक संस्थाले जनाएको छ ।

Source: ekantipur.com