Home | Contact Us | Sitemap

भालेलाई सक्रिय र पोथीलाई निस्क्रिय भन्नेहरुका लागि

shiva1-150x150

मानिस स्वभावैले जति माथि पुग्यो त्यत्ति नै उचाइमा पुग्ने चाहना राख्छ । सफलताको चरम उत्कर्षमा पुगेकाहरू पनि आफ्नो सफलतासँग सन्तुष्ट भएर आइडल बस्न मन पराउ“दैनन् । हरेक मानिस नाम, दाम, इज्जत एवं प्रतिष्ठाको भोको हुन्छ । सोही अनुरूप नै संघर्ष गर्दै जान्छ र सफलताको उचाइसम्म पुग्छ । तीमध्ये कमै व्यक्ति हुन्छन् उचाइबाट तल फर्केर हेर्छन् । अझ माथि पुग्ने प्रयास जारी रह“दा आफ्नो सफलतालाई केलाइरहने समय धेरैलाई हु“दैन । यद्यपि उनीहरूको सफलतालाई आ“कलन गर्ने चासो अन्य मानिसमा सधै“ रहन्छ, ऊ कसरी त्यहा“सम्म पुग्न सक्षम भयो, उसको सफलता पछाडिका रहस्यहरू थाहा पाउने चाहना आम मानिसको कौतुहलताको विषय बनिरहेको हुन्छ ।
हाम्रो समाजको सोचाइ छ– सफलता प्राप्त गर्न कसै न कसैको साथको आवश्यकता पर्छ । अझ सोझो हिसाबमा भन्ने हो भने मानिस सफल हुन महिलालाई पुरुष र पुरुषलाई महिलाको आवश्यकता हुन्छ । यद्यपि यसको विपरीत कतिपय महिला छन् जो एक्लै भएर पनि सफलताको संसारमा रमाइरहेका छन् । अझ हाम्रो समाजमा कुनै महिला आफ्नै परिश्रम र संघर्षले सफल भए पनि त्यहा“ उनीहरूका श्रीमान्को नाम जोडिन्छ । उनको सफलताका पछाडि थुप्रै कुराले भूमिका खेलेको मानिन्छ । श्रीमान्को पद र उसको सहयोग आदि ।
शारीरिक रूपले पुरुष बलियो देखिने हुनाले उसले जे पनि गर्न सक्छ भन्ने आमविश्वास पनि छ तर यथार्थ त्यस्तो छैन । लिङ्गका आधारमा पुरुष बलवान् भए पनि क्षमताका आधारमा विश्लेषण गर्दा महिलाहरू पनि कम हँुदैनन् । प्रख्यात नारीवादी ऐन ओकली भन्छिन्– जेन्डरको सम्बन्ध संस्कृतिस“ग छ, त्यसको तात्पर्य ती सामाजिक श्रेणी वा अवधारणास“ग छ । महिला र पुरुषले स्त्रीयोचित वा पुरुषोचित रूप लिन्छन् । मानिस भाले हो वा पोथी हो त्यसको परिचय शारीरिक स्थितिबाट गर्न सकिन्छ । तर पुरुषोचित वा स्त्रीयोचित कुरालाई यसरी जा“च्न सकि“दैन । तिनको मापदण्ड सांस्कृतिक हुन्छ जुन समय र स्थानका साथ परिवर्तन हुन्छ । लिङ्गको स्थायी वा स्थिर यथार्थलाई स्वीकार गर्नु पर्छ । यसका साथै जेन्डरको परिवर्तनशील वास्तविकतालाई पनि स्वीकार गर्नु पर्छ । लिङ्गका आधारमा विभेद गरी कुनै पनि काम पुरुषले मात्र गर्न सक्छ भन्ने मानसिकता राख्नु महिलामाथिको अन्याय होइन र ? यसरी लैङ्गिक विभेद र महिला–पुरुषको कामको प्रकृतिमाथि वकालत गरेकी ओकलीले आफ्ना थुप्रै पुस्तकमा महिला एकल रहेर पनि समाजमा पुरुषले भन्दा बढी काम गर्न सक्ने उदाहरण पेस गरेकी छन् । ओकली लेख्छिन्– लिङ्ग भेदको मूल आधार जैविकता वा शारीरिक बनौटमा छैन र यो हुन सक्दैन । सेक्स र जेन्डरबिचको सम्बन्ध प्राकृतिक होइन ।
त्यसो त अरस्तुले पनि भालेलाई सक्रिय र पोथीलाई निस्क्रिय भनेका छन् । उनका अनुसार त पोथी एउटा खण्डित भाले हो जसको आत्मा हु“दैन । महिलाहरू शारीरिक कमजोरीका कारणले नै योग्यतामा पनि हीन रहन्छन् । उनीहरूको तार्किक योग्यता र निर्णय शक्ति पनि कम हुन्छ किनभने भाले श्रेष्ठ र पोथी हीन मानिन्छ । पुरुषहरूको जन्म शासन गर्न र महिलाहरूको जन्म शासित हुनका लागि भएको हो । पुरुषको साहस उनीहरूको प्रभूतामा छ र स्त्रीको तिनको अज्ञानकारितामा ।
