Home | Contact Us | Sitemap

कपाल काटेको भन्दै पत्रकारको जागिर चट्

255373_261835320592254_144374068_n

एकजना टेलिभिजन पत्रकारले आफ्नो कपाल काटेर छोँटो बनाएको आरोपमा जागिरबाट हटाइन्छ भन्ने कुरा हामीले कल्पना समेत गर्न सक्दैनौँ । तर हामीले कल्पना गर्न नसक्ने कुरा मलेसियामा सत्य सावित भएको छ ।मलेसियाको एक टेलिभिजन च्यानलले कपाल काटेको आरोपमा आफ्ना एक महिला पत्रकारलाई बर्खास्त गरेको छ । क्यान्सर विरुद्धको जनचेतना अभियानमा साथ दिँदै आफ्नो कपाल छोँटो बनाएकी टेलिभिजन प्रस्तोता रास अदिबा मोहम्मद रदजीलाई जागिरबाट हटाइएको हो । मलेसियाको लोकपि्रय टेलिभिजन च्यानल एनटीवी ७ मा कार्यरत रास अदिबाले राष्ट्रिय क्यान्सर काउन्सिलको क्यान्सर जागरुकता अभियानलाई साथ दिँदै गएको शुक्रबार आफ्नो कपाल काटेर छोँटो बनाएकी थिइन् ।

तर उनलाई आफ्नो कपाल छोट्याउनु महंगो सावित भयो । टेलिभिजन व्यवस्थापनले कपाल लामो नहुन्जेल सम्मका लागि उनलाई जागिरबाट हटाएको घोषणा गर्यो । कपाल लामो भएपछि फेरी जागिर खान चाहेमा उनलाई पुनः पदस्थापना गर्ने पनि टेलिभिजन व्यवस्थापनले बताएको छ ।

पीडित पत्रकारले आफुलाई महिलाहरुले कपाल काट्न नहुने फतवा उल्लंघन गरेको भन्दै अज्ञात व्यक्तिहरुले धम्की दिएको पनि बताएकी छिन् । उनले आफुले कपाल काटेर मुस्लिम धर्मको उल्लंघन नगरको दाबी गर्दै आफुले दिनको ५ पटक नवाज पढ्ने र आफुालई मुस्लिम धर्मप्रति माया रहेको बताएकी छिन् । आफ्ना बुवा क्यान्सरका कारण निधन भएका र काकालाई पनि क्यान्सर भएको र विभिन्न साथीहरु क्यान्सर पीडित भएकाले क्यान्सर विरुद्धको अभियानमा साथ दिन आफुले कपाल काटेको उनको भनाइ छ ।

राज कावासोती

There are no posts related to कपाल काटेको भन्दै पत्रकारको जागिर चट्.

'