Home | Contact Us | Sitemap

कुमुद ढुंगेलविरुद्ध किटानी

काठमाडौं, २२ साउन । गुण्डा नाइके तथा नेकपा एमाले धादिङ क्षेत्र नम्बर एकको क्षेत्रीय कमिटीका पूर्वउपाध्यक्ष दिनेश अधिकारी ‘चरी’ को नियोजित हत्या गरिएको दावीसहित किटानी जाहेरी दर्ता गर्ने तयारी भइरहेको सामाचार प्राप्त भएको छ ।

धादिङ एमालेका कार्यवाहक अध्यक्ष भूमि त्रिपाठीले प्रहरी निरीक्षक कुमुद ढुंगेलले व्यक्तिगत रिसिबीका कारण योजना बनाएर चरीको हत्या गरेको दावी गरेका छन् । ढुंगेलसँगै अर्पण कोइराला नामका व्यक्तिविरुद्ध पनि किटानी जाहेरी दर्ता गरिने त्रिपाठीले बताए ।

चरीले मोडेल खुश्बु ओलीसँग विहे गरेयता नै निरीक्षक ढुंगेलले चरीलाई मार्ने धम्की दिइरहेका र विहेकै दिन कोइरालाले खुश्बुकै आमाबाबुका सामुन्ने ‘पचासौं लाख रुपियाँ खर्चेर भए पनि चरीलाई मार्छु’ भनेको त्रिपाठीको दावी छ । ढुंगेल र कोइराला मिल्ने साथी भएको पनि उनको कथन छ ।

त्रिपाठीले अन्तै हत्या गरेर भीमढुंगामा चरीको शव पुर्याइएको दावी पनि गरे । ‘शव पाइएको ठाउँमा रगतको थोपा छैन’ उनले. भने, ‘कुमुदले अन्तै हत्या गरेर भीमढुंगाको त्यो सुनसान ठाउँमा भिडन्त भएको नाटक रचेको हो ।’ उनले आफूहरूसँग चरीको हत्या भएको र त्यो नियोजित थियो भन्ने प्रशस्त प्रमाण रहेको पनि दावी गरे ।

गृहमन्त्री बामदेव गौतमले घटनामा आवश्यक छानविन गर्ने आश्वासन दिएको पनि उनले बताए । त्रिपाठीले प्रहरीले किटानी जाहेरी लिन नमाने देशव्यापी आन्दोलन हुने पनि बताए

There are no posts related to कुमुद ढुंगेलविरुद्ध किटानी.

'