तर यसको विपरीत आज आएर कयौ“ महिलाले पुरुषलाई अज्ञानी ठह¥याइ सकेका छन् । उनीहरूको प्रभुत्वभन्दा माथि उठेर कयौ“ महिला पुरुषको श्रेष्ठतालाई हराउन सफल भएका छन् । अरस्तुको सिद्धान्त विपरीत सिग्मन्ड फ्रायडले महिलाहरूका लागि तिनको शरीर नै भाग्य हो भनेका छन् भने डार्बिनले महिलाहरू मानसिकतामा पुरुषभन्दा फरक हुन्छन् भनेका छन् । विशेष गरेर तिनमा कोमलता र स्वार्थीभाव कम हुन्छ । आम रूपमा के भनिन्छ भने तिनमा अन्तरदृष्टि, तत्काल कुरा बुझ्ने र त्यसलाई नक्कल गर्ने योग्यता पुरुषमा भन्दा बढी महिला हुन्छ । डार्बिनको यही सिद्धान्तलाई विश्लेषण गर्ने हो भने पनि महिलाहरू पुरुषको तुलनामा अन्तर्दृष्टि, तत्काल कुरा बुझ्ने र नक्कल गर्ने योग्यता बढी हुने कुरालाई अहिलेका आधुनिक महिलाहरूले पुरुषभन्दा अगाडि बढेर प्रस्ट्याइ सकेका छन् । सफलता प्राप्त गर्न न त उनीहरूलाई पुरुषको साथ चाहियो न त उनीहरू आफ्नो संघर्षमा कुनै दिन विचलित नै भए । आफ्नो कर्म क्षेत्रमा निरन्तर संघर्षपछि महिलाहरूले सफलता हात पारेका छन् । मैले त्यस्ता साहसी वीराङ्गनाहरूलाई देखेकी छु जो एक्लै रहेर पनि आफ्नो कार्यक्षेत्रमा सफल छन् । समाजमा उनीहरूको चर्चा र उनीहरूले गरेको कामको गुणगान हुन्छ ।
पुरुषको का“ध न भ¥याङ चढेर मात्र महिलाहरूले केही गर्न सक्छन् भन्ने मानसिकतालाई अब हाम्रो संघर्ष र कामले प्रमाणित गरि सकेको छ भन्नु हुन्छ गुल्मी जिल्लाको दुर्गम ठाउ“मा जन्मेर पनि धेरै महिलाहरूलाई आत्मनिर्भर गराउन सफल लिला स्त्री । त्यस्तै एकल रहेर पनि समाजमा चर्चित छन् । माओवादी नेतृ पम्फा भुसाल, गायिका कोमल ओली, आनी भएर पनि पृथक ढंगले काम गरिरहेकी आनी छोइङ डोल्मा समाजमा चर्चा बटुल्न सफल छन् ।
हुन पनि हो– आत्मविश्वास, दृढता, आ“ट र क्षमताबाट विचलित नभएर अगाडि बढ्ने हो भने सफलता प्राप्त गर्न सकिन्छ । एकल हु“दा अल्झाउने कोही हु“दैनन्, स्वनिर्णयको अधिकार हुन्छ र सफलता पनि द्रुत गतिमा अघि बढ्छ । महिलावादी लेखिका भरिया मिस आफ्नो द सोसल ओरिजन अफ द सेक्सुअल डिभिजन अप्mलेबर पुस्तकमा लेख्छिन्– पुरुष र नारीत्व जैविक कुरा होइनन् बरु ती लामो ऐतिहासिक प्रक्रियाका उपज हुन् । प्रत्येक ऐतिहासिक यो समयको उत्पादनको मुख्य तरिकाका आधारमा पुरुषत्व र नारीत्वलाई बेग्लाबेग्लै किसिमले परिभाषित गरिएको हुन्छ । बेग्लै सम्बन्ध स्थापित गर्छन् ।
