Home | Contact Us | Sitemap

कुन मुलुकमा, बर्षमा कतिपटक सेक्स गरिन्छ ?

कतिपय मानिसहरुले सेक्स  सम्बन्ध दिनहुँ  राख्न मन पराउछन तर  दिनहुँ  गरेको सेक्स सम्बन्धले स्वास्थय्मा हानि समेत पुरयाउने यौन विशेषज्ञहरुले बताउछन ।

भारतमा पुरुषहरुले सेक्स पार्टनरसँग सेक्स सम्बन्ध राख्दा १७ प्रतिशतले मात्र कन्डोम प्रयोग गरेको तथा उनीहरुले दिउसोमा सेक्स गर्न नरुचाउने र बर्षमा ७६ पटक सेक्स गर्ने गरेको पछिल्लो अनुसन्धानले बताएको छ  ।

भारत लगायत २७ मुलुकमा गरिएको सो अनुसन्धानमा जापानमा ४९ प्रतिशतले कन्डोम प्रयोग गर्ने गरेका छन  । जापानीहरुले १० दिनमा जम्मा १ पटक र बर्षमा जम्मा ३६ पटक यौन सम्बन्ध राख्ने गरेका छन भने अमेरिकीहरुले बर्षमा १२७ पटक यौन सम्बन्ध राख्ने गरेका छन  ।

यसैगरी  अमेरिकीले बर्षमा १४ जना, भारतीयले ३ जना र चिनियाले २ जना यौन पार्टनरसँग यौन सम्बन्ध राख्ने गरेको पनि अनुसन्धानले बताएको छ ।

अनुसन्धानले यो पनि पत्ता लगाएको छ की भारतीयले २० अमेरिकीले १६ र चिनियाले २२ बर्षको हाराहारीमा यौन सम्बन्धको स्वाद लिने गरेका हुन्छन ।

source: http://www.solidaritykhabar.com

 

'