Home | Contact Us | Sitemap

प्रहरीकी श्रीमती जिस्क्याएको आरोमा पत्रकार पक्राउ

साउन, रुकुम । प्रहरी सहायक निरीक्षक विशाल रानाकी पत्नी सुनिता शाहलाई अभद्र व्यवहार गर्ने एक पत्रकारसहित दुई युवालाई प्रहरीले थुनेको छ ।

प्रहरीले बिनाकारण युवाहरुलाई कुटपिट गर्नुका साथै पक्राउ गरेर थुनामा राखेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय जाजरकोट घेराउ गरेका गरेका स्थानीयबासीले रिहाइको माग गरेका छन् । पत्नी सुनितालाई स्थानीय युवाले जिस्काएपछि आक्रोेशित सहायक निरीक्षक रानाले सोमबार राति खलङ्गा-२ सिमलगैरीका बाह्र/पन्ध्र जना युवाहरुलाई कुटपिट गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत् असई रानाकी पत्नी सुनिता ड्युटी सकेर घर र्फकदँै गर्दा सिमलगैरीमा स्थानीय पुष्पराज गौतमलगायतले चुईगम चपाएर शरीरमा फ्याकेर अभद्र व्यवहार गरेपछि विवाद सिर्जना भएको थियो । सुनितालाई अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले अन्य दुई युवालाई पनि पक्राउ गरेर थुनामा राखेको छ ।

सुनितालाई अभद्र व्यवहार गरेका कारण थुनामा पर्नेमा पत्रकार गणेश बानियाँ र एसएलसी पूरक परीक्षा दिन आएका रोकायगाउँ-९ का वीरबहादुर नेपाली छन् । रासस

 

 

 

'