यसरी मातृसत्तात्मक समाजमा नारीत्वलाई सबै उत्पादनको सामाजिक प्रतिमानका रूपमा जीवन उत्पादनको सव्रिmय सिद्धान्तका रूपमा हेरिन्छ । सबै नारीलाई ‘माता’ का रूपमा हेरिन्छ र पु“जीवादी परिस्थितिमा सबै नारीलाई ‘गृहणी’ का रूपमा परिभाषित गरिन्छ । यहा“ उक्त सिद्धान्तले सघाएको छ । एक्लो रहेर पनि सफल आजका नारीहरू आफ्ना परिवारको जीवनस्तर माथि उकास्ने कामदेखि लिएर समाजमा प्रतिष्ठा बटुल्नसम्म सक्रिय देखिन्छन् । सफल महिलाहरूको जीवन गाथा, उनीहरूको निरन्तर संघर्षको कथा अनि आ“ट, साहस र दृढता हामीले समय–समयमा पढ्न, सुन्न पाउँछौं । मानव सभ्यताको हजारा“ै वर्ष बिति सक्दा पनि हाम्रो नेपाली समाजमा लिङ्गका आधारमा विभेद विद्यमान छ । नेपाली नारीहरू आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक आदि क्षेत्रमा पुरुषको तुलनामा पछाडि नै छन् । त्यसैले हाम्रो समाजमा नारी शिक्षा महिला हिंसा न्यूनीकरण, लैङ्गिक विभेदको अन्त्य हुनु आवश्यक छ । यही उद्देश्यमा सम्बन्धित रहेर २०६५ पुस ९ गतेदेखि प्रसारण आरम्भ गरको रेडियो मुक्ति महिलाहरूद्वारा स्थापित र संचालित नेपालको पहिलो सामुदायिक रेडियो हो । महिला सशक्तीकरण, महिला हिंसा न्यूनीकरण लैङ्गिक विभेदको अन्त्य र सामाजिक जागरण अभियान संचालन गर्नका लागि स्थापित यस रेडियोले महिलाका मुद्दाहरूप्रति पूर्ण रूपमा हेर्ने गर्छ । यो रेडियोले महिलाका मुद्दालाई प्राथमिकता दि“दै समाजका अन्य क्षेत्रहरूलाई पनि उठाउ“दै आएको । समाजमा रहेका सबै तह र तप्कामा महिलाको सहभागिता गराई सञ्चारको क्षेत्रमा पनि महिलाको पहु“च वृद्धि गर्न महिलाहरूलाई नै नेतृत्व तहमा पु¥याएको छ ।
हाम्रो समाजको सोचाइ छ कि कुनै पनि संस्था राम्रोस“ग चल्नका लागि पुरुषको आवश्यकता पर्छ । तर यो सोचाइको विपरीत रेडियो मुक्तिले पुरुषको सहभागिताविना नै विविध कार्यक्रम, समाचारदेखि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारीलाई एकदमै आत्मविश्वास र सहजताका साथ अगाडि बढाउन बढी सफल छन् । नारीहरूको पहु“च वृद्धि गर्न मात्र होइन नियमित रेखदेख गर्न पनि सक्षम छन् आजका नारी । यसको प्रमाण नारीहरूको बाक्लो उपस्थिति भन्दा अर्को के हुन सक्छ र ?
पुरुषविना राम्रोस“ग संस्था चलाउन नसकिने त होइन, तैपनि महिलाले मात्रै संस्था चलाउ“दा केही अप्ठ्याराहरूको सामना पक्कै पनि गर्नु पर्ने हुन्छ । पितृसत्तात्मक सामाजिक संरचनाका कारण पनि पुरुषले जति स्वतन्त्र रूपमा काम गर्ने अवसर महिलामा हुँदैन । घरको खाना बनाउनेदेखि लिएर सरसफाई अनि घरका सम्पूर्ण सदस्यलाई खुसी पारेर जानु पर्ने अवस्था कायम नै छ । त्यस्तै, नारी आफ्नो क्रियाकलापको दौरानमा २÷३ दिन बाहिर गई घर आउन असमर्थ भएको खण्डमा अथवा राति १०÷११ बजे घरमा आउ“दा हरेक क्रियाकलापको स्पष्टीकरण दिनु पर्ने हुन्छ । तर पुरुष राति १०÷११ बजे वा कहीं गएर ४÷५ दिन नआउ“दा कुनै प्रश्न चिन्ह खडा गरिंदैन । तर नारीलाई कहा“, के, कसरी र किन गइस् ? यस्तै–यस्तै प्रत्यिुत्तर पश्चात् मात्र विश्वास गरिन्छ । तर जतिसुकै अप्ठ्यारो परिस्थिति भए पनि आफूमा आत्मविश्वास, कामप्रतिको लगाव गर्छु भन्ने पूर्ण संकल्प छ भने संस्था चलाउन खासै गाह्रो हु“दैन भन्नु हुन्छ महिला समानताका लागि संचार अभियान रेडियो मुक्ति ९५.५ मा स्टेशन म्यानेजरको रूपमा कार्यरत दीपु ज्ञवाली ।

There are no posts related to भालेलाई सक्रिय र पोथीलाई निस्क्रिय भन्नेहरुका लागि.

'